• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:१३:५५

मतदाता नामावली सङ्कलन कार्य स्थगित

  • Netizen Nepal
  • शुक्रबार, २० श्रावण, २०७९- १५:०६:००/ Friday 08-05-22

नेटिजन संवाददाता 
काठमाडौँ, २० साउन। जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएकोे छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै नामावली सङ्कलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगित गरिनु पर्ने प्रावधान रहेको छ।  गरिएको कार्यालयका प्रमुख माधव फुयालले बताउनुभयो । 

मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्क अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । उहाँले भन्नुभयोे, “सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, रुजु सम्पन्नपछि आयोगमा पठाउछौँ, त्यसपछि मतदाताको एकिन सङ्ख्या आउँछ ।” स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नामावली सङ्कलनको काम नियमित रुपमा भइरहेको थियो । बैतडीका हालसम्म एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । स्थानीय निर्वाचनमा एक लाख ४८ हजार ६०६ मतदाता रहेकामा त्यसपछि थप तीन हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशी जानकारी दिनुभयो । 

सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । मताधिकारका लागि भने फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका साथै १८ वर्ष पूरा भएको हुनुपर्दछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाइएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने निर्वाचन कार्यालयले जनाएको छ ।