• आइतबार, १६ बैशाख, २०८१
  • ०२:०५:३३

ब्रान्डिङ्ग परम्पराले गाँजिएको नेपाली राजनीति

  • Netizen Nepal
  • मंगलबार, १५ फाल्गुण, २०८०- १२:५०:००/ Tuesday 02-27-24

कसैले पनि आफुलाई ब्रान्डिङ्ग ( Branding) गर्ने प्रयास गर्दै गर्दा अरूतिर पर्ने सकारात्मक र नकारात्म प्रभावप्रति खासै चासो राख्ने गर्दा रहेनछन्  । विश्वमा विभिन्न समय र कालखण्डमा ब्रान्डिङ्ग गर्नेमा राजनेता र फिल्मी कलाकारहरू अनगिन्ति रहेका छन् । अमेरीकी पुर्व राष्ट्रपति रोनाल्ड रेगन अमेरीकाको हलिवुडको कलाकारिताबाट राजनीतिमा आउँदा Make America Great (MAG) अर्थात अमेरीकालाई विश्वमा महान बनाउने नारा सहित आउँदै गर्दा उनले अमेरीकाको दुई कार्यकाल (सन १९८२ देखि १९८९) सम्म राष्ट्रपतिको पदमा रहन सफल बनाएको कुरा हामी सबैले देखेकै हो ।

यस्तै ब्रान्डिङ्गको नाराबाट राजनीतिमा फर्किन सरल हुन सकिन्छ भन्ने सोचबाट अमेरीकी राष्ट्रपतिको पद पुनः हत्याउन दोश्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पले Make America Great Again (MEGA) को ब्रान्डिङ्गको नारा घन्काउने गरेको देखिएको थियो । सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा अमेरीकालाई पुनः महान बनाउने राष्ट्रवादी नेताको रूपमा स्थापित गरेर दोश्रो कार्यकालको लागी चुनाव लड्ने अभियानमा ट्रम्प लागेको लागेका थिए ।

ब्रान्डिङ्गको उदाहरण हिन्दुत्वलाई राष्ट्रवादसंग नाता जोडेर अपार बहुमतका साथ सन् २०१४ देखि नै सत्ताको खुडकिलो उक्लिरहेको भारतको वर्तमान सत्ताधारी पार्टी  हाम्रो सामुन्ने छ । भारतीय जनता पार्टीका (बिजेपी)वर्तमान प्रधानमन्त्रीले नै भारतमा हिन्दुत्व प्रधानताको वकालत गर्दै भारतमा राम राज्य स्थापनाको सोच राख्दै हिँडेका छन् ।

अमेरिका जस्तो शक्ति राष्ट्रमा समेत राष्ट्रवादी देखिन त्यहाँका नेता तँछाड मछाड गर्छन् भने नेपाल जस्तो कमजोर राष्ट्रको नेताहरूले त राष्ट्रवादलाई आफ्नो ब्रान्डिङ्गको नाराबाट नै सत्ताको खुड्किलो उक्लन सकिन्छ भन्ने मान्यतामा राख्नु स्वाभाविकै हो । दक्षिण एसियाली देशहरूमा ब्रान्डिङ्ग गर्न सक्ने नारा दिने व्यक्तिहरुको बग्रेल्ती उदाहरणहरू छन् । पाकिस्तानमा क्रिकेटका खेलाडी इमरान खान पनि राष्ट्रवादको ब्रान्डिङ्गको नाराबाट अपार बहुमत साथ पाकिस्तानको राज्य सत्तामा पुग्न सफल भएका थिए ।

यस्तै ब्रान्डिङ्गको उदाहरण हिन्दुत्वलाई राष्ट्रवादसंग नाता जोडेर अपार बहुमतका साथ सन् २०१४ देखि नै सत्ताको खुडकिलो उक्लिरहेको भारतको वर्तमान सत्ताधारी पार्टी  हाम्रो सामुन्ने छ । भारतीय जनता पार्टीका (बिजेपी)वर्तमान प्रधानमन्त्रीले नै भारतमा हिन्दुत्वको प्रधानताको वकालत गर्दै भारतमा राम राज्य स्थापना गर्न सकिन्छ भन्ने सोचबाट छलाङ्ग मार्दै हिँडेका छन् । अखण्ड भारतमा हिन्दुत्व अपरिहार्य छ भन्ने मान्यता स्थापित गर्न कन्दनी चुड्ने गरी बल गरिरहेका छन् ।

भारतका वर्तमान प्रधानमन्त्रीले  'भारत नै मोदी र मोदी नै भारत’ भन्ने सोच स्थापित गर्न गराउँन भारतिय जनता पार्टीका उपल्ला नेताहरू र घरानिया संचार माध्यमहरू कछाड कसेर लागेको देखिन्छ । राम राज्यको कल्पना गर्दा हिदुत्व राज्यको संवाहक राजा नै हुने गर्दछ । अर्थात एउटा राजाको अन्तपछि राजाका उत्तराधिकारी पुनः राजा नै हुने गर्दछन् भन्ने कुरा नेपालीले राम्ररी नै बुझेका छन् ।  भारतखण्डे अर्थात अखण्ड भारतको काल्पनिक सिमाना कोर्दै गर्दा नेपाल कुन क्षेत्रमा पर्न जाला भन्ने गहिरीएर सोच्नुपर्ने हुन्छ ।

सनातन धर्मिहरूबाट नेपाल हिन्दु राज्यमा स्थापित हुनुपर्छ भन्ने मागमा नेपाललाई ‘सेट लाईट स्टेट’ मा परिणित हुने सम्भावना प्रति चनाखो हुन जरूरी छ । यो हिन्दु राज्यको स्थापना प्रति नेपाली राजनेताहरू र नेपाली जनता संवेदनशिल र सचेत हुन जरूरी छ । नेपालमा आग्रह-पुर्वाग्रह रहित धार्मिक स्वतन्त्रताको परिकल्पना गरौँ र सनातन देखि रहँदै र गर्दै आएको धार्मिक स्वतन्त्रताको अभ्यासबाट नै मुलुकको कल्याण हुन्छ भन्ने बुद्धजिवीहरूको ठम्याइमा पनि विश्वास गरौं ।

बिक्रम संवत् २०१५ को बहुदलिय प्रजातात्रिक चुनावबाट चुनिएका कांग्रेसका जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई २०१७ पौष ०१ गते सत्ताच्युत गरी तत्कालीन राजा महेन्द्रले शासन सत्ता र शक्ति सैनिक बलमा आफ्नो हातमा लिंदै गर्दा उही राष्ट्रवादको ब्रान्डिङ्ग नारा राजाले अगाडि सारेका थिए ।

बेलायतका पुर्व प्रधानमन्त्री श्री बोरिश जोनसन ब्रेकजिटले (BREXIT) लाई आफ्नो ब्रान्डिङ्गको नारा बनाएर बेलायतको २०१६ को जनमत संग्रहमा सहभागी भए । बोरिश जोनसनको कन्जरभेटिभ पार्टीले पनि बेलायतको सुरक्षाका लागि राष्ट्रवादकै नारा दिइ जनमत संग्रहबाट १९७३ देखि युरोपियन युनियन भित्र रहेको मुलुक बेलायतलाई युनियनबाट बाहिर निकाले । मुलुकको आर्थिक विकास, सामाजिक र सुराक्षात्मक कार्यमा फाइदा लिइरहेको बेलायत पनि सन् २०१६ को जनमत संग्रहबाट राष्ट्रवादको नारा दिंदै बेलायतको कन्जरभेटिभ पार्टी पनि सत्ताको खुड्किलो उक्लिन सक्यो ।  यस अर्थमा बेलायतको कन्जरभेटिभ पार्टीले पनि राष्ट्रवादको नारालाई आफ्नो ब्रान्ड बनाइ सत्ताको खुड्किलो उक्लिन सफल भएको उदाहरण हाम्रै सामुन्ने छ । 

नेपाल बिक्रम संवत २००७ सालमा राणा तन्त्रबाट मुक्त हुँदै गर्दा राणाका विरूद्ध संघर्ष गरेका नेपाली कांग्रेस पार्टीले राणाको जहानिया शासनबाट राजालाई मुक्त गराएपश्चात् २००७ पछि नेपाली राजा महाराजाहरू बिच मुलुकको राज्य सत्ता संचालन नेतृत्व लिने बिषयमा लामो शितयुद्ध नै चलेको थियो भन्ने त्यस समयका घटना परिघटनाहरूबाट बुझ्न सकिन्छ।  राणकालिन पारिवारिक शासन सत्ताबाट मुक्त भएका राजामा शासन पुनः आफैमा केन्द्रित गर्ने महात्वाकांक्षाका कारण २००८ साल देखि २०१५ सालसम्म राजाले देशमा प्रधानमन्त्री मात्र फेर्ने काम गरे । 

बिक्रम संवत् २०१५ को बहुदलिय प्रजातात्रिक चुनावबाट चुनिएका कांग्रेसका जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई २०१७ पौष ०१ गते सत्ताच्युत गरी तत्कालीन राजा महेन्द्रले शासन सत्ता र शक्ति सैनिक बलमा आफ्नो हातमा लिंदै गर्दा उही राष्ट्रवादको ब्रान्डिङ्ग नारा राजाले अगाडि सारेका थिए । राजाको निरंकुश सत्तालाई राष्ट्रवादको  नारा लगाइ इतिहासको एउटा आत्मरति हुने  ‘ईम्मपर न्यु क्लोथ’ को कथा दोहरिएको जस्तो देखिएको थियो ।

तत्कालिन समयमा राजालाई  'भगवान विष्णुका अवतार' हुन् भने कथा कहानीहरू विभिन्न दस्तावेजमा बग्रेल्ती लेखाउने र प्रकाशन गर्ने गरेको घटना हाम्रा अगाडि झल्झल्ति सम्झनामा नै रहेको छ । तत्कालीन बेलाको कलेज पढ्दा कोर्षको किताबमा समेत  ‘King is the Incarnation of God’ भन्ने पाठ लेख्ने चर्चित बिद्वान श्री ऋषिकेश शाह थिए । यो लेखेको च्यापटर यो पंक्तीकारले पनि कलेजमा पढ्नु परेको स्मरणमै रहेको छ । यो सबै प्रकारका ब्रान्डिङ्गको नाराहरू जनता र मुलुक हत्याउने नै थियो भन्ने आम बुझाइ रहेको थियो ।

२००७ देखि २०४७ सम्म धर्मका नाममा होस् वा राजशाही सत्ताले चरम राष्ट्रवादकै नाराका कारणबाट समय घर्किंदै गयो र नेपाल क्रमशः अति गरिब मुलुकको तहमा पुग्यो । यसको मापन नेपालीको दैनिक आय एक अमेरिकी डलर भन्दा कमै रह्यो ।

यहि ब्रान्डिङ्गको चक्करमा तत्कालीन समयका अर्का शाही राजाले  पनि राष्ट्रवादको नारामा  थप अर्को एक ब्रान्डिङ्गका नारा थपे त्यो थियो  देशमा ‘विकासको मुल फुटाउने’ । यो नारालाई तत्कालिन पन्चहरूले आफ्नो मूलमन्त्र बनाइ राजा र पन्चायत व्यवस्थालाई सत्ता र शक्ति संचित गर्ने ब्रान्डिङ्ग बनाई झन्डै ३० बर्ष नेपालको राज्य सत्तामा हालि मुहाली यही वर्गले गरिरहे । यी सबै प्रकारका भ्रमपुर्ण ब्रान्डिङ्गको नाराले  मुलुकलाई आर्थिक, सामाजिक, राजनितीक रूपान्तपण गर्न सकेनन् र  मुलुक नै पुर्ण रूपमा बन्दी बनिरह्यो । अर्थात २००७ देखि २०४७ सम्म धर्मका नाममा होस् वा राजशाही सत्ताले चरम राष्ट्रवादकै नाराका कारणबाट समय घर्किंदै गयो र नेपाल क्रमशः अति गरिब मुलुकको तहमा पुग्यो । यसको मापन नेपालीको दैनिक आय एक अमेरिकी डलर भन्दा कमै रह्यो ।

नेपाल राजनितीक, सामाजिक र आर्थिकरूपमा रूपान्तरण गर्न पुँजी निर्माण र प्रविधि भित्राउन असफल नै रह्यो भनेमा अतिरञ्‍जित पक्कै हुँदैन । राज्य संचलनमा सबै तह र तप्काको सहभागिता बिना मुलुक अगाडि बढ्न सक्दैन भन्ने बुद्धजिवीहरूको बुझाइ हुँदा हुँदै पनि राज्य सत्तामा बसेकाहरूले विभिन्न प्रकारका प्रयोग र परिक्षणहरूमै मुलुकलाई रुमलिरहेको देखियो । 

२०४७ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपालका बामपन्थी शक्ती र नेपाली कांग्रेस पार्टीको अगुवाइ गर्दै गर्दा नेपाली कांग्रेस पार्टीका नेता श्री गणेशमान सिंहलाई ‘लौह पुरूष’ उपमा द्वारा ब्रान्डिङ्ग गरियो । दुवै राजनितिक शक्तिहरू- नेपाली कांग्रेस र बामपन्थी मोर्चा एकै ठाउँमा ल्याउने नेता श्री गणेशमान सिंहलाई ‘लौह पुरूष’को ब्रान्डिङ्ग गरी सत्ताकालीन राजशाही सत्तासंग मोलतोल (Bargaining) गर्न उपयोग गरिएको थियो भन्ने आम बुझाइ छ । लौह पुरूषको पुरानो इतिहासले पनि श्री सिंहलाई २०४६ सालको आन्दोलनमा मुख्य भुमिकामा ल्याएको थियो ।

उदारवादी प्रजातान्त्रिक शक्ति जसको अगुवाइ नेपाली कांग्रेसले गर्दै गर्दा उही पुरानो राष्ट्रवाद बाम र अरू प्रजातान्त्रिक नामधारी दलहरूले पनि उही नारा बोकेर पुनः आ-आफ्नो पार्टीलाई राष्ट्रवादी नै हो भन्ने ब्रान्डिङ्ग गर्न गराउन तँछाड मछाड गरिरहेको देखिन्छ

नेपालमा बहुदलिय प्रजातन्त्रको स्थापना होस् या २०६२/६३ को गणतन्त्रको स्थापनामा बाम शक्ति र उदारवादी प्रजातान्त्रिक शक्ति जसको अगुवाइ नेपाली कांग्रेसले गर्दै गर्दा उही पुरानो राष्ट्रवाद बाम र अरू प्रजातान्त्रिक नामधारी दलहरूले पनि उही नारा बोकेर पुनः आ-आफ्नो पार्टीलाई राष्ट्रवादी नै हो भन्ने ब्रान्डिङ्ग गर्न गराउन तँछाड मछाड गरिरहेको देखिन्छ नै । 

मुलुकको सामाजिक, आर्थिक र समावेशी लोकतन्त्रको पृष्टपोषण हुनेगरी नयाँ ब्रान्डको खोजी गर्नुपर्ने समय आएको छ । अहिलेका स्थापित पुराना दल र नयाँ कहलिंदो दलहरू चरम राष्ट्रवाद, हिन्दुत्व र छाडा लोकतन्त्रको कुब्रान्डिङ्गबाट निस्कनका ;लागि नयाँ सोच, नयाँ संस्कार भएको सुसंस्कृत शुसानको ( cultured governance) अभ्यासमा लाग्नुपर्ने समय भएको छ । आश्वासन र भाषणले देश रुपान्तरण किमार्थ हुन सक्दैन । लोकतन्त्रको विकल्प उदार सुसंस्कृत सुशासन सहितको बलियो लोकतन्त्र चहिएको आम बुझाइ रहेको छ । मुलुक रूपान्तरणको लागि युवा, युवती र क्षमतायुक्त बिषय विज्ञहरूले मुलुकलाई नयाँ दिशा दिन सक्ने वातारण बनाउन जरूरी छ ।

राज्यको वर्तमानको राजनितिक संस्था र प्रशासनिक संरचनाहरू हेनरि फोरिड मोडेलको छ । यो राज्य संरचनाहरूलाई चुस्त दुरूस्त बनाउन सक्ने इमान्दार राजनेताको खाँचो छ । नेपालको आर्थिक र समाजिक रूपान्तरणका लागि यो क्षेत्रमा बृहत योजना बनाइ स्वदेशी र विदेशी पुँजी परिचालन गर्न गराउन सबै दल र नेपाली जनता एकै ठाउँमा उभिने प्रयास गरौं । मुलुक रूपान्तरणका केही मुख्य मुख्य आघार स्तम्भहरू ।

  • कृषिमा रूपान्तपण गर्न उन्नत भटमासको खेती, बंगुर पालन, बेमौसम साग सब्जी र फलफुल खेती बिस्तार र भैंसी राँगा पालन सुरू गरौ ।
  • जलस्रोतको उपयोग गरी दक्षिण एसियाली देशलाई कार्वन मुक्त उर्जा उत्पादन क्षेत्र बनाउँ । मध्य एशियाली देशहरूमा विद्युत निर्यातको वातावरण बनाउन संघाई कोपरेशन अर्गनाईजेशनमा सक्रिय भुमिकाको तावेदारी गरौ । नेपालका ठुला, मझौला नदीहरुमा बबई र मरिण डाईभर्सन जस्तो बहु उद्देश्यीय परियोजनाहरू निर्माण गरी सिंचाई र उर्जा उत्पादनद्वारा कृषिमा क्रान्तिकारी परिवर्तन गरौं ।
  • पर्यटकिय हब बनाउन केही नयाँ एआई (AI) शहरहरूको विकास गरौँ । 
  • अन्नपुर्णको र सगरमाथाको चुचुरोमा पुग्न यी दुवैको वेस-क्याम्पबाट केवल कार ( Cable car)बाट चुचुराको वरिपरी लैजाने परिकल्पना गरौं र बर्षेनी केही सय पर्यटकहरू भित्राउनु सट्टा लाखौं लाख भित्राउने योजना बनाई यी दुवै चुचुराको वरिपरि स्वदेशि विदेशि पर्यटकहरू घुमाउने गरि  पर्यटन व्यवसायबाट मुलुकको रूपान्तपणको गरौँ ।

मुलुकलाई नयाँ दिशा दिने र रूपान्तपण गर्न सक्ने अनेकन ब्रान्डिङ्गहरूको नारा नेपाल र नेपालीका लागि जरूरी छ । यसका लागी नयाँ  नेतृत्वको खोजी गरौं ।