• शुक्रबार, ७ बैशाख, २०८१
  • ०१:५७:१९

एक किलो रैथाने बिउ बराबर २ किलो चामल 

  • Netizen Nepal
  • सोमबार, ३० श्रावण, २०७९- १४:२०:००/ Monday 08-15-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३० साउन । कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका छन् । 

रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका–४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो । यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दो भएका कारणले व्यापारीले फल्नुभन्दा अगाडि नै खरिद गर्ने गरेको खाँडाचक्र नगरपालिका–८ का पाँखाका रेशम मल्लले बताउनुभयो । 

“अन्नबाली उत्पादन हुनुभन्दा अगाडि नै व्यापारी आएर पैसा दिएर जान्छन्”, उहाँले भन्नुभयो । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली स्याउ, मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगायतका बस्तु नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको खाँडाचक्रका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो ।