• शनिबार, २८ असार, २०८२
  • ०२:३५:१६

'डेङ्गु भए वा भएको शंका लागेमा ११८० मा कल गर्नुहोस्'

  • Netizen Nepal
  • शुक्रबार, ३१ भदौ, २०७९- ०९:२६:००/ Friday 09-16-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३१ भदौ। काठमाडौं महानगरपालिकाले डेङ्गु संक्रमित लागि हटलाइन सेवा सुरु गरेको छ। महानगर प्रमुख बालेन शाहले डेङ्गु संक्रमितहरुका लागि बिहीबारबाट २४ घण्टे हटलाइन सुरु गरेको बताउनु भएको हो। 

उहाँले डेङ्गु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सकिने बताउनुभएको छ। त्यस्तै आवश्यक परेमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा पनि लिन सकिने छ।

साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल-टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।
उहाँले डेंगी समुदायमा फैलिएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले डेंगी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताउनुभएको छ।