• शनिबार, २७ बैशाख, २०८२
  • ०५:२९:५३

गाँजाको तेल: क्यान्सरदेखि डण्डीफोरसम्मका लागि उपयोगी

  • Netizen Nepal
  • बुधबार, १५ कार्तिक, २०८०- १७:१८:००/ Wednesday 11-01-23

नेटिजन नेपाल 
काठमाडौं । गाँजा शताब्दीयौँदेखि औषधीय, आध्यात्मिक र चिकित्सा, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको बनस्पति हो। यसका तीनवटा प्रमुख प्रजातिहरू  छन् : क्यानाबिस सटिभा, क्यानाबिस इन्डिका र क्यानाबिस रुडरेलिस। यी तीनदेखि बाहेक पनि यसका अन्य प्रजातिहरू छन्।

गाँजामा चेतनामा असर गर्न सक्ने टेट्राहाइड्रोकाभिनबोल (टीएचसी) भन्ने तत्व हुन्छ । खासगरी यसले संवेदनशीलतामा प्रभाव पार्छ । गाँजाबाट तेल पनि निकालिन्छ। गाँजाबाट बनेको तेल दुखाईलाई दिमागसम्म नपुर्याउन औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । गाँजाको वियाँबाट उत्पादन हुने यस्तो तेलको पनि धेरै औषधीय महत्व रहेको पाइन्छ । यसबाट खासगरी दुखाई र चिन्ताजस्ता समस्याहरुबाट मुक्त हुन सकिने अध्ययनले देखाएको छ ।

यस्ता छन गाँजाको तेलका फाईदाहरु : 

क्यान्सरसम्बन्धी लक्षणहरु कम गर्छ 

एक अध्ययनका अनुसार गाँजाको तेलले क्यान्सरसँग सम्बन्धित रोग तथा यसका लक्षणहरुलाई नियन्त्रण गर्न सक्ने क्षमता राख्दछ । यसले क्यान्सरका साईड इफेक्टहरु जस्तै नसा, उल्टी हुने, दुख्नेलगायतका समस्याबाट पनि छुट्कारा दिलाउँछ । 

दुखाई कम गर्छ 

गाँजालाई धेरै वर्ष पहिलेदेखि नै पेनकिलरको रुपमा प्रयोग गर्दै आएको इतिहास छ । तर हालै गरिएको एक अध्ययनले पनि गाँजाको तेलमा दुखाई कम गर्न सक्ने क्षमता रहेको पत्ता लागेको छ । मानव शरीरमा इन्डोक्यानाविनोईड नामक प्रणाली हुन्छ, जसले मानिसका विभिन्न कार्यहरु जस्तै सुताई, भोक, दुखाईलगायतका क्रियाकलापलाई दिमागसम्म पुर्याउने काम गर्छ । त्यसैले गाँजाबाट उत्पादित तेलले यो प्रणालीमा असर गरी विभिन्न संवेदनाहरु दिमागसम्म पुर्याउन केही समयसम्म रोक्ने हुनाले यसलाई मेडिकल क्षेत्रमा औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

डण्डीफोरलगायत छालामा आउने विकारबाट बचाउछ 

गाँजाबाट उत्पादित तेलले अनुहारमा आउने विभिन्न समस्या जस्तै डण्डीफोर, फोका, दागलगायत समस्याबाट बचाउछ । यसले छालामा बन्ने तेलिय फोकाहरुलाई पनि हटाउन मदत गर्छ।

चिन्ता तथा डिप्रेसनबाट मुक्त गर्छ 

चिन्ता तथा डिप्रेसन मानसिक स्वास्थ्यसम्बन्धि समस्या हुन् । यी दुवै लामो समयसम्म रहिरहे स्वास्थ्यमा धेरै ठुलो समस्या निम्तन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार मानिसलाई अपांग तुल्याउने सबैभन्दा प्रमुख समस्या डिप्रेसन पनि हो । तर, चिन्तालगायत अन्य समस्याहरु छैठौं र सातौंमा पर्दछन् । यस्ता समस्याहरुलाई विभिन्न औषधिहरुबाट छुट्कारा दिलाउन सकिन्छ । गाँजाको तेलले विना साईड ईफेक्ट मानसिक समस्याबाट छुट्कारा दिलाउन सहयोग गर्छ । यस्तै यसले जनावरहरुमा पनि मानसिक रोग भए छुट्कारा दिलाउने अध्यनमा उल्लेख छ ।

मुटुसम्बन्धी समस्या नियन्त्रण गर्छ 

गाँजाको तेलले मुटु सफा गर्ने, मुटुसम्बन्धी रोगको निदान गर्नेलगायतका कामहरु पनि प्रभावकारी रुपले गर्ने देखिएको छ । यसले उच्च रक्तचाप तथा न्यून रक्तचाप नियन्त्रण तथा अन्य रक्तसंचारसम्बन्धी समस्याहरुलाई पनि नियन्त्रण गर्ने काम गर्दछ । उच्च रक्तचापले हृदयघात हुनेलगायतका समस्या देखा पर्छ । जसलाई गाँजाको तेलले मुख्यरुपमा प्रभाव पार्ने देखिन्छ ।

स्नायु सुरक्षाका लागि 

गाँजाको तेलले मानव शरीरमा स्नायु प्रणालीको सुरक्षा र संरक्षण गर्ने काम पनि गर्दछ । जसका कारण मानव शरीरको स्नायु प्रणालीको बनावट र यसका कार्यहरुमा राम्रै सहयोग पुर्याउने एक अध्ययनले देखाएको छ । यसले स्नायुप्रणालीमा आउने विभिन्न समस्याहरुलाई पनि निर्मुल पार्ने काम गर्दछ ।

अन्य सकारात्मक फाइदाहरु

माथि उल्लिखित फाइदाहरुबाहेक गाँजाका तेलका अन्य थुप्रै फाइदाहरु पनि रहेका छन। यो मानसिक स्वास्थ्यसम्बन्धी समस्या, कुलतको समस्यालगायतका समस्याहरुका लागि पनि फाइदाजनक छ। यस्तै यो तेलले ट्युमर, मधुमेहलगायतका समस्याबाट पनि छुट्कारा पाउन सकिने अध्ययनहरुले देखाएका छन् । यसका साइड इफेक्टहरु धेरै नभएपनि केहि मानिसहरुलाई यसको नियमित प्रयोगपछि झाडापखाला लाग्ने, भोक र तौलमा तलमाथि हुने, अल्छि लाग्नेलगायतका समस्या भने देखिन्छन् । एजेन्सी