• मंगलबार, ११ बैशाख, २०८१
  • ०४:२०:१८

चट्याङ लागेर एकको मृत्यु

  • Netizen Nepal
  • मंगलबार, ४ असोज, २०७९- ०९:१२:००/ Tuesday 09-20-22

नेटिजन संवाददाता

काठमाडौँ, ४ असोज। मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।