• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:३१:४५

भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु

  • Netizen Nepal
  • बिहीबार, ६ असोज, २०७९- १७:१५:००/ Thursday 09-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ६ असोज । भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र अस्पताल लैजाने क्रममा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली घटनास्थलमा पुगेको छ। हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।