• शनिबार, १५ बैशाख, २०८१
  • ०२:५२:१५

नेपालको हस्तकला प्रवर्द्धनका लागि सरोकारवालाले दिए सरकारलाई सुझाव 

  • Netizen Nepal
  • बिहीबार, ६ असोज, २०७९- १७:२४:००/ Thursday 09-22-22

नेटिजन संवादाता 
काठमाडौँ, ६ असोज ।  नेपाल सन् २०२६ बाट अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नती हुने क्रममा रहेको सन्दर्भमा नेपाल हस्ताकला उद्यमी संघ काठमाडौंको आयोजनामा ’नेपाल अल्पविकशित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुँदा हस्तकला क्षेत्रमा गर्नुपर्ने लगानी’ विषयमा बुधबार काठमाडौँमा छलफल कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियन र जिआइजेटको सहयोगमा  अन्तर्राष्ट्रिय श्रम संगठनसंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा घरेलु तथा  मझौला उद्योग विस्तारको महत्व र चुनौतीका विषयमा नीति निर्माता, व्यवसायी, राजनीतिज्ञ लगायतका व्यक्तिहरुका वीचमा छलफल गरिएको थियो ।   

नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपुर्ण आधारमध्ये हस्तकला रहेकाले यो व्यवसायलाई प्रवर्द्धन गरि रोजगारीको अवसर सिर्जना गर्न तथा निर्यात बढाउँने पप्रसस्त संभावना रहेकाले अबका दिनमा यस्ता कुरामा ध्या दिनुपर्ने सरोकारवालाहरुले बताएका थिए ।  नेपालको विकासशील मुलुकमा स्तरोन्नति हुँदा घरेलु तथा साना उद्योगलाई पर्न जाने प्रभाव तथा अवसरहरुको पहिचान गर्न आवश्यक रहेको उनिहरुको भनाइ थियो ।   

आयोजक संस्था नेपाल हस्ताकाला व्यवसायी महासंघका अध्यक्ष मीनरा भट्टराईले २०२६ मा विकासशिल राष्ट्र भइसकेपछि नेपालले व्यहोर्नुपर्ने सकारात्मक र नकारात्मक असरका बारेमा सरकार र उद्योग व्यवसायीसमेत सजग हुनुपर्ने बताउनुभयो।  सकारात्मक सुधारका लागी सरकारको भूमिकाका विषयमा समेत उहाँले चर्चा गर्नुभएको थियो।  

राष्ट्रिय योजना आयोगका सस्य डा.रामकुमार फुँयालले नेपाल अल्प विकशित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति भएपछि के गर्ने र कसरी अगाडी बढ्ने भन्ने विषयमा सरकारले वृस्तित प्रतिवेदन तयार गरेको र त्यसैका आधारमा हस्त कला क्षेत्रलाई समेत सम्बोधन गर्ने गरी  नीति, निर्माण र कार्यक्रम बनाउन योजना आयोग प्रतिवद्ध रहेको जानकारी दिनु भयो ।  उहाँले आयोजक संस्थाले गर्ने यस किसिमका छलफलले सरकारलाई नीति निर्माण गर्न समेत मद्धत पुग्ने बताउनुभयो । 

युरोपियन युनियनका प्रतिनिधि डा क्लाउडियस प्रेविलले नेपाल विकासशिल मुलुकमा  स्तरोन्नति भएपछि गर्नुपर्ने तयारीका लागि प्राविविधक सहयोग गर्न  आफुहरु सधैं तत्पर रहेको बताउनुभयो ।  

हस्ताकाला क्षेत्रमा अहिले पनि धेरै समस्या र चुनौतीहरु भएको बताउँदै नेपाल हस्तकला महासंघका प्रमुख प्रचण्ड शाक्यले नेपालबाट विदेशमा सबैभन्दा धेरै हस्तकलाका सामाग्रीहरु विक्री हुने भन्दै विदेशी मुद्रा आर्जन गर्ने र मुद्रा संचितिमा समेत यसले प्रत्यक्ष प्रभाव पार्ने भएककाले हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनका लागि सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो । 
 
त्यस्तै अन्तराष्ट्रिय श्रम संगठनकी वरिष्ट कार्यक्रम अधिकृत नीता न्यौपानेले हस्तकला महिला तथा विपन्न समुहका व्यक्तिहरुका लागि आयआअर्जनको आधार भएकोले यो क्षेत्रको सिवकासका लागि आइएलओले सहयोग गर्ने बताउनुभयो ।   

कार्यक्रमको मन्तब्य पछिको दोस्रो चरणको छलफलका क्रममा सहभागीहरुले  नेपाल विकासोन्मुख देशमा स्तरोन्नतिपछि घरेलु, साना तथा मझौला उद्योगको दिगोपनाका लागी निर्यात प्रवर्द्धन, आर्थिक कुटनीति, व्यापार प्रवर्द्धन गर्न निर्यात गृहको व्यवस्था, नगद प्रोत्साहनका लागि बैकल्पिक उपायको खोजीमा ध्यान दिन आग्रह गरेका थिए । त्यसैगरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने, ट्रेजरी बिलको व्यवस्था गर्ने, निर्यात साहजिकरणका लागि गैर भन्सार अवरोध हटाउने,  निर्यात बढावाका लागि पूर्वाधारको व्यवस्था,  गुणस्तर परिक्षण प्रयोगशाला, सुविधायुक्ता प्रदर्शनी कक्ष, डिजाइन केन्द्र स्थापना, व्यापार तथा श्रम नीतिमा सुधार,  बस्तु बजार रणनीति जस्ता सवालको गहन छलmल गरी आवश्यक सुधारकका लागि पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।