• मंगलबार, ११ बैशाख, २०८१
  • ११:२०:४७

जि७ द्वारा रुसी कदमको निन्दा

  • Netizen Nepal
  • बिहीबार, ६ असोज, २०७९- १८:०२:००/ Thursday 09-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ६ असोज । जि७ का विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताउनु भएको छ । सात समूहका मन्त्रीहरूले रुसको यस बढ्दो कदमहरूको निन्दा गरेको छ ।  यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा बुधबार जनाइएको छ । 

जि७ ले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने  र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको  संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् ।‘हामी अध्ययन गर्नेछौं, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भन्नुभएको छ ।

क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जि७ मन्त्रीहरु,साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गर्नुभएको छ ।

रुसी सेनाहरुको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उहाँँहरुले थप जानकारी दिनुभएको छ । उहाँहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्रको युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गर्नुभएको छ ।