• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:२९:१७

चाँया कसरी हटाउने ? यस्ता छन् घरेलु उपाय

  • Netizen Nepal
  • शनिबार, १९ कार्तिक, २०७९- ०९:१५:००/ Saturday 11-05-22

नेटिजन संवाददाता 

काठमाडौँ, १९ कात्तिक । चायाँ, जाडो महिनाको मूल समस्या हो । यो एक छालासम्बन्धी समस्या पनि हो । सामान्यतया टाउकाको छालाबाट मरेको कोषहरु बाहिर निस्किनु नै चायाँ हो । टाउकामा परेको चायाँले सौन्दर्यमा नै असर पुर्याउने भएकाले कतिपय मानिसहरु यसप्रति निकै चिन्तित हुने गर्छन ।  चायाँ हटाउने केहि घरेलु उपायहरु यस्ता छन् : 

-नियमित रुपमा शुद्ध नरिवलको तेल लगाउने।

-नुहाउनुभन्दा आधा घण्टा अघि नरिवलको तेलमा कागतीको रस मिसाएर नुहाउने ।

-काँचो अण्डा फुटाएर करिब एक घण्टाजति राख्ने र स्याम्पु लगेर राम्रोसँग कपाल पखाल्नाले पनि चायाबाट मुक्त भइन्छ ।

-एक कप दहीमा एक कप वेसन मिसाएर कपालमा राम्ररी लगाउने र दुई घण्टापछि धुने, यसो गर्नाले चाया बिस्तारै हट्दै जान्छ। एजेन्सी