• सोमबार, २३ असार, २०८२
  • ०१:५१:३५

मकैको बट्टा भेटिएपछि खुल्यो ३ अर्ब डलरको रहस्य 

  • Netizen Nepal
  • सोमबार, २८ कार्तिक, २०७९- १०:१७:००/ Monday 11-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, २८ कात्तिक। अमेरिकी कानुन मन्त्रालयले गत वर्ष एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएको ३.३६ अर्ब बराबरको बिटकोइन जफत गरेको जानकारी सार्वजनिक गरेको छ। ५० हजार ६७६ बिटकोइनको थुप्रो एक जना ह्याकरको घरको भुईँमा रहेको सेफ र भुटेको मकै राख्ने बट्टाभित्र विभिन्न उपकरणहरूमा लुकाइएको फेला परेको जनाइएको छ।

जेम्स चोङले सन् २०१२ मा अवैध सामान खरिद् बिक्री गर्ने वेबसाइट 'सिल्क रोड' बाट उक्त रकम ह्याक गरेको आरोप स्वीकार गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार यो जफत इतिहासमा दोस्रो ठुलो हो। बिटकोइनको मूल्य ह्वात्तै बढ्दा उक्त ह्याक भएको थियो। ह्याकरबाट जफत गरिएको रकम अहिले करिब १.१ अर्ब डलर बराबर हुन जान्छ।

चोङले आफ्नो घरको वरपर हार्डड्राइभ र अन्य भण्डारण उपकरणहरूमा बिटकोइन राखी त्यसलाई भुईँमुनि र नुहाउने कोठामा मकैको बट्टाभित्र लुकाइएको सानो कम्प्युटरमा राखेको फेला पारेको अधिकारीहरूले बताएका छन्। चोङले 'सिल्क रोड' वेबसाइटको भुक्तानी प्रणालीमा भएको त्रुटिको दुरुपयोग गरेर सिल्क रोडबाट बिटकोइन चोरेको प्रहरीले जनाएको छ।