• मंगलबार, ११ बैशाख, २०८१
  • ०४:१७:२५

चुनावको चटारो ( फोटो फिचर )

  • Netizen Nepal
  • शनिबार, ३ मङ्सिर, २०७९- १२:५९:००/ Saturday 11-19-22

नेटिजन सम्बाददाता 

काठमाडौं, ३ मङ्सिर।  मङ्सिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन टोलि देखि मतदाताका आफ्नै व्यस्तता देखिएका छन्।  चुनावको चटारो देखाउने केहि तस्विरहरु।  

म्याग्दीको दुर्गम गाउँ गुर्जामा सडक सुविधा नपुगेका कारण भोट हाल्नका लागि घोडा चडेर मतदाता नामावली भएको मतदान केन्द्र गुर्जामा जाँदै मतदाता । 

मङ्सिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति ।
आमनिर्वाचनमा मतदान गर्न काठमाडौँ छाडेर शनिबार नयाँ बसपार्कबाट मतदानका लागि घर फर्कंदै ।
आमनिर्वाचन–२०७९ का अवसरमा घोराही– १५ को पद्मोदय पब्लिक नमुना मावि निर्वाचन केन्द्रमा सबै राजनीतिक दलका प्रतिनिधि बीचमा शुक्रबार सर्वदलीय बैठक बस्दै ।
प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नं १० मा रहेको भरतपुर माध्यामिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि व्यवस्थापन गरिएको बाँकेको खजुरा गाउँपालिका– ७ को (क) र (ख) मतदान केन्द्र ।

तस्विर : रासस