कुन नेताले कहाँबाट गरे मतदान ? (फोटोफिचर)
- Netizen Nepal
- आइतबार, ४ मङ्सिर, २०७९- ०८:५८:००/ Sunday 11-20-22
नेटिजन संवाददाता
काठमाडौँ, ४ मङ्सिर। मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन्। कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदाता १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् । मतदानस्थलमा मतदाताहरुको उल्लेख्य सहभागिता देखिएको छ। यसैक्रममा विभिन्न दलका नेताहरुले पनि मतदान गरेका छन्।
कुन नेताले कहाँबाट गरे मतदान ?
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका- १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय केन्द्रमा मतदानका लागि मतपत्र लिँदै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली ।
चितवन जिल्लाबाट मतदान गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा मतदान गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गर्दै ।
काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार मानुषि यमि भट्टराई नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा मतदान गर्दै
नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्दै ।
प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गर्दै रवि लामिछाने
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गर्दै यस क्षेत्रका उम्मेदवार एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल
नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले वुटवल–८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङ मेलम्ची ११ को जागेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै
पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्ट कैलालीको क्षेत्र नं ४ मा मतदान गर्दै
प्रकाशमान श्रेष्ठ नेपाल युवक मावि स्थित मतदान केन्द्रमा मतदान गर्दै
नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे राप्ती नगरपालिका ५ स्थित भण्डारा मावी केन्द्रबाट मतदान गर्दै
ललितपुर महानगरपालिका वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मतदानका लागि पुग्नु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार डा तोसिमा कार्की ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी कामपा¬–१० स्थित सानो गौचरन पार्क मतदान केन्द्रको पुरानो बानेश्वरबाट मतदान गर्दै ।
तस्विरः रासस