• शनिबार, ८ बैशाख, २०८१
  • ०२:०५:५५

हेटौंडामा २८ वर्षपछि राप्रपा विजयी

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १४:०७:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर। मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ। उहाँ नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो।

सिंह २ हजार ३९३ मत अन्तरले विजयी हुनुभएको हो। कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गर्नुभयो।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।