• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:०२:३९

सिरहा–१ मा एमालेका यादव विजयी

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १८:०३:००/ Thursday 11-24-22

नेटिजन संवाददाता

काठमाडौँ, ८ मङ्सिर। सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।