• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:५८:००

दाङ-१ मा मेटमणि चौधरी निर्वाचित, शान्ता चौधरी पराजित

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- २३:०९:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर। दाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी हुनुभएको छ।   मेटमणिले २५ हजार ३३५ मत प्राप्त  गर्नुभएको छ भने  एमालेकी शान्ता चौधरीले २० हजार १३५ मत प्राप्त गर्नुभएको छ।  यसै विच दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित हुनुभएको च।  उहाले  नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित  गरि  ३६ हजार ८४२ मत प्राप्त गर्नुभएको छ भने कोमल  ओलीले २९ हजार ३२ मत प्राप्त गर्नुभएको छ।  दाङ–२ मा भने माओवादीकी रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेल लाइ पराजित गर्नुभएको छ।  यो परिणामले दाङमा गठबन्धन सफल भएको  नेताहरुले बताएका छन्।