• सोमबार, २३ माघ, २०७९
  • ०३:३८:३३

कर्णालीमा सत्ता गठबन्धनका सबै उम्मेदवारको जित 

  • Netizen Nepal
  • शनिबार, १० मङ्सिर, २०७९- १४:०४:००/ Saturday 11-26-22

शेरबहादुर सिंह
कर्णाली, १० मङ्सिर । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ । 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैं कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केहि जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो । 

पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालिन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित हुनुभएको थियो । 

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ । यसपटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ ।

नेपाली कांगे्रसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा ९एकीकृत समाजवादी० लिएको डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ । 

जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार आठ सय १९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार गोमा गौतम ९कुँवर०ले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभयो । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा ९माओवादी केन्द्र०का गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित हुनुभएको थियो । 

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभयो । उहाँले ०७४ को चुनावमा खड्कालाई पराजित गर्नुभएको थियो । 

सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार छ सय २५ मतले विजयी हुनुभयो । 

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार एक सय ५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी निरजप्रसाद आचार्यले २५ हजार एक सय २० मत प्राप्त गर्नुभयो । बस्नेत चौथो पटक संंसद् प्रवेश गर्दै हुनुहन्छ । 

रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार पाँच सय ४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार नौ सय ६१ मत ल्याएर पराजित हुनुभयो । विसं २०६४ देखि शर्माले पनि निरन्तर संसद्मा प्रवेश गर्दै आउनुभएको छ ।   

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एकीकृत समाजवादी०का प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी हुनुभयो । 

त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार दुई सय ५६ मत ल्याउँए बिजयी हुनुभयो । त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार एक सय ५८ मत ल्याएर विजयी हुनुभयो ।

नेकपा एमालेको गढ मानिएको दैलखका दुवै क्षेत्रको विरासत यसपटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ । 
 
कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार चार सय ७४ मत प्राप्त गरी विजयी हुनुभयो । विसं २०७० यताका सबै निर्वाचनबाट शाही निर्वाचित हुँदै आउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित हुनुभयो । 

डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार दुई सय ९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार पाँच सय पाँच मत प्राप्त गरी पराजित हुनुभयो । बुढा पनि २०७० को संविधानसभा निर्वाचनदेखि सांसदमा लगातार निर्वाचित हुनुभएको छ । 

हुम्लामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुल लामा नेकपा (एमाले) का दल रावललाई चार हजार आठ सय ५५ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । लामाले १४ हजार तीन सय ७१ तथा रावलले नौ हजार पाँच सय १६ मत ल्याउनुभएको थियो ।  

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पछि पार्दै १४ हजार सात सय दुई मत ल्याएर विजयी हुनुभएको छ । कार्कीले भने १० हजार सात सय आठ मत प्राप्त गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर०ले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाउनुभयो । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिनुभयो । 

एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउनुहुन्छ । निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार चार सय तीन मतदाता सङ्ख्यामध्ये छ लाख ६२ हजार ९५ ९६१ प्रतिशत०ले मतदान गरेका थिए ।