• शुक्रबार, ७ बैशाख, २०८१
  • ०३:१७:४१

चन्दा संकलन गरेर बनाइएको करबाकेली सङ्ग्रहालय

  • Netizen Nepal
  • बुधबार, २८ मङ्सिर, २०७९- १४:०७:००/ Wednesday 12-14-22

नेटिजन संवाददाता 

परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडामा करबाकेली संग्रहालय भवन निमार्ण गरिएको छ । करबाकेली संरक्षण समितिको सक्रियतामा सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन निर्माण गरेका हुन् । दैनिक जीवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने संग्रहालयका लागि को दुई तले भवन निर्माण गरिएको समितिका अध्यक्ष चामबहादुर पुनले बताउनुभयो । समितिले एक वर्षअघि संग्रहालयको भवन निर्माण सुरु गरेको थियो ।