• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०२:२५:४६

यस्ता छन्, पृथ्वी नारायण शाहका प्रेरक भनाइहरु 

नेटिजन संवाददता 
काठमाडौँ, २७ पुष । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते भएको हो । २० वर्षकै उमेरमा राजा बन्नुभएका शाहले साना राज्यको एकीकरणका क्रममा काठमाण्डू उपत्यकाका तीन राज्य सहित बाइसे चौबिसे राज्यलाई एकीकरण गर्नुभएको थियो ।


उहाँको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भएको हो । पुष २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरि मनाइन्छ । केहि वर्षअघि पुष २७ गते नेपालमा सार्वजनिक बिदा दिइने चलन भए पनि पछिल्लो समय राजनीतिक उतारचडावका कारण बिदा दिने चलन हटेको छ । यद्द्यपि, कतिपय स्थानीय तहले भने बिदा दिने गरेका छन् ।

पृथ्वी नारायण शाहका १३ प्रेरक भनाईहरु

१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।