शरीरको कुन अंग फर्फराए के हुन्छ ?
- Netizen Nepal
- शुक्रबार, २९ पौष, २०७९- ११:२३:००/ Friday 01-13-23

नेटिजन संवाददाता
काठमाडौँ, २९ पुष । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । ज्योतिषशास्त्र अनुसार यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरीरमा विभिन्न अंगहरूले वेला वेलामा संकेत देखाई राखेका हुन्छन । शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छन् । कुनै अंग विशेष हुने यस्तो कम्पनलाई अंगस्फुरण भनिन्छ । यसरी स्वस्थ अवस्थामा कुनै अंग विशेष फरफराउदा के फल हुन्छ भन्न्ने कुरा पनि ज्योतिष शास्त्रले बताएको छ ।
यस्तो फलको भोगी हुन सर्वप्रथम शरीर स्वस्थ हुनु आवश्यक छ । रोगी शरीरमा अंगस्फुरणको कुनै फल हुँदैन । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फरफराउँदा भविष्यमा कस्ता घटना घट्न सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । शरीरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्नेगर्छ । वर्तमान समयमा यी कुराहरू विश्वास गर्न निकै कठिन हुने भएपनि यसलाई पुरै वेवास्ता भने गर्न सकिन्न । थाहा पाइराखौं शरीरको कुन अंग फरफराउँदा कस्तो संकेत गर्छ ?
१. टाउको फर्फराए
टाउकोको अलग-अलग भाग फर्फराउँदा त्यसले पनि फरक-फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ । शिरको मध्य भाग फरफराए अभीष्ट पूरा हुन्छ अर्थात् सोचेका काम पूरा हुन्छन् भनी बताइएको छ । यसैगरी शिरको पछाडिको भाग फरफराए यात्रा हुन्छ । दाहिने शिर फर्फराए झन्झट आइपर्न सक्छ । विशेषतः राती जन्म भएका व्यक्तिका लागि शरीरको बायाँ भाग फरफराएको शुभ मानिन्छ भने दिनमा जन्म भएकाका लागि शरीरको दायाँ भाग फर्फराए को शुभ मानिन्छ । निधार फर्फराएमा स्थानवृद्धि हुन्छ । आँखी भौँ फर्फराए प्रियव्यक्तिको मिलन हुन्छ ।
२. आँखा
दायाँ आँखाको तल्लो भाग फर्फराए प्रतिष्ठा मिल्छ भने वायाँ आँखाको तल्लो भाग फर्फराए खर्च बढ्ने गर्दछ । रातमा जन्म हुनेका निम्ति दायाँ आँखा फर्फराए अशुभ मानिन्छ भने बायाँ आँखा फर्फराएको शुभ मानिन्छ । आँखा फर्फराए प्रिय बस्तुको प्राप्ति हुन्छ भन्ने विश्वास छ । दाहिने आँखाको आँखीभौं र आँखा फरफराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौं फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ ।
३. कान फर्फराए
कान फरफराए राम्रो कुरा सुनिन्छ । नाक फरफराए सुगन्ध मिल्छ । दायाँ कान पदोन्नतिकारक हुन्छ भने बायाँ कान फरफराए दुःख दिन्छ ।
४. गाला फर्फराए
गाला फर्फराए प्रियवस्तुको प्राप्ति हुन्छ भनी ज्योतिःसारमा बताइएको छ । त्यस्तै दुवै गाला फर्फराउँदा भने धन प्राप्त हुन्छ ।
५. काँध फर्फराए
दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।
६. ओठ फरफराए
यदी तपाईको ओठ फर्फराए तपाईंको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने सन्तानबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।
७. जिभ्रो फर्फराए
जिभ्रो फर्फराए मिष्टान्न भोजन प्राप्त हुन्छ ।
८. हात फर्फराए
हात फर्फराए यात्राको अवसर मिल्छ । हात फरफराए यात्राको अवसर मिल्छ । कुइनो फरफराउनु भने शुभ मानिंदैन । पाखुरा फर्फराए मित्रभेट हुन्छ । हातको औंला फर्फराए साथीहरूसँग भेट हुन्छ ।
९. घाँटीको कण्ठ फर्फराए
घाँटीको कण्ठ प्रदेश फर्फराए वस्त्राभुषण प्राप्त हुन्छ । घाँटी फर्फराए राज्यबाट सम्मान मिल्छ ।
१०. पिठ्युँ फर्फराए
पिठ्युँ फर्फराए अर्काले कुरा काट्छन् भने स्कन्ध फरफराए धनागम हुन्छ भनी बताइएको छ ।
११. खुट्टा फर्फराए
दाहिने खुट्टा फर्फराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ । खुट्टाको औँला फर्फराए लाभ हुन्छ । पैताला फरफर गरे यात्रा गर्नु पर्ने फल बताइएको छ । पिडुडा फरफराए शत्रुभय हुन्छ । वायाँ घुँडा फर्फराए प्रेमी मिलन हुन्छ भनी सुलभ ज्योतिषमा उल्लेख गरिएको छ । घुँडा फर्फराए वस्त्र लाभ हुन्छ ।
१२. शरीरको मध्ये भाग फर्फराए
हृदय फर्फराए अभीष्ट सिद्धि हुन्छ । पेट फर्फराए भाग्य बढ्ने हुन्छ । कमर फर्फराए सवारी साधन मिल्छ । गुदा फर्फराए परस्त्री भोग हुन्छ । स्तन फर्फराए मनले चिताएको पुग्ने हुन्छ भने छाती फर्फराए धन प्राप्त हुन्छ ।
१३. चिउडो फर्फराए
समुन्द्र शास्त्रका अनुसार जुन व्यक्तिको चिउडो फर्फराउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।