• बिहीबार, ८ कार्तिक, २०८१
  • ०६:१३:०३

एक करोड गीतादान महाअभियान सुरु

  • Netizen Nepal
  • शुक्रबार, ६ माघ, २०७९- १२:३४:००/ Friday 01-20-23

नेटिजन संवाददाता

काठमाडौँ, ६ माघ। एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो ।

सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले जानकारी दिनुभयो । पहिलो संस्करणमा २१ हजार प्रति गीता छापिएको छ ।

विभिन्न देशको यात्राका क्रममा क्रिश्चियनका हातमा ‘बाइबल’, मुस्लिमका हातमा ‘कुरान’ देखेपछि नेपाली भाषी हिन्दूका हातमा गीता होस् भनेर यो महाअभियान सुरु गरिएको जयतु संस्कृतम् संस्थाको अध्यक्षसमेत रहनुभएका पोखरेलले बताउनुभयो ।

गीतालाई अङ्ग्रेजी भाषामा पनि श्लोकपिच्छे भावानुवाद गरेर प्रकाशन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

महाअभियानका लागि सहयोग गर्न चाहने दाताबाट सहयोग लिई नसक्नेका लागि निःशुल्क गीतादान गरिनेछ । हाल महाअभियानमा १८ जना सहभागी हुनुहुन्छ ।