• मंगलबार, ६ कार्तिक, २०८१
  • १२:२८:१६

मिडिया र अध्यात्म : पुरानो सम्बन्ध, नयाँ बहस 

काठमाडौं । दक्षिण अमेरिकाका चर्चित दार्शनिक पाउलो फेरे विकास र संचारलाई मानिसको मुक्तिसंग जोडेर हेर्छन् । उनको भनाइमा “ संचार प्रक्रियामा सन्देशको आदानप्रदान लाई अर्थपूर्ण र परिणाममुखी बनाउँन  अध्यात्म अनिवार्य जोडिनुपर्छ ।” आजभन्दा झण्डै ५० वर्ष अघि नै सार्बजनिक बहसमा आएका उनका अन्य दार्शनिक तथ्यले चर्चा पाए पनि संचार र अध्यात्मको पाटो भने छायाँमा परेको छ । तर यहि गएको सेप्टेम्बर २६ तारिख देखि ३० तारिखसम्म  भारतको राजस्थान प्रदेशको माउण्ट आबुमा भएको एक मिडिया सम्मेलन भने पुरै अध्यात्म र मिडियामा केन्द्रित भयो ।

डिजिटल मिडियाको खोलामा सोसल मिडियाको बाढी आउँदा आमसंचार माध्यमबाट जिम्मेवार र विश्वसनीय  विषयवस्तुहरु कि त किनारा लागेका छन् कि त भेलमा बगेर गएका छन् । यदि समयमै उद्धार नगर्ने हो भने संचार अभ्यास, मान्यता, विश्वास र शक्ति मात्र हराउँने छैन, सयौ वर्ष लगाएर तयार पारिएका संचार सिद्धान्त र प्राज्ञिक पाठ्यक्रमहरुको अस्तित्व  र वैधता माथि नै  प्रश्न उठ्नेछ । यस बारेमा विश्वब्यापी चिन्ता र चिन्तन पनि बढेको छ । 

ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयले आयोजना गरेको स्वस्थ र सुखी समाजका लागि आध्यात्मिक सशक्तिकरणमा मिडियाको भूमिका विषयक सम्मेलनले यहि विषयलाई बहुआयामिक ढंगले उठान गर्यो ।  एक हजार भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको उक्त सम्मेलनमा तीनवटा प्लेनरी सत्र थिए भने एउटा विज्ञ बहस सत्र थियो । यी सत्रहरुमा विश्वमा शान्ति कायम गर्न मिडियाको भूमिका, सामाजिक संजालका सकारात्मक र नकारात्मक आयाम, अध्यात्मिक बौद्धिकता र कृत्रिम बौद्धिकताको समानता तथा गलत सूचना र फर्जि खबर लगायतका सवालका छलफल गरिएको थियो । उक्त छलफलपश्चात ६ बुँदे घोषणा पत्र समेत जारी गरिएको थियो । 

हरेक छलफलमा उठान भएका विषयवस्तु र तर्क तथा तथ्यहरुले सहभागिहरुलाई मूलधारको मिडियाले अध्यात्मलाई विर्सिदा समाजले धेरै संभावनाका अवसरहरु गुमाएको अनुभूत गराएको थियो । एकजना भारतीय पत्रकारले आफ्नो अनुभव बाँड्दै  पंक्तिकारसंग अनौपचारिक कुराकानीमा भनेका थिए “पछिल्लो समयमा मिडियालाई भ्युज र भाइरल कन्टेन्टको चिन्ता छ र त्यहि प्रतिस्पर्धामा दौडिदा समाज रुपान्तरणको एउटा महत्वपूर्ण आयाम गुमिरहेको छ । यो सम्मेलनले आजको सामाजिक संजालमा आधारित समाचारले निम्त्याएको गैरजिम्मेवार कन्टेन्टलाई जिम्मेवार बनाउने एउटा महत्वपूर्ण  आधार आध्यात्मिकता हो भन्ने कुरा उठान गरेको छ । ” 
उनको कुरा एक हद सम्म ठिकै हो किनभने डिजिटल मिडियाको खोलामा सोसल मिडियाको बाढी आउँदा आमसंचार माध्यमबाट जिम्मेवार र विश्वसनीय  विषयवस्तुहरु कि त किनारा लागेका छन् कि त भेलमा बगेर गएका छन् । यदि समयमै उद्धार नगर्ने हो भने संचार अभ्यास, मान्यता, विश्वास र शक्ति मात्र हराउँने छैन, सयौ वर्ष लगाएर तयार पारिएका संचार सिद्धान्त र प्राज्ञिक पाठ्यक्रमहरुको अस्तित्व  र वैधता माथि नै  प्रश्न उठ्नेछ । यस बारेमा विश्वब्यापी चिन्ता र चिन्तन पनि बढेको छ । 

राजस्थानको माउन्ट आबु मिडिया सम्मेलनले उठान गरेका विषयवस्तु, प्रस्तुत भएका  संभाव्य मार्ग र त्यसमा देखिएको ऐक्यबद्धताले यो संकेत गरेको थियो कि यदि हामीले अध्यात्मलाइृ मिडिया शिक्षा, मिडिया तालिम र मिडिया हाउस तथा समाचार कक्षमा जोड्ने कर्म गरेमा अहिलेको मिडिया अन्योललाई चिर्ने र गलत सूचनाको भूमरीबाट समाजलाई सहि दिशानिर्देश गर्ने एउटा महत्वपूर्ण  कदम हुन सक्छ । 
कार्यक्रमको प्लेनरी सेसनका एक वक्ता डा. मोहित गुप्ताको भनाइ यहाँनिर सान्दर्भिक हुन्छ । उनि भन्दै थिए , “योग हरेक मानिसलाई उसको भित्रि क्षमता, शक्ति र जिम्मेवारीको सफाइ गर्दै सत्य र तथ्यमा आधारित भूमिका बढाउँन मद्धग गर्ने अद्भूत औजार हो । तर यसको महत्व बुझ्न र बुझाउँन नसकिएका कारण योग मिडियाले आत्मसाथ गर्न सकेको छैन । यदि  अध्यात्मलाई मिडियाले बुझेर आत्मसाथ गरेको खण्डमा  अहिले मिडिया प्रति े बढेको अविश्वासलाई सुधार गर्न सकिन्छ । ” 

डा. गुप्ताले भने जस्तै मानिसहरु आफूले विश्वास नगरेका माध्यम र विषयवस्तुको पछाडी दौडिएका छन् । यो मनोविज्ञान बुझेर आफ्नो व्यापारिक होस् वा राजनीतिक वा अन्य कुनै पनि स्वार्थ हासिल गर्नका लागि कतिपय अवस्थामा सामाजिक संजलाको दुरुपयोग भएको छ । यहि मनोविज्ञानले धेरै मानिसहरुलाई गलत प्रचार, व्यक्तिको चरित्र हत्या र व्यक्ति जीवनमा नै प्रहार गर्ने प्रबृत्ति बढेको छ । यो कुरा मिडियालाई मात्र होइन, आम मानिसहरुलाई पनि अनुभूत भएको छ । अध्ययनहरुले पनि यो तथ्य उजगर गरेका छन् । 

 उदाहरण लागि नेपाली समाज कै कुरा गरौं । मिडिया रिसर्च सेन्टर नेपालले सन् २०२२ मा गरेको एक अध्ययन अनुसार करिब ९२ प्रतिशत संग फेसबुक अकाउन्ट भएकाले सबै भन्दा बढि फेसबुक  मार्फत् नै सूचना प्राप्त गर्छन् । तर उनिहरु मध्ये  करिव ८० प्रतिशतले फेसबुकमा गलत कुराहरु प्रवाह भएको र यस्ता सूचना समाजका लागि घातक भएको बताएका छन् । ४९ प्रतिशत उत्तरदाताले गलत सूचना प्रवाहको  समस्या समाधानका लागि मिडिया हाउस नै जिम्मेवार हुनु पर्ने बताएका छन् भने ४७ प्रतिशतले सरकार जिम्मेवार हुनु पर्ने बताएका छन् । 

विश्वासिलो मिडियाको बारेमा पहिले देखि नै बहस र छलफल विश्वभरी नै भएका थिए । तर पछिल्लो समयमा साविकको विश्वसनीयता समेत धरापमा परेको  र विश्वसनीयताको लागि नयाँ चुनौति समेत थपिएकाले मिडियालाई विश्वसनीय बनाउँन झन् धेरै काम गर्नु पर्ने आवश्यकता छ ।  यसका लागि बदलिएको समाजका पुरानै तरिकाले काम गरेर पुग्दैन, मिडिया पनि  बदलिनु पर्छ । माउन्ट आबु सम्मेलनमा धेरै वक्ता र विज्ञहरुको भनाइ यहि थियो कि मिडियाले अध्यात्मलाई समाचार कक्षसम्म जोड्न सकेमा अहिलेको बढ्दो गलत सूचना र आम अविश्वासलाई रोक्ने एउटा महत्वपूर्ण कदम हुन सक्छ ।

यो अध्ययनले उजागर गरेका धेरै तथ्यहरु मध्ये एउटा महत्वपूर्ण कुरा के हो भने मानिसहरु सामाजिक संजालमा गलत सूचना प्रवाह भएको थाहा पाउँदा पाउँदै पनि सामाजिक संजाल नै सूचना प्राप्तिको मूल माध्यम बनाइरहेका छन् । गलत सूचनाको बाढीलाई रोक्न मिडिया नै जिम्मेवार हुनु पर्छ भन्ने धारणाले मिडिया शक्ति हो भन्ने कुरा आम मानिसले पनि राम्रो संग बुझेको देखिन्छ । तर सामाजिक संजालमा प्रवाह हुने गलत सूचना रोक्न हरेक प्रयोग कर्ता पनि जिम्मेवार हुनु पर्छ र हुन सक्छ भन्ने कुराको बोध नभएको देखिन्छ । यो अवस्थालाई चिर्न पनि मिडियाले आफ्नो भूमिकालाई समिक्षा गर्नुपर्ने बेला भएको छ, जहाँ अध्यात्मलाई जोडेर विषयवस्तु र संचार माध्यमको विश्वसनीयता बढाउँने नयाँ उपायको खोजी गर्न पनि सकिन्छ । 

 मिडिया जहिले पनि  अडियन्स, जसलाई प्रेक्षा समाज पनि भनिन्छ प्रति नै जिम्मेवार हुन्छ । प्रेक्षा समाजले गरेको अपेक्षा, आशा अनुसारको भारोसा गर्न लायक मिडिया नै विश्वासिलो हुन्छ । विश्वासिलो मिडियाको बारेमा पहिले देखि नै बहस र छलफल विश्वभरी नै भएका थिए । तर पछिल्लो समयमा साविकको विश्वसनीयता समेत धरापमा परेको  र विश्वसनीयताको लागि नयाँ चुनौति समेत थपिएकाले मिडियालाई विश्वसनीय बनाउँन झन् धेरै काम गर्नु पर्ने आवश्यकता छ ।  यसका लागि बदलिएको समाजका पुरानै तरिकाले काम गरेर पुग्दैन, मिडिया पनि  बदलिनु पर्छ । माउन्ट आबु सम्मेलनमा धेरै वक्ता र विज्ञहरुको भनाइ यहि थियो कि मिडियाले अध्यात्मलाई समाचार कक्षसम्म जोड्न सकेमा अहिलेको बढ्दो गलत सूचना र आम अविश्वासलाई रोक्ने एउटा महत्वपूर्ण कदम हुन सक्छ ।

यसले संस्था, पदाधिकारी र हरेका संचाकर्मीलाई जिम्मेवार बन्ने शक्ति र उर्जा दिन्छ । यहि शक्ति र उर्जा नै मिडियालाई विश्वासीलो बनाउने नयाँ शुरुवात बिन्दु हुन्छ । यस किसिमका बहस र बिकल्पहरु उठान भए पनि मिडियाले कस्तो मोडेलमा काम गर्ने र कसले यो मोडेल तयार गर्ने भन्ने बारेमा भने सम्मेलनमा चर्चा भएन ।  सायद आयोजक संस्थाले  यस बारेमा पनि पछि बहस चलाउला ।  आगामी दिनमा बारेमा अन्यत्र पनि बहस होला । तर एक हजार बढि संचारकर्मीको विचमा भएको यो छलफल र बहस वास्तवमै महत्वपूर्ण छ । यो बहसलाई राजस्थानमा मात्र सिमित राख्ने होइन, अब अन्यत्र पनि विस्तार गर्न सकिन्छ र गर्नु पर्छ भन्ने कुराको आधार हो यसको घोषणा पत्र ।

घेषणपत्रको बुदा नं ४ मा आयोजक ब्रम्ह कुमारीको मिडिया शाखाले  अध्यात्मले नैतिकता र आचारसंहितालाई समेत प्रबद्र्धन गर्ने भएकाले मिडिया र अध्यात्मको बारेमा थप बहसका लागि सहयोग गर्ने कुरा समेत उल्लेख गरेको छ । यसको अर्थ हो मिडियासंग आयोजक संस्था साझेदारी गर्न प्रतिबद्ध छ । यसका लागि दक्ष र अनुभवी संस्थाहरु समेत हातेमालो गर्न तयार छन् । तर यो हातेमालोको शुरुवात काहँबाट गर्ने, कसले अग्रसरता लिने भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ । निष्कर्षमा यो भन्न सकिन्छ कि कुनै पनि सामाज विज्ञानका शुत्र र सिद्धान्तहरु कहिल्यै पनि पूर्ण हुदैन्, बरु परिपक्व र खदिलो हुदै जान्छन् । यहि श्रृंखलाको एक पाटोको रुपमा मिडियासंग अध्यात्म जोडेर जानको लागि यो सम्मेलनले एउटा आधार बनाएको छ ।