• मंगलबार, ३० बैशाख, २०८२
  • ११:१९:४७

च्याउ पनि मानिसजस्तै गफाडी हुन्छ: वैज्ञानिक 

च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ।

  • Netizen Nepal
  • शुक्रबार, १२ फाल्गुण, २०७९- १२:३७:००/ Friday 02-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, १२ फागुन। बोटबिरुवामा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर के तपाईहरु वनस्पतीले पनि कुराकानी गर्न सक्दछन् भन्यो भने पत्याउनुहुन्छ ? वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन्। च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् ।

अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना पनि हुने प्रमाणित भएको छ । युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूका अनुसार च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय रहेको हुन्छ ।

त्यस्तै क्वीन्सल्याण्ड युनिभर्सिटीले च्याउका विषयमा गरेको पछिल्लो अनुसन्धान 'जर्नल अफ न्युरोकेमिस्ट्री'मा छापिएको छ । जस अनुसार हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ । उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने वैज्ञानिकहरुको ठहर छ  ।

प्रोटिन के हो र यसले कसरी काम गर्छ ?

न्युरोट्रोफिन्सले स्नायुहरुको स्वास्थ्य मजबुत राख्ने काम गर्दछ र त्यसको विकासमा भूमिका खेल्दछ । यो पदार्थ च्याउको जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । त्यहीँ नै त्यो लगातार विकास भैरहेको हुन्छ जुन प्रक्रियामा मानिससँग मिल्दोजुल्दो हुन्छ । मानिसको शरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेलेको हुन्छ । यसको एउटा विशेष प्रकारलाई 'ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर' भनिन्छ जुन बोल्न, सम्झिन तथा निर्णय गर्नमा निकै आवश्यक हुन्छ । यसको कमि हुनेहरुको सहि ढंगले मष्तिस्कको विकास हुन पाउँदैन। अल्जाइमर र रेट सिन्ड्रोम जस्ता समस्या यस प्रोटिनको कमि भएका बिरामीमा देखिन्छ।

वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् । उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि मानिसले दैनिक कुराकानीमा करिब २० शब्दको प्रयोग गरेको हुन्छ ।

खानलायक च्याउका प्रजातिहरुमा रहेका प्रोटिनले लगातार न्युरोनको विकासमा भूमिका खेलिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् । उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि मानिसले दैनिक कुराकानीमा करिब २० शब्दको प्रयोग गरेको हुन्छ । च्याउमा विद्युतीय तरंगको माध्यमबाट ती शव्दहरु एकबाट अर्कोसम्म पुग्दछन् । त्यसकै सहयोगमा च्याउहरूले मौसमी खतराको बारेका कुराहरु एक अर्कासम्म पुर्‍याँछन् । एजेन्सी