• शनिबार, ८ बैशाख, २०८१
  • ११:०९:५६

तिम्रो साथ...

  • Netizen Nepal
  • शुक्रबार, १२ फाल्गुण, २०७९- १३:१८:००/ Friday 02-24-23

गीता राउत 
आमा तिम्रै कारण आज यो धर्तीमा छु म
बाबा तिम्रो पर्वरिशले सबसामु उभेको छु म 
साक्षात ईश्वरको देन हो, अटुट छ हाम्रो नाता 
बाँधेको डोर चुडिँन्न कहिल्यै शत्रुले चाहेमा । 

लाग्छ साथ तिम्रो पाए संसार जित्नेछु,
अनि जितेको संसारमा नाम तिम्रो लेख्नेछु
त्यसैले,नमान भार कहिल्यै मलाई कपुत मानेर
नछोड्नु साथ कहिल्यै मलाई कम्जोर ठानेर ।  

सपनाहरू आफ्नो पुरा गनेर्छु ,नमानी हार सधैं 
ठाडो शिर अनि ईमान पनि तिम्रो बेच्ने छैन कहिल्यैँ ।
उकालो चढ्दा नाम तिम्रो अघिनै राख्नेछु,
ओरालोमा केवल साथ सधैं तिम्रो नै माग्नेछु ।

तिम्रो भूत अनि मेरो वर्तमानलाई समेटि, 
तिम्रो विश्वास अनि मेरो हौसलालाई लपेटि,
भबिस्यमा सधै अगाडि बढ्ने चाहना बोकी 
तिम्रो सामु सधैं झुकेकै छु म ।

सक्दिनँ चुकाउन म कहिल्यै, ऋणी छु तिम्रो सधैं । 
सयौं जुनि साथ जिउने चाहना बोकेको छु अझै ।
स्वर्थी छु म हेर्दिन कहिल्यै दुनियाँले के सोच्ला भनेर
आमा तिम्रो माया चाहन्छु,बाबा केबल तिम्रो साथ ।
अघि बढ्न सधैं ।
खुशी रहन सधैं ।