उ तर्किन थाल्यो ...
- Netizen Nepal
- शुक्रबार, १९ फाल्गुण, २०७९- १३:२१:००/ Friday 03-03-23

गीता अधिकारी
उ पछ्याउन खोजिरहेथ्यो
म भाग्न खोजिरहें
म दगुरिरहें
उसले पछ्याईरह्यो
म थाकें
थकाई मार्न बस्दा
उसले भेट्टायो।।
साथ हिड्न
उसले बिन्ती बिसायाे
मैले
एक्लै हिड्न सक्ने
अडान कसिरहें
बसिरहें
उ पर्खिरह्यो
मैले पर्खाई रहें।।
म लाचार भएँ
उसलाई जित्न दिएँ
सँगै हिड्न स्वीकार गरें
उ खुसी भयो
म पनि खुसि भएँ
समय चलिरह्यो
हामी पनि चलिरह्यौं।।
बिस्तारै ...,
उ बदलिंदै गयो
म आत्तिदै गए
सोचे मेरो परिक्षा लिंदैछ
तर होइन,
कालान्तरमा
मेरो अनुमान र उसको नतिजा
बीचको
हिसाब गडबड भैसकेछ।।
त्यसपछि ...,
उ तर्किन थाल्यो
म फर्किन थालें
उ झर्किन थाल्यो
म थर्किन थालें ।।
उ भाग्न थाल्यो
म पछ्याउन थालें
उ भागिरह्यो
म हेरिरहे
आँखा थाकुन्जेल
मन थाकुन्जेल
उ बिलायो
म बिलौना गर्न थालें
उ आजाद भयो
म पिंजडामा कैद भएँ ।।