• शनिबार, १५ बैशाख, २०८१
  • १०:४७:०५

रेडियो नेपालको वार्षिकउत्सवको अवसरमा '५७ औँ आधुनिक गीत प्रतियोगिता'

  • Netizen Nepal
  • शुक्रबार, १७ चैत, २०७९- १६:४४:००/ Friday 03-31-23

नेटिजन संवाददाता 
काठमाडौँ, १७ चैत। रेडियो नेपालले ६३ औं वार्षिकउत्सवको पूर्वसन्ध्यामा 'राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिता २०५९' को आयोजना गरेको छ। चैत ५ गते भएको अडिसन चरणबाट छानिएका ३० जनाबीच बुधबार प्रत्यक्ष गायन प्रतिस्पर्धा थियो । ३० जनाबाट छानिएका व्यक्ति नै बिजेता बन्ने रेडियो नेपालले जनाएको छ। 

प्रतियोगिताको उद्घाटन सूचना तथा संचार प्रविधि मन्त्रालयका निमित्त सचिव नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो। गीतसंगीत मनोरंजन मात्र नभई चेतना अभिवृद्धि गर्ने माध्याम रहेको बताउँदै सुवेदीले यसको महत्वबारे प्रस्ट्याउनुभयो। त्यस्तै उहाँले रेडियो नेपालले सूचना तथा संचारका माध्याममा पुर्याएको योगदानका बारेमा प्रष्ट पार्दै देशव्यापी प्रसारणको पहल गर्ने समेत बताउनुभयो।

राष्ट्रिय आधुनिक गीत प्रतियोगिताका निर्णायकका रुपमा बरिष्ट संगीतकार बुलु मुकारुङ, अर्का वरिष्ट संगीतकार गुरुदेव कामद, वरिष्ट गायिका सुनिता सुब्बा र लेखक तथा साहित्यकार गीता ज्ञवाली हुनुहुन्छ। प्रतियोगिताको अन्तिम नतिजा चैत २० गते सार्वजनिक गरिने बताइएको छ। 

वि सं २०२२ सालदेखि रेडियो नेपालले वार्षिक रुपमा निरन्तर आधुनिक गीत प्रतियोगिता संचालन गर्दै आइरहेको छ। २०७९ मा आयोजना भएको यो प्रतियोगिता ५७ औँ कार्यक्रम हो। प्रतियोगितामा ५ प्रदेशबाट छनोट भएर आएका ३० जना प्रतिस्पर्धी सहभागी छन। प्रतियोगिताको नियमअनुसार प्रतिस्पर्धीले आफ्नै शब्दसंगीतको गीत गाउनुपर्ने प्रावधान रहेको छ।