• शनिबार, ८ बैशाख, २०८१
  • १२:२८:०३

सिक्किममा हिमपहिरो: ३ नेपालीसहित ७ जनाको मृत्यु 

  • Netizen Nepal
  • बुधबार, २२ चैत, २०७९- ११:३४:००/ Wednesday 04-05-23

नेटिजन संवाददाता 
काठमाडौँ, २२ चैत  । सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिराेमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् । 

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।