• आइतबार, १६ बैशाख, २०८१
  • ०१:४७:४५

 के पप प्रति नेपाली युवाको आकर्षण तिब्र रुपमा बढ्दै

  • Netizen Nepal
  • आइतबार, ३१ असार, २०८०- १२:४३:००/ Sunday 07-16-23

नेटिजन सम्बाददाता 

काठमाण्डौ, ३१ असार।  विश्वभरि लोकप्रिय हुदै गएको कोरियाली संगीत  के पपको आगामी अक्टोबरमा कोरियाको चाङ्वोनमा आयोजना हुने  विश्व  महोत्सवका लागि   क्षेत्रीय प्रारम्भिकको अन्तिम राउण्ड अन्तर्गत नेपालमा  छनौट कार्यक्रम सम्पन्न भएको छ । यहि असार ३० गते काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा  मिनिमारे, एचटुबी र मेन्मा क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । उनिहरु कोरियाको प्रारम्भिक छनौट प्रक्रियामा भाग लिन पाउँनेछन् । काठमाण्डौको  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको उक्त छनौट प्रक्रियामा गायन र नृत्य तर्फका विभिन्न समूह सहभागि थिए । के पप विश्व महोत्सवले विदेशीहरूको सक्रिय सहभागितामा हाल्यु  सामग्री प्रयोग गरेर कोरियाको बुझाइ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यस उद्देश्यका लागि, विश्वभरका प्रत्येक कोरियाली दूतावासहरूले के पप  विश्व महोत्सवको क्षेत्रीय प्रारम्भिक राउन्ड आयोजना गरेका छन् । 

यस अन्तर्गत   नेपालमा शीर्ष १० टोलीहरू जुलाई ३, २०२३ मा घोषणा गरिएकोमा तिनीहरूमध्ये शीर्ष ३ विजेताहरू यस प्रतियोगिताबाट कोरिया प्रारम्भिक राउन्डका लागि छानिएका हुन् । जसमा २ उत्कृष्ट नृत्य प्रस्तुति र १ उत्कृष्ट भोकल बाट छनौट गरिएको छ ।  प्रतियोगिताको लागि दर्ता भएका ४० भन्दा बढी टोलीहरूले जुन २६, २०२३ सम्ममा आफ्नो रोजाइको एउटा के पप गीतमा सहभागिताका लागि  भिडियोहरू पठाएका थिए। सोही भिडियोको मूल्यांकन गरी भौतिक उपस्थिति सहितको छनौट कार्य अघि बढाइएको हो ।  

केपप वर्ल्ड फेस्टिभल एक वार्षिक कार्यक्रम हो जुन पहिलो पटक  २०११ मा दक्षिण कोरियाको चाङ्वोन शहरमा आयोजना गरिएको थियो।  गणतन्त्र कोरियाको राजदूतावासले २०१६, २०१८, २०१९, २०२१ र २०२२ मा काठमाडौंमा पनि के९पप विश्व महोत्सव आयोजना गरेको थियो । २०१६ मा मङ्गोलियन नाम्जाले कोरियामा भएको केपप विश्व महोत्सवको अन्तिम चरणमा नेपालको प्रतिनिधित्व गरेका थिए।

असार ३० गते आयोजना गरिएको नेपाली कलाकार छनौट प्रतियोगितामा हजारौ युवाहरुको सहभागिता थियो । कार्यक्रमको अवधिभर प्रज्ञा प्रतिष्ठान कमलादीको हल खचाखच भरिएको थियो भने दर्शकहरुले फेरी पनि परफर्म गर्नु पर्यो भन्दै  हुटिंग समेत  गरेका थिए । नेपाली युवाहरुमा कोरियन पपप्रति देखिएको  आकर्षणलाई महत्व दिदै दक्षिण कोरियाले नेपाली कलाकारहरुलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउँने अवसर प्रदान गर्दै आएको छ । नेपाल र दक्षिण कोरियावीच पछिल्लो समयमा जनस्तरको सम्पर्क बढ्दै जाँदा यस किसिमका सांस्कृतिक कार्यक्रहरुले समेत महत्व पाएको छन् । यस्ता कार्यक्रमले दुई देशवीचको सम्बन्धलाई अझ मजबुत बनाउँन सहयोग पुग्ने नेपालका लागि गाणतन्त्र कोरियाली राजदुतावासले जनाएको छ।