• शनिबार, १५ बैशाख, २०८१
  • ०५:१०:१३

कलाको अनुसन्धान तथा वर्णन–लेखन सम्बन्धि तालिम सम्पन्न 

  • Netizen Nepal
  • बुधबार, २० भदौ, २०८०- १४:३६:००/ Wednesday 09-06-23

 

नेटिजन संवाददाता 

काठमाडौँ, २० भदौ । कलाको अनुसन्धान तथा वर्णन–लेखन सम्बन्धि तालिमको आवश्यकता नेपालमा बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

 सम्पदा “दि हेरिटेज”  संस्था  र अक्षेश्वर परम्परागत बुद्धिष्ट आर्ट कलेजको संयुक्त रुपमा गत भाद्र ११ र  १२ गते  अक्षेश्वर महाविहार, पुल्चोकमा आयोजना गरिएको कलाको अनुसन्धान तथा वर्णन–लेखन सम्बन्धि तालिममा उक्त कुरा बताइएको हो ।

 यस कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय अभिलेखालयका महानिर्देशक डा. सुरेश सूरस  श्रेष्ठले आफ्नो नेपालको सम्पदालाई प्राचीन कालदेखि वर्तमान समयसम्म स्थानिय क्षेत्रबाट नै संरक्षण तथा  संबरद्धन  गर्दै आइरहेको बताउनुभयो ।   

सरकारको उचित नीति तथा नियम स्पष्ट रुपमा उल्लेख नभएको कारण कतिपय हाम्रो सम्पदा नष्ट हुँदै गइरहको प्रति सबैको चासो बढेको बताउदै उहाँले  राष्ट्रिय अभिलेखालयमा  थन्किएर रहेका कतिपय महत्वपूर्ण दस्तावेजहरुको वैज्ञानिक अनुसन्धान गर्नपर्ने कुरा  उल्लेख गर्नुभयो ।

कार्यक्रमका अतिथि प्रा.डा. शंकर थापाले नेपालको सम्पदाको विकास, संरक्षण र प्रबद्धनमा नेवाःबौद्धहरुको योगदानलाई कम आंकलन गर्नु नहुने कुरा व्यक्त गर्नुभयोे । यस बारेमा थप प्रकाश पार्दै उहाँले भन्नुभयो “ यहाँका बौद्ध विद्वानहरुले अनेक पुराण, महात्म्य, ग्रन्थहरु, स्तोत्र, धारणी, तथा चर्या गीतकरुको रचना गरि तथा मन्दिर र विहारहरुको निर्माण गरि उत्कृष्ट मूर्त तथा अमूर्त वास्तुकला, कलाकारिता, शिल्प, ईन्जिनियरिङ्ग कार्यलाई विश्वसामु प्रस्तुत गरि नेपालको गौरब बढाएका छन्को ।” 

यस्तैे अक्षेश्वर परम्परागत बुद्धिष्ट आर्ट कलेजका प्रिन्सिपल डा. नरेश शाक्यले नेवाःबौद्ध कलाकारहरु तथा नेपालका हस्तलिखित ग्रन्थहरुबाट नै विश्वमा बुद्धधर्म प्रचार प्रसार हुनगएका कुरा बताउनुभयो ।

सम्पदा “दि हेरिटेज”का अध्यक्ष शोभानानी शाक्यले  कला अनुसन्धान र यसको वर्णनको महत्व बढ्दै गएकोले यस किसिमको तालिमलाई संस्थाले आगामी दिनमा अझ ब्यापक बनाउने बताउनुभयो।   

तालिमका प्रशिक्षक  उर्सुला मानन्धरले पौभाका देवताहरुको पहिचान, आसन, मुद्रा, आभूषण, तथा त्यसको दार्शनिक महत्वका साथै आफ्नो कलाको वर्णन लेखन तथा आधिकारिक प्रमाणिकरण कसरि गर्ने भन्नेबारे सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा १९ जनाको सहभागिता थियो।