पाठेघरको मुखको क्यान्सर खोप अभियान किन महत्त्वपूर्ण ?
- Netizen Nepal
- सोमबार, २५ भदौ, २०८०- १०:२२:००/ Monday 09-11-23

नेटिजन संवाददाता
काठमाडौं,२५ भदौ । चौध देखि १५ वर्ष उमेरका किशोरीहरूलाई सातै प्रदेशका एक-एक अस्पतालबाट भदौ २७ गते देखि एचपीभी खोप दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपीभी नामक भाइरसविरुद्ध उक्त खोप दिन लागिएको हो।
नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा छ भने महिला र पुरुष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा छ। पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) का कारण हुने बताइन्छ। तर यसलाई खोपले रोकथाम गर्न सकिने क्यान्सर मानिन्छ।
“हाम्रो जनसङ्ख्याको पछिल्लो विवरणअनुसार हामीलाई १६-१७ लाख खोप आवश्यक पर्छ। सुरुका वर्षमा धेरै चाहिए पनि पछि नियमित अभियानमा बर्सेनि साढे तीनदेखि साढे चार लाख खोप चाहिने हुन्छ। तर यो अलि महँगो र थोरै मात्र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भएकाले हामीलाई चुनौती छ,” डा लालले बताए।
“त्यसैले रोगको भारका कारण यसलाई राष्ट्रिय खोप कार्यक्रममै राख्ने योजनामा हामी छौँ। तर अहिले खोपको उपलब्धता सीमित भएको हुनाले प्रारम्भिक चरणमा थोरै सङ्ख्यामा लगाउन लागेका हौँ,” खोप अभियानको सञ्चालक निकाय परिवार स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर विवेक कुमार लालले भने।
कति खोप उपलब्ध छ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अनुमति दिएको तथा चीनमा उत्पादित केकोलिन नामक खोपको २०,००० मात्रा अहिले नेपाल सरकारले लगाइदिन लागेको डाक्टर लालले जानकारी दिए।
“यो खोप दुई मात्रा दिनुपर्छ अनि केही खेर जाला भनेर घटाउँदा यसपालि हामीले यो झन्डै ९,५०० किशोरीहरूलाई मात्र दिन सक्छौँ,” उनले भने।
तर डब्ल्यूएचओले सन् २०३० सम्म न्यून आय भएका मुलुकहरूमा एचपीभी खोपको पहुँच ९० प्रतिशत पुर्याउने भनिरहेको सन्दर्भमा नेपाल सरकारले आगामी वर्षबाट गाभीजस्ता खोपका विश्वसंस्थाहरूको सहयोगमा पर्याप्त सङ्ख्याको व्यवस्था गरेर नियमित अभियान चलाउन चाहेको उनले बताए।
खासगरी १०-१५ वर्ष उमेरका किशोरीहरूलाई विद्यालयकेन्द्रित खोप अभियान चलाउन चाहेको उनले बताए।
“हाम्रो जनसङ्ख्याको पछिल्लो विवरणअनुसार हामीलाई १६-१७ लाख खोप आवश्यक पर्छ। सुरुका वर्षमा धेरै चाहिए पनि पछि नियमित अभियानमा बर्सेनि साढे तीनदेखि साढे चार लाख खोप चाहिने हुन्छ। तर यो अलि महँगो र थोरै मात्र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भएकाले हामीलाई चुनौती छ,” डा लालले बताए।
नेपालमा क्यान्सरका बिरामी कति?
क्यान्सर रोगको निदान र उपचारमा हुने खर्च, यसको मृत्युदर र त्यसले दिने कष्टका कारण घरपरिवार र देशकै लागि ठूलो भारको विषय हो।
क्यान्सरसम्बन्धी तथ्यका लागि सबभन्दा विश्वसनीय मानिने ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण ग्लोबोक्यान २०२० ले नेपालमा उक्त वर्ष क्यान्सरका २०,५०८ नयाँ बिरामी भेटिएको जनाएको छ। तीमध्ये सबभन्दा धेरै फोक्सोको क्यान्सर २,५०५ जनामा अनि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर २,२४४ जनामा भेटिएको जनाइएको छ।
तीमध्ये पाठेघरको मुखमा हुने क्यान्सर गराउने लगभग सबै भाइरस तथा मलद्वारको क्यान्सर गराउने अधिकांश अनि जननेन्द्रिय तथा टाउको र घाँटीको क्यान्सर गराउने केही भाइरस पर्छन्। अध्ययनहरूले खोपले एचपीभी सङ्क्रमणबाट कम्तीमा १० वर्ष जोगाउने देखाएका छन्। यद्यपि विज्ञहरू खोपले अझ लामो समय सुरक्षा दिने ठान्छन्।
पाँच वर्षदेखिको सङ्ख्या हेर्दा चाहिँ सन् २०२० मा नेपालमा क्यान्सर पीडितको सङ्ख्या ३६,९०६ रहेको र सो वर्ष क्यान्सरबाट १३,६२९ जनाले ज्यान गुमाएको ग्लोबोक्यान २०२० प्रतिवेदनमा उल्लेख छ।
“पाठेघरको मुखको क्यान्सरलाई खोपले धेरै हदसम्म रोक्न सकिन्छ। त्यसैले सरकारले यो खोप अभियान थाल्नु स्वागतयोग्य कुरा हो। यो खोप प्रभावकारी भएकै कारण धेरै देशले एचपीभी खोपलाई राष्ट्रिय कार्यकममा राखिसके,” नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रका कार्यकारी अध्यक्ष एवं मेडिकल क्यान्सर विज्ञ डा सुदीप श्रेष्ठले बताए।
“तर खोपका साथसाथै नियमित चेकजाँचको विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। समयमै पत्ता लगाउन सकिए यो क्यान्सर ८०-९० प्रतिशत निको हुन्छ,” उनले भने। 'प्याप स्मिअर' भनिने परीक्षण तथा भाइरसको परीक्षणजस्ता माध्यमबाट यो रोग पत्ता लाग्छ।
एचपीभी खोपले कसरी क्यान्सरबाट जोगाउँछ?
एचपीभी खोपले कैयौँ प्रकारका एचपीभी भाइरसबाट जोगाउँछ।
तीमध्ये पाठेघरको मुखमा हुने क्यान्सर गराउने लगभग सबै भाइरस तथा मलद्वारको क्यान्सर गराउने अधिकांश अनि जननेन्द्रिय तथा टाउको र घाँटीको क्यान्सर गराउने केही भाइरस पर्छन्। अध्ययनहरूले खोपले एचपीभी सङ्क्रमणबाट कम्तीमा १० वर्ष जोगाउने देखाएका छन्। यद्यपि विज्ञहरू खोपले अझ लामो समय सुरक्षा दिने ठान्छन्।
एउटा महत्त्वपूर्ण अध्ययनले एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरलाई ९०% सम्म घटाइदिन प्रभावकारी भएको उल्लेख गरेको छ। सन् २००८ मा इङ्ग्ल्यान्डमा किशोरीहरूमा यो खोप लगाउन थालिएपछि के भयो भनेर गरिएको उक्त अध्ययन 'द लान्सिट' जर्नलमा प्रकाशित भएको थियो।
कसलाई दिन मिल्छ एचपीभी खोप?
एचपीभी भाइरससँग संसर्गमा आउनुभन्दा अगावै किशोरकिशोरीलाई दिँदा यो खोप सबभन्दा प्रभावकारी हुने मानिन्छ।
किनभने खोपले सङ्क्रमण हुनबाट मात्र जोगाउने हो। यदि उक्त भाइरस कसैको शरीरमा पहिलेदेखि नै छ भने यसले त्यसलाई शरीरबाट हटाइदिन सक्दैन।त्यसैले यो खोप यौनिक क्रियाकलापमा संलग्न हुनुअगावै किशोरकिशोरीहरूलाई दिनु उपयुक्त हुन्छ।
यो भाइरसका पनि १०० भन्दा बढी प्रकार छन्। सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन – कुनै कुनैले भने शरीरमा 'मुसा' उत्पन्न गराउँछ।त्यस्तो मुसा हात, खुट्टा, जननेन्द्रिय वा मुखको भित्री भागमा देखा पर्न सक्छन्।
पुरुषहरूको शरीरमा पनि यो भाइरस हुने भए पनि अधिकांशमा यसको कुनै लक्षण देखिँदैन। कसैकसैलाई चाहिँ मुसा आउने वा कुनै किसिमको क्यान्सर हुनसक्छ।
के हो एचपीभी?
ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) सानो र सामान्य डीएनए भाइरस हो। यसमा बाहिरी 'खोल' हुँदैन। यसले प्रायः छाला र म्यूकोसल कोशिका अर्थात् शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ।
यो भाइरसका पनि १०० भन्दा बढी प्रकार छन्। सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन – कुनै कुनैले भने शरीरमा 'मुसा' उत्पन्न गराउँछ।त्यस्तो मुसा हात, खुट्टा, जननेन्द्रिय वा मुखको भित्री भागमा देखा पर्न सक्छन्।
अधिकांश मानिसहरूले भने यसको सङ्क्रमण भएको चाल पाउँदैनन् र उनीहरूको शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ। तर उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ जसले क्यान्सर समेत हुन सक्छ।
कसलाई एचपीभी सङ्क्रमण हुन्छ र के यो यौन सम्पर्कबाट सर्छ?
यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ। यो निकट सम्पर्कमा पुग्दा छालाबाट छालामा सरिहाल्छ। पच्चीस वर्षको उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसहरू यसको संसर्गमा पुगिसक्छन्।
धेरैजसो मामिलामा मानिसहरू १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन्। अन्य यौन रोगजस्तो यो खासमा यौन सम्पर्कबाट सर्ने रोग त होइन तर पनि यौन सम्पर्कको बेला हुने निकट स्पर्शजस्ता कारणले यो सर्छ।
एक सयभन्दा धेरै देशहरूले यसको खोप अभियान थालिसकेका छन्। तर सन् २०२० सम्ममा न्यून आय भएका मुलुकहरूमध्ये २५ प्रतिशतले मात्र यो खोप लगाउन थालेका छन् जबकि उच्च आय भएका मुलुकहरूमध्ये ८५ प्रतिशतले यो थालिसकेका छन्।
एचपीभी खोप अरू देशमा पनि दिइन्छ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट हुने ९० प्रतिशतजति मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकहरूमा हुन्छ।
यी देशहरूमा लक्षणहरू प्रकट भइसक्दा वा क्यान्सर धेरै फैलिसकेपछि मात्र बिरामीहरूमा पाठेघरको मुखको क्यान्सर भएको पहिचान हुने गर्छ। गत वर्ष डब्ल्यूएचओले यो शताब्दीभित्र यो रोग उन्मूलन गर्ने उद्देश्यका साथ सन् २०३० भित्र एचपीभी खोपको पहुँच ९० प्रतिशत बनाउने योजना ल्यायो।
एक सयभन्दा धेरै देशहरूले यसको खोप अभियान थालिसकेका छन्। तर सन् २०२० सम्ममा न्यून आय भएका मुलुकहरूमध्ये २५ प्रतिशतले मात्र यो खोप लगाउन थालेका छन् जबकि उच्च आय भएका मुलुकहरूमध्ये ८५ प्रतिशतले यो थालिसकेका छन्।
एचपीभी खोप लगाइसकेपछि पनि महिलाहरूले परीक्षण गर्नुपर्छ?
पर्छ। यो खोपले पाठेघरको मुखको क्यान्सरलाई निकै हदसम्म रोके पनि यसले सबै प्रकारका एचपीभीबाट जोगाउँदैन।त्यसैले २५ वर्षको उमेर भइसकेका महिलाहरूले यसको नियमित परीक्षण गराउनु जरुरी हुन्छ।बीबीसी।