• शनिबार, १५ बैशाख, २०८१
  • ०४:२५:०७

‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा

काठमाडौं ।  लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले आयोजना गर्न लागेको ‘यम बराल हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।  

शनिवार प्रज्ञा भवन कमलादी काठमाडौं हुने कन्सर्टको तयारी पूरा भएको क्लबकी अध्यक्ष कल्पना बस्नेतले जानकारी दिनुभयो। उहाँले  भन्नुभयो , ‘हामी दशैं अगाडिदेखि नै यसको तयारीमा लागेका थियौं, अब हामी कन्सर्टको तयारी अवस्थामा छौं, अब हामी संगीतप्रेमी र हाम्रा शुभेच्छुकलाई स्वागतको प्रतिज्ञामा छौं,सबैलाई उपस्थितिका लागि आमन्त्रण पनि गर्छौं ।’  

‘क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएका छौं,’ उहाँले  भन्नुभयो, ‘साथै केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने होम्रो योजना छ ।’

 

गायक यम बराल र उहाँको टिमको उपस्थिति रहने कन्सर्ट ‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट गर्न लागिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अत्यधिक चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका–५ पिडामा रहेको श्री डोल भञ्ज्याङ मा.बिको सहयोगार्थ कन्सर्ट गर्न लागिएको उहाँले बताउनुभयो। 

‘क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएका छौं,’ उहाँले  भन्नुभयो, ‘साथै केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने होम्रो योजना छ ।’

गायक यम बरालले लायन्ससँगको सहकार्यका प्रस्तुति दिन पाउनु महत्वपूर्ण अवसरको रुपमा लिएको बताउनुभयो। सामाजिक उद्देश्य सहित गर्न लागिएको पुण्य काममा आफू जोडिन पाउँदा भाग्यमानी सम्झिएको बताउनुभयो।

उहाँले आफ्नो समूहले कन्सर्टलाई चुनौतिको रुपमा लिएको र तयारीका साथ मनोरञ्जन दिन तयार रहेको बताउनुभयो । उहाँले कन्सर्ट अद्भुत रहने बताउनुभयो। उहाँले  भन्नुभयो , ‘हाम्रो तयारी भरपुर छ, संगीतप्रेमीको उपस्थितिले अझै उत्साह थप्ने छ, हामी स्वागत र सहकार्यका लागि आतुर छौं ।’