• आइतबार, १६ बैशाख, २०८१
  • ०८:५५:२८

मानव बेचबिखन विरुद्धको जनचेतना सम्बन्धी  नाटक प्रदर्शन

काठमाडौं । सूचना प्रविधिको बढ्दो विकाससगँै मानव बेचबिखनकर्ताले पछिल्लो समयमा सामाजिक संजालको दुरुप्रयोग गरि विपन्न र वञ्चितीकरणमा परेका बालिका, बालक, महिला तथा पुरुषलाई विभिन्न प्रलोभन देखाइ जबरजस्ती अनलाइन माध्यमका गैर कानुनी कार्यमा लगाई श्रम शोषण गर्ने, अंग झिक्ने र विव्रmी गर्ने तथा यौन व्यवसायमा लगाउने उद्देश्यले मानव बेचबिखन गर्ने कार्य बढ्दै गइरहेको छ । यसै सन्दर्भमा संकटाभिमुख व्यक्ति, कर्तव्यबाहक, जनप्रतिनिधि, संचारकर्मी तथा मानव बेचबिखन विरुद्ध कार्यरत व्यक्तिहरुको सचेतना वृद्धी गरि मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न यो चेतनामूलक कार्यक्रम  आयोजना गरिएको  छ।   शान्ति फाउण्डेशनले  आयोजना गरेको यो कार्यक्रम  काठमाडौं महानगरपालिकाको साझेदारीमा क्षमता विकास तालिम तथा मानव बेचबिखन विरुद्धका स्थानिय समितिहरुको सशक्तिकरण  अन्तर्गत  आयोजना गरिएको हो । 

यस कार्यव्रmममा, संघीय सांसदहरु, मानव अधिकार आयोग, मानव बेचबिखन अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर, काठमाडौं, महानगरपालिका भित्र रहेका १४ वटा प्रहरी वृत्त, काठमाडौं महानगरपालिका र विभिन्न नगरपालिकाका प्रतिनिधि, महिला सञ्जाल, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र रोकथाममा सव्रिmय अन्तरराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरु, संचारकर्मीहरु र विभिन्न कलेजका विधार्थीहरु लगायत १ सय  भन्दा बढी प्रतिनिधिहरुको सहभागिता थियोे ।

संघीय सांसद प्रतिक्षा तिवारीले नेपालमा मानव बेचबिखन नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम  अति आवश्यक भएको बताउँदै शान्ति फाउण्डेशनले आज स्थानीय तथा संघीय सरकारलाई एकै मन्चमा आमान्त्रीत गरेर आयोजना गर्नु उपयोगी भएको  बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमलाई  निरन्तरता दिन आग्रह  गर्दै यस मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी संघीय सदनमा पनि छलफल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

आन्तरिक र वाह्य रुपमा बढ्दोे मानव बेचबिखन नियन्त्रणमा योगदान पु¥याउन यस शान्ति फाउण्डेशन तथा काठमाडौं महानगरपालिकाले मंगलवार एक जनचेतनामूलक नाटक प्रदर्शन आयोजाना ग¥यो । नेपालमा राष्ट्रिय मानव अधिकार आयोगको बार्षिक प्रतिवेदन २०७९ अनुसार नेपालमा गत बर्ष ४० हजार ३ सय मानव बेचबिखनमा परेको उल्लेख छ जसमध्ये ५६.८ प्रतिशत महिला छन् । यथार्थमा भने मानव बेचबिखनमा पर्नेहरुको संख्या यो भन्दा ठुलो रहेको उल्लेख छ ।

शान्ति फाउण्डेशन मानव बेचबिखन प्रभावित तथा एच.आई.भी संक्रमित महिलाद्वारा स्थापित तथा सञ्चालित गैरनाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै दातृ निकाय र स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग र समन्वयमा मानव बेचबिखन तथा एच.आई.भी रोकथाम, संक्रमित तथा प्रभावित महिला र बालबालिकाको संरक्षण, उद्धार र साझेदारी सिद्धान्तलाई अवलम्बन गर्दै कानूनी उपचार र स्थानीय, प्रदेश तथा राष्ट्रिय स्तरको नीति तथा कार्यक्रम तर्जुमा सहयोग पु¥याउदै प्रभावितहरुको पहिचान तथा जीवनस्तर उत्थान र सशक्तीकरण गर्नाका साथै विभिन्न जनचेतनाममूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दैआएको छ ।