• शनिबार, ८ असार, २०८१
  • ०४:३५:३९

लोकतन्त्रमा लुटको छुट !

लोकतंत्रको भोर अर्थात् लोकतंत्रको उदय अथवा शुरूवात एथेन्समा पाचौं शताब्दिताका भएको अनुमान गरिएको छ । यहि लोकतंत्रको नमुनाले पश्चिमी सभ्यतालाई विस्तार गर्न सहयोग पुर्याएको हो भन्ने ठहर छ । यहि पश्चिमी सभ्यतालाई  थेग्न १८ औं शताब्दिमा ग्रिकहरूले एथेन्सले प्रारंभ गरेको लोकतंत्रलाई ग्रिकहरूले राज्य शक्ती र समाजलाई एकाकार गर्ने र राज्य शक्तीलाई समावेशि बनाउन आधुनिक लोकतंत्रको भोर भएको हो भन्ने बौद्घिक बुझाई रहेको छ।  

नेपालमा २०औं शताब्दिको मध्यतिर अर्थात् राणा शासनको अंत पश्चात् विक्रम संवत २००७ साल पछि लोकतंत्रको भोर भएको हो । नेपालमा लोकतंत्रको भोर २००७ सालमा भएता पनि सामन्ती संस्कार र संरचना यावत यथावतनै रह्यो । यसको मुल कारण राज्य शक्तिमा जनताको पहुच हुन सकेको थिएन । हुनत २०१५ सालको आम निर्वाचन पश्चात् नेपाली कांग्रेशको नेत्रित्वमा बनेको सरकारले लोकतंत्रको अनुभुति जनतालाई दिने प्रयास गर्दै गर्दा शाहि राज्यशक्तीले जनताको लोकतंत्रको अधिकारमा २०१७ मा खुडा प्रहार गरि कलिलो लोकतंत्रको हत्या गर्यो । यस पश्चात् मुलुक उदार र जनसहभागी लोकतंत्रको खडेरी २०४७ सम्मै रह्यो । २०४७ साल पछि सामन्ती संरचनाको जोडबल र दबदवामा झंडै बिस वर्ष नै वित्यो । विक्रम संवत २०७२ सालको संघिय गणतान्त्रिक संविधान लागु भएपछि मुलुकमा आर्थिक, सामाजिक र राजनितीक अपेक्षा आम नेपालीमा बढेर आएकै हो । तर समय र काल खन्डले जनताको जिवनस्तरमा उल्लेखिय परिवर्तन आएको महसुस हुन सकेको छैन ।लोकतंत्र लुटतन्त्रमा परिणत हुन थालेको हो कि भन्ने चिन्ता समग्र रूपमा नेपाली मांझ चियो र चासो हुने गरेको छ ।

विश्वको उपल्लोतहमा रहेको अमेरीकी लोकतंत्रलाई अमेरीकीहरूले ‘लोकतंत्रको मसिहा’ हुं भन्ने गरेका छन् । त्यस देशमा त अमेरीकी तत्कालिन राष्ट्रपति महामहिम डोनाल्ड ट्रम्पले एउटी कल गर्ललाई सन् २०२०को चुनावको वेला आफ्ना वारे जन समक्ष र मिडियालाई चु सम्म नगर्न  सुश्री स्टोर्मि डेनियललाई न्गक mयलभथ ९ गोप्यरूपमा गरिएको कामको बारे चुसम्म नबोल्न दिएको रकमर कलम० को मुद्दा अमेरीकाको न्युर्क अदालतमा डोनाल्ड ट्रम्पलाई सजाय दिने कि न दिने बारे १२ जना न्याधिसको ज्युरीले अदालतमा सुनावाई गरि रहेका छन् । यस अर्थमा कुनै पनि व्यक्ति कुनै पनि ओहदामा बसेको किन नहोस कानुनको दायरामा आउंछ र सजाय भोग्नै पर्छ भन्ने विश्व मान्यताको एउटा उदाहरण पनि हो अमेरीकी पुर्व राष्ट्रपतिको मुद्दा । 

हालै भारतमा पनि एस बि आईको चुनावी बांडले भारतिय राजनितीक बृतमा तहल्का मचाएको छ । एस बि आई  को चुनावी बॅाढी झंडै एक  खरब बिस अरब रूपैँया भन्दा बढिको छ । यो बांड एक प्रकारले नेताहरूलाई घुसनै दिने यंन्त्रको रूपमा बुझिएको छ । यस अर्थमा लोकतंत्र भनेको ‘लुटतंत्र’ हो भन्ने भाष्य पनि हुन थालेको देखिन्छ । ट्रन्सपरेन्सी ईन्टरनेशनलको सन् २०२३ को प्रतिवेदन जुन विश्व मानचित्रमा विश्वका १८० देशहरूमा राज्यतह बाट हुनेगरेको भ्रष्टाचारको सुचक  नियमितरूपमा प्रकाशन गर्दै नेपाल ११० औं स्थानमा पर्न गएको छ। नोर्डिक देशहरू ( डेनमार्क, फिनल्यान्ड, स्वेडेन, नर्वे जस्ता देशहरू भ्रष्टाचार न्युन रहेको श्रेणिमा पर्दछन । यी देशहरू वैश्विक मानचित्रमा १ देखि १० को भित्र परि अतिनै कम भ्रष्चाचार हुने मुलुकमा दरिएका छन । 

हाम्रो छिमेकी भारत ८५औ स्थानमा हुदै गर्दा अर्को छिमेकी चीन ७६ औं स्थानमा  छ । नेपाल चाहि ११० औं स्थान ओगट्न पुग्नु नेपाल र नेपालीलाई लाजको भारिले थिचेको थिचै छ । सुन्दार , शान्त र शालिन नेपालीका लागी नेपालको लोककंत्रको भ्रष्टाचारको भारिले थिचेर राखेको छ । नेपालको भ्रष्टाचारको चिरफार हुन जरूरी छ भन्ने आम नेपालीको बुझाई छ। 
संयुक्त राष्ट्रीय संस्थाले वर्षेनी झंडै ३६०० ९ तीन हजार छसय० अरब डलरको विश्वका बिभिन्न देशहरूमा भ्रष्चाचार हुनेगरेको अनुमान गरिएको छ । यस मध्ये एक हजार अरब डलर ९ यलभ तचष्ििष्यल० टेबुल मुनि बाट सिधै नगद लेनदेन हुने गरेको छ भने २६०० ९ दुई हजार छसय ० डलर बिभिन्न कोष ( बैंक, सहकारी आदि जस्ता संघ संस्थाहरूबाट चोरि हुने गरेको तथ्य बाहिर आएको छ । विश्व भ्रष्टाचारको मान चित्रमा नेपालमा पनि यो रकमको कति अंश पर्छ  होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ । 

नेपालमा पनि वैश्विक मानचित्रमा देखिएकै रूपमा भ्रष्टाचार लोकतांत्रिक चरित्र बोकेका दल र यसका नेता तथा नेत्रीहरूमा देखिन गरेको छ । 

नेपालमा सहकारी संस्थामा पाका, एकल महिला पुरूष र सेवाबाट निवृत भएका कर्मचारी, बैदेशिक रोजगारीमा गएका नेपाली युवा युवतीका परिवारजनले बचत गरेका पैसा सहकारी संस्थाका टाठ बाठा संचालक र लगानी कर्ताले अपचलन गरि सहकारीका बचतकर्ताले दुखले आर्जित गरेको रकममा रजगज गर्नेको लर्कोनै लागेको देखिन्छ । सुन तस्करी देखि नेपालीलाई भुटानी शरणार्थी बनाएर पैसा कमाउँन लागि पर्ने उच्च पदस्थ नेताहरुले आमा मामनिसमा राजनीतिक विश्वास गुमाएका छन् भने उनिहरुको छवि नै भ्रष्ट र कलंकितको रुपमा चित्रित  छ । 

अत स् नेपालमा पनि विश्वमानचित्रमा देखिने गरेको भ्रष्टाचारको नै पुनरावृति हुनेगरेको देखिएको छ । नेपालका राजनितीक नेतागणहरू जब जब सत्तामा जान्छन सुशासन ल्याँछौं भनेर भ्यागुतो उफ्रे झै मंचहरूमा ब्रुक ब्रुक उफ्रेका दिनानु दिन समाचार पत्रमा र टिभि संचार माध्यमहरूमा नेपाली जनताले देखि रहेका छन् । नेपालका सरकारी एवं सार्वजनिक निकायहरूमा  निुक्तिमात्रै होईन आ आफ्ना दलबाट उम्मेदवारको टिकट दिन र चुनाव लडाउन रकमको लेनदेनको यत्र त्यत्र भुक्त भोगिहरूले सुनाउने गरेका छन् । यति मात्रै होर वैदेशिक दुतको अर्थात् राजदुत समेतको निउक्ती  गर्न्न राजनितीक नेताहरु र यिनका विचौलियाहरूले  टेन्डरनै आह्वान गर्ने गरेको समेत देखिन्छ ।  यो पंक्तीकारले पस्कन खोजेको महिमाले ९लबचचबतष्खभ० नेपालको लोकतंत्र हजारौं हजार नेपालीहरूको वलिदानबाट आएको लोकतंत्रलाई ‘लुटतंत्रमा’ परिणत गर्ने खेलमा जानेत होईन भन्ने चिंन्ताले आम नेपालीलाई सताई रहेको छ ।

अतस् नेपालको वर्तमान राजनितीक कोर्सको करेक्सन हुनु पर्छ । यो राजनितीक कोर्स करेक्सन वर्तमान संविधानको विकल्प खोज्ने किमार्थ प्रयास हुनु हुंदैन । फगत यो संविधानमा रहेका विमतिहरूलाई समुचित संवोधन गर्न नेपालका सबै दलहरू एक ठाउंमा आउनु पर्छ । संघिय संसद, प्रदेशिक सभाको निर्वाचन प्रणालीमा परिवर्तनको खांचो छ । संसदबाट सरकार बनाउने बिषयमा मंथनको आवश्यकता छ । नोर्डिक क्षेत्रका देशहरूको सरकार गठनको पदचाल समात्ने समय आएको छ । शुसासन र भ्रष्टाचारलाई डाडांपारी पुर्यांउन बौद्धिक मंथन गरौं छलफल गरौं राजनितिक निर्णय गरौ भन्ने आम मांग रहेको छ । नेपालको वामे सर्न लागेको लोकतंत्रलाई बचाउन, सबै दल, नेता र नागरिकले यी सवाहरुमा सोच्नु पर्ने बेला भइसकेको छ ।