पेट्रोलियम पदार्थ अन्वेषण : २ अर्ब ५० करोड अनुदान
-
नेटिजन संवाददाता
- शुक्रबार, १८ जेठ, २०८१- १२:३८:००/ Friday 05-31-24

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।
उत्खखनका क्रममा २ सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार ५ सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताउनुभयो ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी ४ महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु २ अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो । रासस।