• शुक्रबार, १ चैत, २०८१
  • ०५:२३:१९

सुनको भाउ हालसम्मकै उच्च

  काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रू ४ हजारले बढेर रू एक लाख ७४ हजार ५ सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू २ हजार ५० कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताउनुभयो । “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।