• शुक्रबार, १४ असार, २०८१
  • ०२:२९:३६

मेलम्ची खानेपानीलाई २ अर्ब अनुदान

 

काठमाडौँ । एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपियाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झण्डै १ हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २ अर्बभन्दा बढी नेपाली रुपिया अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताउनुभयो ।

२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो ।

सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले  ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसका लागि झण्डै साढे  ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।