• आइतबार, २३ भदौ, २०८१
  • ०५:३७:२२

कोपा अमेरिका २०२४ को फाइनलमा अर्जेन्टिना

काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।

पहिलो हाफको २३औं मिनेटमा जुलियन अल्भारेजले रोर्डिगो डे पाउलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफको ५१औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन् ।

लियोनल मेस्सीको कोपा अमेरिकामा यो पहिलो गोल हो । अब अर्जेन्टिनाले दोस्रो हुने सेमिफाइनल कोलम्बिया र उरुग्वेबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।