नेप्सेमा दोस्रो सर्किट: ४० मिनेटका लागि कारोबार बन्द
-
नेटिजन संवाददाता
- आइतबार, १३ श्रावण, २०८१- १२:१६:००/ Sunday 07-28-24

काठमाडौँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।
आईतबारको कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको १ मिनेटभित्रै परिसूचक १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।