मिडिया : पुरानो मान्यता र नयाँ अभ्यास
- ओम प्रकाश घिमिरे
- सोमबार, १४ श्रावण, २०८१- १२:२८:००/ Monday 07-29-24
काठमाडौं । अध्ययन अनुसन्धानलाई प्राथमिकतामा नराख्दा नेपालमा सञ्चार क्षेत्रले गरेको योगदान, यसको अवस्था र आगामी बाटो के हो भन्ने बारेको आधिकारिक मार्गचित्रको अभाव छ। यसले गर्दा नेपालको आमसञ्चार क्षेत्र अन्धकार र अन्योलमा अलमलिएको जस्तो देखिन्छ । जसले गर्दा मिडियाको विकास र मिडियामार्फत गर्न सकिने विकासको प्राथमिकतालाई औंल्याउन समेत सकिएको छैन ।
सन् २००७ मा सार्क राष्ट्रकै पहिलो नमूना गाउँ घोषणा भएको लमजुङ जिल्लाको घले गाउँ अहिले सबैको लागि ग्रामीण पर्यटन विकासको नमूना गाउँ हो । घले गाउँको अहिलेको ब्राण्ड निर्माण गर्ने नायक प्रेम घले पत्रकार तथा मिडियाप्रति सधै सकारात्मक अभिव्यक्ति दिने व्यक्ति हुन् । उनै घलेलाई मैले एउटा टेलिभिजन अन्तर्वार्तामा सोधेको थिएँ, “घले गाउँलाई आजको अवस्थामा ल्याउने कामको नेतृत्व त तपाईंले गर्नुभयो, तर तपाईंको नेतृत्वलाई सफल बनाउन सबैभन्दा ठूलो योगदान कसको रहेको छ ?” घलेले तुरुन्तै जवाफ दिएका थिए, पत्रकारको।
सञ्चारले विकासमा गर्ने योगदानलाई उत्पादनमूलक क्षेत्र, पर्यटन, कृषि वा निर्माण क्षेत्रले गरे जस्तो प्रत्यक्ष रूपमा हेर्न वा देख्न सकिंदैन । तर यी सबै क्षेत्रको प्रभावकारिता बढाउन दक्ष र सीपयुक्त सञ्चार भने अनिवार्य हुन्छ । त्यसैले सञ्चारलाई विकासको अन्तरसम्बन्धित विषयको रूपमा लिइन्छ । तर पछिल्लो समयमा फेरिएको सञ्चारको रूप, प्रविधि र तीव्रताले पार्ने प्रभावको विश्लेषण हिजोको रेडियो, टेलिभिजन र पत्रपत्रिकाको प्रभाव मापन शैलीबाट सम्भव छैन । यद्यपि अहिलेको सञ्चारले पनि सिद्धान्त, दर्शन र आधारभूत मान्यताका लागि भने पराने विश्वव्यापी दस्तावेजलाई त्याग्न सक्दैन ।
किनभने पत्रकारले यो खालको प्रचार प्रसार नगरेको भए आज घले गाउँ यो अवस्थामा आउने थिएन ।ू उनले यसमा अझै कुरा थप्दै भनेका थिए, यदि कसैले राम्रो काम गर्यो भने मिडियाले त्यो कामलाई अझ राम्रो बनाउन धेरै सहयोग गर्छ । यसको अनुभव मैले घले गाउँमा गरेको छु ।” मिडियाप्रति खासगरी राजनीतिक व्यक्ति र सरकारी कर्मचारी तथा कतिपय सर्वसाधारणले समेत अविश्वास, असक्षमताका आरोप लगाइरहेका बेला घले भने अहिले पनि मिडियाको महत्त्वलाई अग्र स्थानमा राख्छन् । र, उनको भनाइमा आमसञ्चार माध्यम बढी विश्वासिला हुने भएकाले यिनीहरूको कभरेजले प्रचार मात्र गर्दैन, प्रतिष्ठा पनि आर्जन गराउँछ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ६, चरुंगेफेदी निवासी भरत न्यौपाने गाउँका अगुवा किसान हुन्। उनी गाउँमा मात्र होइन, अन्य ठाउँमा पनि काउली घर नामले चिनिन्छन्। चस्गेफेदीको सुक्खा रातोमाटे डाँडामा करिव १५ किसिमका व्यावहारिक कृषि प्रविधिको प्रयोग गरेर काउली खेती गरेका उनले काउली बेचेरै पक्की घर बनाएका छन् भने आफ्नो घर खर्च चलाउनेदेखि छोराछोरी र नातिनातिनाको पढाइको काम पनि काउली खेतीबाटै टार्छन् । उनी रेडियोबाट प्रसारण हुने कृषि कार्यक्रमसँगै राजनीतिक समाचारको बारेमा पनि जानकारी लिन्छन्।
मिडियाका कारण आफू चर्चामा आएको बताउने उनी भन्छन, “मिडिया मेरा लागि यस्तो औजार हो, जसले राम्रो काम गर्नेलाई निःशुल्क रूपमा लाखौ लगानीवाट पनि प्राप्त गर्न नसकिने चर्चा र प्रचार गराइदिन्छ । यसको लाभान्वित व्यक्ति म पनि हुँ। मैले आज जेजति चर्चा र विश्वास आर्जन गरेको छु, यसको पहिले श्रेय मिडियालाई नै दिन्छु ।
नेपालको ग्रामीण क्षेत्रमा भएका सकारात्मक परिवर्तन र यो परिवर्तनलाई सञ्चारमाध्यमको योगदानसँग जोड्ने व्यक्तिहरूका प्रतिनिधि भनाइ हुन् घले र न्यौपाने। उनीहरूका अनुभवले सञ्चारमाध्यमहरू नेपालको ग्रामीण क्षेत्रमा विकासका लागि उल्लेख्य योगदान गर्ने तहसम्म विस्तार भएको दृष्टान्त दिन्छ । यदि मिडियाको योगदानलाई अन्य क्षेत्र, पेसा तथा समूहमा खोजी गर्ने हो भने फरक किसिमको प्रभाव देखिन सक्छ । तर यसको समग्र प्रभाव र योगदान कस्तो छ भन्ने बारेको राष्ट्रियस्तरको अध्ययन नभएका कारण समग्र योगदान र प्रभावको अवस्था चित्रण गर्ने आधार छैन ।
सञ्चारले विकासमा गर्ने योगदानलाई उत्पादनमूलक क्षेत्र, पर्यटन, कृषि वा निर्माण क्षेत्रले गरे जस्तो प्रत्यक्ष रूपमा हेर्न वा देख्न सकिंदैन । तर यी सबै क्षेत्रको प्रभावकारिता बढाउन दक्ष र सीपयुक्त सञ्चार भने अनिवार्य हुन्छ । त्यसैले सञ्चारलाई विकासको अन्तरसम्बन्धित विषयको रूपमा लिइन्छ । तर पछिल्लो समयमा फेरिएको सञ्चारको रूप, प्रविधि र तीव्रताले पार्ने प्रभावको विश्लेषण हिजोको रेडियो, टेलिभिजन र पत्रपत्रिकाको प्रभाव मापन शैलीबाट सम्भव छैन । यद्यपि अहिलेको सञ्चारले पनि सिद्धान्त, दर्शन र आधारभूत मान्यताका लागि भने पराने विश्वव्यापी दस्तावेजलाई त्याग्न सक्दैन ।
पुरानो मान्यता र नयाँ अभ्यास
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १८४८ को धारा १९, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १८६६ को धारा १९ समेतले सूचनाको हकको प्रत्याभूत गरेको छ । विश्वव्यापी रूपमा स्थापित सञ्चारका सिद्धान्त तथा घोषणाहरूलाई कार्यान्वयनमा सहजता ल्याउनका लागि युनेस्को लगायतका संस्थाबाट विभिन्न पहल पनि भएका थिए।
यनेस्कोले विकासका लागि सञ्चारसम्बन्धी वर्ल्ड कंग्रेसमा उठान भएको सन्दर्भ उल्लेख गर्दै सन् २००७ मा प्रकाशित दस्तावेजमा भनेको छ, संवादमा आधारित सामाजिक प्रक्रियाहरूमार्फत विभिन्न स्तरमा परिवर्तनको खोजी गर्दै आम मानिसमा विश्वास निर्माण, ज्ञान र सीपको साझेदारी गर्ने, नीति निर्माण गर्ने र दिगो तथा अर्थपूर्ण परिवर्तनका लागि बहस चलाउन आवश्यक छ। यसका लागि सञ्चार संलग्नता अनिवार्य शर्त हो
नेपालको संविधान २०७२ ले पनि सञ्चार र सूचनाको हकलाई स्पष्ट उल्लेख गरेको छ । त्यति मात्र होइन राज्यका नीति तथा निर्देशक सिद्धान्तमा नै आमसञ्चारलाई विकाससँग जोड्ने नीति उल्लेख छ ।
संयुक्त राष्ट्र संघ, विश्व बैंक, एसियाली विकास बैंक तथा अन्य विकास सहयोगी संस्थाहरूले समेत सञ्चारलाई अनिवार्य अवयवको रूपमा उल्लेख गरेका छन् । उनीहरूले पारदशी, प्रभावकारी र उच्च नतिजामुखी विकासका लागि हरेक कार्यक्रममा अनिवार्य सञ्चार संलग्नता आवश्यक भएको उल्लेख गरेका छन् । यस किसिमका अभ्यासहरू पनि विश्वभरि बढेर गएका छन् । विकाससँग सञ्चारलाई जोड्ने कार्यक्रमको आधार तयार गर्ने प्रयासहरू विश्वव्यापी साझा मञ्चबाट भएका छन् ।
झन् अहिले तीव्र गतिमा बदलिएको सञ्चार क्षेत्रको विश्लेषण र ठोस कार्यका लागि त अध्ययन अति नै जरुरी छ। तर यो अध्ययन गर्ने कसले ? यही अध्ययन नभएका कारण हाम्रो सञ्चार क्षेत्रको योगदान, यसको प्रभावको अभिलेख र सिकाइ तथा सुधारका आधारहरुको बारेमा एक दुईवटा घटनाहरु उल्लेख गर्ने बाहेक समग्र आवस्थाको चित्रण गर्ने आधार पाईदैनन्।
सन् १८८६ मा भएको संयुक्त राष्ट्र संघको छैटौ गोलमेच छलफलले विकासका लागि सञ्चारको आवश्यकतालाई महत्त्वका साथ उल्लेख गरेको छ। यद्यपि यसभन्दा अगाडिका मञ्चमा विकास र सञ्चारको बारेमा बहसहरू भएका थिए। मानव विकासलाई समग्र विकासको सूचकको रूपमा विकास गर्ने आधार तयार पारेका भारतका प्रसिद्ध अध्ययनकर्ता अमार्त्य सेनले पनि मानिसहरूको राजनीतिक, आर्थिक र सामाजिक अधिकार तथा स्वतन्त्रता प्राप्तिका लागि सञ्चारलाई अत्यन्त महत्त्वपूर्ण अंश र अंगको रूपमा चित्रण गरेका छन् ।
उल्लेखित सैद्धान्तिक आधारहरू पुराना सञ्चार माध्यमबाट गरिएका सञ्चार अभ्यासबाट प्राप्त अनुभवका आधारमा तय गरिएका हुन् । तर ती माध्यम र अभ्यासहरूमा समेत अहिले उल्लेख्य परिवर्तन भइसकेको छ। यो परिवर्तनले विगतमा स्थापित भएका विश्वव्यापी सिद्धान्त र मान्यतासँग कति मेल खान्छ ? यदि मेल खान्छ भने यसको अनुकूलन कसरी गर्ने र यदि मेल खाँदैन भने पुराना सिद्धान्तको अहिलेको सान्दर्भिकता कति हो र नयाँ सिद्धान्त र मान्यताहरू कसरी तय गर्ने ?
यो विश्वका लागि र हरेक राष्ट्रका लागि समेत अहं प्रश्न बनेको छ। यस बारेमा विश्वस्तरमा बहस र छलफल बाक्लिएका छन् । तर, नेपालमा भने यस सम्बन्धी खासै काम गर्न सकिएको छैन । जसले गर्दा मूलधारको भनिएको पत्रकारिता अब कता जाने हो ? यो कसरी चल्ने हो ? यसको आवश्यकता कति हो ? कसका लागि हो ? भन्ने जस्ता प्रश्न उब्जिएका छन् ।
कनै पनि सवाल व्यवहारमा कति महत्त्वपूर्ण र उपयुक्त छ भन्ने कुरा व्यवस्थित अध्ययनबाट मात्र थाहा पाउन सकिन्छ । तर नेपालमा सञ्चारले हाम्रो विकासमा गरेको योगदानको बारेमा खासै अध्ययन भएको पाइँदैन । झन् अहिले तीव्र गतिमा बदलिएको सञ्चार क्षेत्रको विश्लेषण र ठोस कार्यका लागि त अध्ययन अति नै जरुरी छ। तर यो अध्ययन गर्ने कसले ? यही अध्ययन नभएका कारण हाम्रो सञ्चार क्षेत्रको योगदान, यसको प्रभावको अभिलेख र सिकाइ तथा सुधारका आधारहरुको बारेमा एक दुईवटा घटनाहरु उल्लेख गर्ने बाहेक समग्र आवस्थाको चित्रण गर्ने आधार पाईदैनन्।
यद्यपि पछिल्लो समयमा विस्तार भएको रेडियोको पहुँच, टेलिभिजन प्रसारण तथा पछिल्लो समयमा फैलिएको डिजिटल मिडियाको तरंगले ल्याएका कैंयौं सकारात्मक परिवर्तनका फुटकर घटनाहरू देख्न र सुन्न पाइन्छ । यी परिवर्तनको व्यवस्थित र औपचारिक अभिलेख गर्नका लागि राज्यले नयाँ ढंगले सोच्न र काम गर्न आवश्यक छ ।
हुन त सञ्चारसम्बन्धी काम गर्ने सरकारी निकायकै रूपमा सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिलदेखि प्रदेश तहमा सञ्चार रजिष्ट्रार जस्ता निकाय पनि छन्। तर यी निकायको भूमिका तपसिलका प्रशासनिक काम गर्न मात्र सीमित भएको देखिन्छ।
यी निकायले यस्ता विषयवस्तुको अध्ययन अनुसन्धानलाई प्राथमिकतामा नराख्दा नेपालमा सञ्चार क्षेत्रले गरेको योगदान, यसको अवस्था र आगामी बाटो के हो भन्ने बारेको आधिकारिक मार्गचित्रको अभाव छ। यसले गर्दा नेपालको आमसञ्चार क्षेत्र अन्धकार र अन्योलमा अलमलिएको जस्तो देखिन्छ । जसले गर्दा मिडियाको विकास र मिडियामार्फत गर्न सकिने विकासको प्राथमिकतालाई औल्याउन समेत सकिएको छैन ।
बदलिएको मिडिया परिदृश्य
पछिल्लो समयमा तीव्र गतिमा फैलिएको सूचना प्रविधिमा आधारित सञ्चारले विगतमा स्थापित भएका सञ्चारका आधारभूत मान्यता तथा घोषणाहरु कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती थपिएको छ। खासगरी फेसबुक, एक्स साबिक ट्वीटर) र युट्युब जस्ता परम्परागत बहुमाध्यमहरूको प्रसारण सुविधा भएका सामाजिक सञ्जालको विस्तारले टेलिभिजनका दर्शकहरु ह्वात्तै घटेका छन्। लोकप्रिय टेलिभिजन कार्यक्रम समेत नियमित प्रसारणबाट भन्दा पनि युट्युवबाट हेर्नेको संख्या बढ्दो छ।
अहिले गुगल र मेटाले विश्वको विज्ञापन बजारको झन्डै आधा हिस्सा ओगट्छन् । जसले मिडिया कन्टेन्ट उत्पादन गर्दैन, उसैको विज्ञापन बढ्ने तर मिडिया कन्टेन्ट उत्पादन गर्ने मिडियाहरू संकटमा पर्दै जाने अवस्था आउनुले अबको मिडिया बजार, मिडिया कन्टेन्ट, यसको गुणस्तर, विश्वसनीयता कस्तो होला भन्ने वारेमा सहजै अनुमान लाउन सकिने अवस्था छैन ।
टेलिभिजन हेर्ने दर्शकको प्रवृत्ति डिजिटल माध्यमप्रति मोडिएपछि टेलिभिजन च्यानलले समेत आफ्ना लोकप्रिय कार्यक्रमलाई सामाजिक सञ्जालबाट प्रवाह गर्नेमा जोड दिएका छन् । रेडियोहरु पनि श्रव्यदृश्य सामग्री उत्पादन तथा प्रसारणका लागि सामाजिक सञ्जाललाई प्रवर्धन गरिरहेका छन् । छापा माध्यमको रूपमा स्थापित भएका सञ्चार गृहले पनि डिजिटल टक कार्यक्रम समेत सञ्चालन गर्न थाले।
यी अभ्यास हेर्दा विगतमा गरिएका छापा, रेडियो, टेलिभिजन जस्ता सञ्चार माध्यमका परिभाषा, विशेषता र भिन्नताहरूमा आज एकरूपता आइसकेको छ। यसले परम्परागत सञ्चार माध्यमको आवश्यकता के हो, अस्तित्व कसरी रहन्छ भन्ने प्रश्न पनि उठाइदिएको छ ।
सेन्टर फर मिडिया रिसर्च नेपालले गरेको नेपाल सोसल मिडिया यूजर्स सर्वे २०२१ ले देखाएअनुसार ८३।१ प्रतिशत नेपालीले सामाजिक सञ्जाल निकै शक्तिशाली भएको बताएका छन् । तर, तिनै व्यक्तिमध्ये ४८ प्रतिशतले युट्युबमा, ३६।३ प्रतिशतले एक्स ट्वीटर मा र ३० प्रतिशतले वेवसाइटमा गलत सूचना पाइने बताएका छन्।
यदि यही अध्ययनले देखाए जस्तै अबस्था हो भने सामाजिक सञ्जालबाट आएका सूचनाको विश्वसनीयता र गुणस्तर कमजोर रहेको छ। यस्ता सूचनाको बाढीले समाजलाई कसरी सही दिशातर्फ लैजान सक्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
युनेस्कोले उल्लेख गरेको तथ्यांकअनुसार पछिल्लो समयमा सामाजिक सञ्जालप्रति बढ्दै गएका प्रयोगकर्ताका कारण विज्ञापनदाता समेत पुराना आमसञ्चार माध्यमबाट सामाजिक सञ्जालतर्फ ढल्किएका छन्। गुगल, मेटा जसले आफैले कन्टेन्ट उत्पादन गर्दैनन्, उनीहरूले कन्टेन्ट उत्पादन गर्ने रेडियो, टेलिभिजन र पत्रपत्रिकाको विज्ञापन खोसिरहेका छन् ।
अहिले गुगल र मेटाले विश्वको विज्ञापन बजारको झन्डै आधा हिस्सा ओगट्छन् । जसले मिडिया कन्टेन्ट उत्पादन गर्दैन, उसैको विज्ञापन बढ्ने तर मिडिया कन्टेन्ट उत्पादन गर्ने मिडियाहरू संकटमा पर्दै जाने अवस्था आउनुले अबको मिडिया बजार, मिडिया कन्टेन्ट, यसको गुणस्तर, विश्वसनीयता कस्तो होला भन्ने वारेमा सहजै अनुमान लाउन सकिने अवस्था छैन ।
गुगलले कन्टेन्ट उत्पादन गर्ने सञ्चार माध्यमलाई समेत सहयोग गर्दै आएको छ । कोभिडको समयमा गुगल न्यूज इनिसियटिभ्स अन्तर्गत ५ हजारभन्दा वढी समाचार मिडियालाई झन्डै ३ सय मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । सन् २०२० मा युरोप, दक्षिण अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा सञ्चालित दुई सय सञ्चार गृहसँग समाचारका लागि गुगलले साझेदारीको सुरुआत गरेको थियो। गुगलले यो साझेदारी विश्वभरि नै फैलाइरहेको छ ।
हाम्रो मिडियाले खासगरी २०४७ सालपछिको समयमा गरेको तीव्र विकास, यसले पारेको प्रभाव र विकासमा खेलेको भूमिकाको एउटा बृहत्तर लेखाजोखा जरुरी छ। अनि त्यसैसँग जोड्दै तीव्र गतिमा फैलिएको डिजिटल मिडियाको व्यापकतालाई समेत विश्लेषण गर्दै मिडियाको विश्वास, जिम्मेवारी, दायित्व र यसका आधारभूत मान्यताको मर्मलाई बचाउने किसिमको अभ्यासलाई सुनिश्चित गर्नेतर्फ काम गर्नु आवश्यक छ ।
परम्परागत मिडिया बाँच्नकै लागि कन्टेन्ट उत्पादन नगर्ने डिजिटल प्लेटफर्मबाट पैसा लिएको अवस्थाले समाचार उत्पादन गर्ने आमसञ्चार माध्यमहरू आंशिक रूपमा समाचार एजेन्सीको भूमिकामा पुग्ने देखिन्छ । भोलिका दिनमा विश्वभरि नै यही अवस्था विस्तार हुँदै गएमा विश्वका सञ्चार माध्यमहरू विस्तारै समाचार एजेन्सी जस्ता बन्ने र यसले सञ्चारको विविधतालाई सीमित पार्दै उनीहरुको स्वतन्त्रता समेत संकुचित हुने त होइन भन्ने खतरा पनि बढेको छ ।
यही तरिकाको मिडिया अभ्यास विस्तार हुँदै गयो भने अबको मिडिया वजार कस्तो होला ? मिडिया कन्टेन्टको नियन्त्रण को सँग रहला ? नेपालजस्ता सानो अर्थतन्त्र र धेरै मिडिया भएका तर मिडिया आर्थिक रूपमा बलियो नभएका मुलुकका लागि सञ्चारको यो परिदृश्यले कस्तो असर गर्ला ? यसको अध्ययन र लेखाजोखा कसले गर्ने, कहिले गर्ने ? कसरी गर्ने ? देखिएका यी सम्भाव्य चुनौतीको समाधानका लागि के कस्तो उपाय अपनाउने ? यी प्रश्नलाई सम्बोधन गर्ने पहल जति ढिला हुन्छ, त्यति नै यसको जटिलता छिप्पिदै जान्छ ।
त्यसैले हाम्रो मिडियाले खासगरी २०४७ सालपछिको समयमा गरेको तीव्र विकास, यसले पारेको प्रभाव र विकासमा खेलेको भूमिकाको एउटा बृहत्तर लेखाजोखा जरुरी छ। अनि त्यसैसँग जोड्दै तीव्र गतिमा फैलिएको डिजिटल मिडियाको व्यापकतालाई समेत विश्लेषण गर्दै मिडियाको विश्वास, जिम्मेवारी, दायित्व र यसका आधारभूत मान्यताको मर्मलाई बचाउने किसिमको अभ्यासलाई सुनिश्चित गर्नेतर्फ काम गर्नु आवश्यक छ ।
यसो गरेको खण्डमा रेडियो र टेलिभिजनबाट लाभान्वित भएका प्रेम घले र भरत न्यौपाने जस्ता व्यक्ति डिजिटल मिडियाका लागि पनि त्यति नै प्रेरणाका पात्र हुने छन् भने पुरानो सञ्चार माध्यमबाट प्राप्त उपलब्धिलाई नयाँ सञ्चार माध्यमसँग पनि जोड्न सकिनेछ ।उत्साह पत्रिकाबाट।