सुनको मूल्य आकाशियो
- नेटिजन संवाददाता
- बुधबार, १२ भदौ, २०८१- ११:४०:००/ Wednesday 08-28-24
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य लगातार उकालो लागेर बुधबार पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । बुधबारका सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ८ सय रुपियाँले सुन महँगिएको हो ।
मंगलबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपियाँ थियो । चाँदीको मूल्य तोलामा ५ रुपियाँ बढेको छ । मंगलबार १ हजार ८५० रुपियाँ रहेको चाँदी आज १ हजार ८५५ कायम भएको छ ।