• मंगलबार, १ असोज, २०८१
  • १२:४२:५७

नेपाली चेलीलाई हाम्रो पनि बधाई

सेप्टेम्बर ४ तारिखालई गणतन्तन्त्र कोरियाले एक विशेष दिनको रुपमा लिने गरेको छ। यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलको रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसको रुपमा मनाईन्छ। एक साताअघि अगस्ट ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनको रुपमा लिन सकिन्छ।

यहि जुलाई महिनाको २३ तारिखको दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो संघका अध्यक्ष लगायतका पदाधीकारी सहित पलेशासँग भेट्ने अवसर मिलेको थियो। १० वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी खेलाडी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई रहेको छ। 

नेपालले ओलम्पिक खेल तथा पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउदै आएकोमा पहिलो पटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिने छ भन्ने लाग्छ। नेपाली चेली पलेशा गोवर्धनले तेक्वान्दोमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ।

यहि जुलाई महिनाको २३ तारिखको दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो संघका अध्यक्ष लगायतका पदाधीकारी सहित पलेशासँग भेट्ने अवसर मिलेको थियो। १० वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी खेलाडी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई रहेको छ। 

वार्तालापको क्रममा, मैले पलेशालाई एक शान्त, निर्भिक तथा आत्मविश्वासी महिला तेक्वान्दो खेलाडीको रुपमा लिएको थिए। पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई पेरिसबाट नेपाली जनतालाई सुखद समाचार दिलाउनका लागि तथा आफ्नो कुशल क्षमता प्रर्दशन गर्न हौसला प्रदान गरेको थिए । आज नेपालका तर्फबाट फरक क्षमता भएकी महिला खेलाडीको तर्फबाट नेपालको शिर उच्च राख्न सफल भएको क्षणलाई ओलम्पिक इतिहासले अवस्य न्याय गर्ने छ भन्ने लागेको छ। मलाई यत्ति धेरै खुशी मिलेको छ भने सम्पूर्ण नेपाली जनतालाई झनै खुशी दिलाएको छ भन्ने लाग्छ। बधाई छ खेलाडी पलेशा गोर्वधनलाई अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो संघ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई।  

नेपाल तेक्वान्दो संघका अनुसार नेपालमा तेक्वान्दो खेल खेल्नका लागि आधिकारिक रुपमा दर्ता भएका खेलाडीको संख्या झण्डै १ लाख ५० हजार रहेको छ। ती मध्ये महिला खेलाडीको संख्या २० प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ। नेपालमा तेक्वान्दो खेल्नेको संख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारिरिक तथा मानसिक रुपमा तन्दुरुस्त  बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन्। 

सन् १९८८ सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए जुन विषय आजका दिनमा पनि सुखद क्षणको रुपमा लिइन्छ। नेपालमा तेक्वान्दो खेलको सुरुवात प्रहरी(सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ। तर आज यस खेलको महत्व आम जनता माझ प्रचार भएको छ। 

सन् १९८८ सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए जुन विषय आजका दिनमा पनि सुखद क्षणको रुपमा लिइन्छ। नेपालमा तेक्वान्दो खेलको सुरुवात प्रहरी(सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ। तर आज यस खेलको महत्व आम जनता माझ प्रचार भएको छ। 

सन् १९८३मा औपचारिक रुपमा नेपाल तेक्वान्दो संघको स्थापना पश्चात खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ। नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेलको प्रर्वद्धनका लागि हरेक २ वर्षमा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ। गत सेप्टेम्बरमा करिब १ हजार ८ सय तेक्वान्दो खेलाडीहरुको सहभागितामा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो। मलाई त्यस क्षणमा साना नानीबाबुहरु तथा युवाहरुको तेक्वान्दो प्रतिको उत्साह तथा प्रेम देखेर हर्षित भएको क्षण सबै सामु साटने अवसर मिल्दा खुशी छु। नेपालमा तेक्वान्दो खेल प्रशिक्षकको भूमिकामा एक जना कोरियाली प्रशिक्षक ख्वन यङदाल सन् १९९८बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा तेक्वान्दो प्रशिक्षकको भूमिकामा रहनु भएको छ।  

म तेक्वान्दोको बारेमा सारांशमा जानकारी गराउन चाहन्छु। कोरियाली युद्ध पश्चात परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थित रूपमा अभ्यास गर्न थालियो। तेक्वान्दो खेलको प्रकृति युद्धकलासंग पनि जोडिएको हुंदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैलाई सुरक्षित राख्नु रहेको छ। अन्तिम लक्ष्य थप गहन प्रशिक्षण मार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मक रुपमा प्रर्दर्शन गर्नु हो। तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यास मार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो ।  कालन्तरमा र यस खेलको माध्यमबाट विश्व सामु खेलाडी तथा देशको परिचय गराउनुनै हो भन्ने लाग्छ।

तेक्वान्दोको भावनामा ‘आफु माथि विजय गरी ‘ विश्वलाई सकारात्मक संदेश फैलाऊं’ भन्ने मान्यता समावेश छन्। तेक्वान्दोका यी मूल्यमान्यता तथा गुणहरू तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापन पश्चात खेलाडीले एक अर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल शुरु हुनु अगाडी र समापन पश्चात गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगत देखि रहंदै आएको आपसि सम्मान र सदभावको प्रतिकका रुपमा रहेको छ। 

यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान प्रदान गर्न तथा प्रर्दर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यहि अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकोमा म अत्यन्त खुशी हुंदै यस सुखद क्षण सम्पूर्ण नेपालीहरुसंग बांड्न चाहन्छु।

कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनुको कारणका रुपमा शारीरिक, मानशिक रुपमा तन्दुरुष्त बनाउनु, निडर पनको विकास गर्नु, शिष्टता, सदभाव, स्वयंसेवाको भावना लगायतको विकास गर्नु पनि रहेको छ। भनेको नमान्ने बच्चाहरु पनि तेक्वान्दो प्रशिक्षण पश्चात अनुशासित भएको बारेमा धेरै सुनिन्छ। तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ पुम्सेूस् जसमा आधारभूत चालहरू समावेश हुन्छन् र अर्को ख्यरुगी रहेको छस् जुन तेक्वान्दो अभ्यासकर्ताहरू बीचको प्रतिस्पर्धात्मक रुपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ। 

यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान प्रदान गर्न तथा प्रर्दर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यहि अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकोमा म अत्यन्त खुशी हुंदै यस सुखद क्षण सम्पूर्ण नेपालीहरुसंग बांड्न चाहन्छु। कोरियाली संस्कृतिको महत्वपूर्ण हिस्सा बनेको  तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिती थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य जारी राख्ने योजना बनाएको छ।

पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ त्यसैगरी गर्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ। म पलेशालाई प्रशिक्षणको क्रममा उन्को मेहनेत परिश्रम, उनले बगाएको पसिना, र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्यता, शाहस, आफूलाई जित्नु परेको मानसिक शक्ति प्रति मेरो आत्मदेखि सम्मान व्यक्त गर्दछु। नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्वन्धित विभागको समन्वयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हांशिल गर्दै जानेछन भन्ने विश्वास लिएको छु। नेपालका हरेक क्षेत्रमा पलेशा जस्ता व्यक्तिहरु हुनुहुन्छ उहांहरु सबैको प्रयासले विश्व सामु नेपालको छवि उच्च गर्नका लागि भूमिका खेल्ने छ भन्ने लागेको छ। कोरिया सरकारले पनि नेपालको खेलकुद लगायत विभिन्न क्षेत्रको विकासमा हातेमालो गर्दै जानेछ।  

लेखक पार्क थेयङ  नेपालका लागि गणतन्त्र कोरियाली राजदूत हुनुहुन्छ ।