यो गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा
- नेटिजन संवाददाता
- आइतबार, २५ कार्तिक, २०८१- १५:२०:००/ Sunday 11-10-24
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काँग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ ।”
देउवा गृह जिल्ला डडेलधुराका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनगढी पुग्नुभएको हो । काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।