करोड होइन कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन समाप्त गर्ने छु : मन्त्री पाण्डे
- नेटिजन संवाददाता
- बुधबार, २८ कार्तिक, २०८१- १२:०५:००/ Wednesday 11-13-24
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ । मंगबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो,प हिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु । मन्त्री पाण्डेले अगाढि भन्नुभयो, मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने,मेरो मनोवल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन् ।
मन्त्री पाण्डेले पशुपति नाथको मन्दीरलाई साक्षी राख्दै भन्नुभयो,म यो पशुपति नाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर, केही विचौलीयाका मतियारहरुले आरोप लागएका छन् , कारोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगािड आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहान्छु ।
उहाँले आफू स्वार्थ समूहका मतियार र विचौलियाहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने बताउनु भयो । उहाँले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पार्नु भयो । उहाँले उहाँले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको प्रष्ट पार्नुभयो ।
राजनीतिक भित्र विकृति विसंगतीका मतियारहरुले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अपवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । कुन व्यक्तिले राजनीतिलाई दूरुपयोग गरिरहेको छ? कुन व्यक्तिले राजनीतिलाई सदूपयोग गर्नु भएको छ ? भन्दै उहाँले थप्नु भयो, म आत्मविश्वासको साथ भन्न सक्छु, बाल्मिकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदा समेत आफ्नो जीवनशैलीमा कुनै परिवर्तन छैन ।