सम्पदा संरक्षणमा नयाँ कवच : ISO मानक विकासको थालनी
-
ओम प्रकाश घिमिरे
- बिहीबार, २२ जेठ, २०८२- ०९:२९:००/ Thursday 06-05-25

विषय उठान
काठमाडौँ । दक्षिण अफ्रिकाका राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता नेलसन मण्डेलाले कुनै समय भनेका थिए, हाम्रो समृद्ध र विविधतायुक्त सांस्कृतिक सम्पदामा राष्ट्रनिर्माणलाई सहयोग गर्ने आधार शक्ति हुन्छ । मण्डेलाले भने झै सांस्कृतिक सम्पदाहरूमा विश्वका हरेक मुलुकको सभ्यता, पहिचान, इतिहास र मौलिक विज्ञान जोडिएको हुन्छ । मानव विकासक्रमलाई हेर्ने हो भने संस्कारी मानवको शुरुवात् उसका सांस्कृतिक आविष्कार तथा सम्पदाहरुको निर्माणबाट भएको देखिन्छ । यस क्रममा मानिसले आविष्कार गरेका संगीत, साहित्य, चित्रकला, मूर्तिकला र वास्तुकला मानव सभ्यताको प्रतिनिधत्व गर्ने वैभवशाली प्रमाण हुन् । यी सम्पदाहरु आधुनिक संग्रहालयका लागि पनि ज्ञान र विज्ञानका अभतूपूर्व खजाना बनेका छन् ।
सम्पदा सम्बन्धिको आइएसओ प्राविधिक समिति ३४९ ( ISO/TC-349) ले सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी देशहरू बीच सहमतिलाई बढावा दिन, सांस्कृतिक सम्पदा संरक्षणको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त शब्दावली, सिद्धान्त र कार्यप्रणालीहरूको एकरुपता निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ । त्यसैगरी साझा मापदण्डहरूको निर्माणले सांस्कृतिक सम्पदा संरक्षणको साझा वैज्ञानिक आधार खोज्ने र यसको स्तर समेत बढाउन मद्दत गर्ने । त्यसैगरी सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी प्रयासहरूबाट संकलित उन्नत प्राविधिक विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूको आदानप्रदानलाई सहज बनाउदै सांस्कृतिक सम्पदा संरक्षणमा नयाँ प्रविधिहरूको अनुसन्धान र प्रयोगलाई प्रोत्साहन गर्नेछ ।
सन् १९४६ मा स्थापना भएको अन्तर्राष्ट्रिय संग्रहालय परिषद्, सन् १९६५ मा स्थापना भएको सम्पदा क्षेत्र तथा स्मारक सम्बन्धीको अन्तर्राष्ट्रिय परिषद् स्थापना जस्ता संस्थागत प्रयास देखि सन् १९७० दशकमा अनुमोदन भएका सम्पदा सम्बन्धीका अन्तर्राष्ट्रिय महासन्धिहरुले उजागर गरेको सम्पदाको महत्वलाई पछिल्ला वर्षहरुमा अझ विशिष्ट ढंगले सम्बोधन गर्ने क्रम बढेको छ । सन् २०१५ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेको दीगो विकास लक्ष्यले पनि सम्पदालाई दीगो विकासको लक्ष्यमा समेटे पछि सम्पदा संरक्षण हरेक विकासको अभिन्न अंगको रुपमा जोडिन थालेको छ । यसै सन्दर्भमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पछिल्लो नयाँ प्रयासको रुपमा आइएसओ मानक तयारी कार्य अघि बढेको छ, जसले विगतमा भएका सम्पदा संरक्षण्का अन्तर्राष्ट्रिय प्रयासहरुको समिक्षा गरी उक्त प्रयासलाई समुन्नत र एकिकृत गर्नेछ । यसका लागि सन् २०२४ मा आइएसओको प्राविधिक समिति ३४९ स्थापना गरी मानक तयारीको काम समेत शुरु भइसकेको छ ।
आइएसओ प्राविधिक समिति–३४९ र यसको महत्व
सम्पदा संरक्षणको क्षेत्रमा विश्वव्यापी मापदण्ड बनाउनका लागि आधारभूत कुराहरुको साझा खाका तयार गर्नका लागि सन् २०२४ मा गठित समितिको नाम हो आईएसओ प्राविधिक समिति -३४९ ( ISO/TC-349) । चीनको प्रस्तावमा गठन गरिएको आइएसओ प्राविधिक समिति ३४९ ले भौतिक सम्पदाको संरक्षणका लागि विश्वका साझा र सर्वस्वीकाय आधारभूत मापदण्ड तयार गर्नेछ । सन् २०२४ को मार्च महिनामा आइएसओ संस्थाबाट स्वीकृत भएको उक्त प्राविधिक समितिको नेतृत्व चीनले गरेकोछ । सन् १९४७ मा स्थापना भएको आइएसओले पहिलो पटक सम्पदा संरक्षण सम्बन्धीको प्राविधिक समिति गठन गरेको हो ।
यो समितिको उदेश्य सांस्कृतिक सम्पदामा विश्वव्यापी सहमति जुटाउनु, सम्पदा संरक्षणमा उत्कृष्ट अभ्यासहरूको अनुभव आदानप्रदान गर्नु, र सांस्कृतिक सम्पदा संरक्षणको अन्तर्राष्ट्रिय मानकलाई संयुक्त रूपमा विकास गरी साझा आधार तयार गर्नु हो ।गत वर्षको मेमा उक्त प्राविधिक समितिको चीनको प्यालेस म्युजियममा उद्घाटन गर्दै आईएसओका अध्यक्ष सुङ ह्वान चोले यसको स्थापना र अन्तर्राष्ट्रिय मापदण्डहरूको तर्जुमा र कार्यान्वयनले सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी सहमतिलाई सुदृढ पार्ने र संरक्षणको स्तर बढाउने बताएका थिए ।
सम्पदा सम्बन्धिको आइएसओ प्राविधिक समिति- ३४९ ( ISO/TC-349) ले सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी देशहरू बीच सहमतिलाई बढावा दिन, सांस्कृतिक सम्पदा संरक्षणको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त शब्दावली, सिद्धान्त र कार्यप्रणालीहरूको एकरुपता निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ । त्यसैगरी साझा मापदण्डहरूको निर्माणले सांस्कृतिक सम्पदा संरक्षणको साझा वैज्ञानिक आधार खोज्ने र यसको स्तर समेत बढाउन मद्दत गर्ने । त्यसैगरी सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी प्रयासहरूबाट संकलित उन्नत प्राविधिक विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूको आदानप्रदानलाई सहज बनाउदै सांस्कृतिक सम्पदा संरक्षणमा नयाँ प्रविधिहरूको अनुसन्धान र प्रयोगलाई प्रोत्साहन गर्नेछ ।
आइएसओ (ISO) सन् १९४७ मा स्थापना भएको एक गैरसरकारी संस्था हो जसले विश्वका लागि वस्तु तथा सेवाको व्यवस्थापन, वातावरण, सुरक्षा लगायतको क्षेत्रका लागि साझा मानक तयार गर्दछ । यस्ता मानक तयार गर्न सबैभन्दा पहिले कुनै पनि क्षेत्रको मानकको आवश्यकताको प्रस्ताव तयार गरिन्छ र त्यसको आवश्यकता र औचित्यका आधारमा मानक तयारीका लागि प्राविधिक समिति गठन गरिन्छ । प्राविधिक समितिले निश्चित विधि र प्रक्रियाबाट यसका आधार तयार पारी प्रस्तुत गर्छ र ती मानकहरु सर्वस्वीकार्य भएमा मापदण्डको रुपमा लागु गरिन्छ । सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी प्राविधिक समिति -३४९ (ISO/TC-349) त्यहि मापदण्ड तयारीको प्रारम्भिक औपचारिक चरण हो ।
गत वर्ष नै यो समिति गठन भइसकेकाले यसले सम्पदा संरक्षण्को मूलभूत रुपमा पाँच वटा क्षेत्रमा काम गर्ने छ । त्यसमध्ये तीनवटा काम सम्पदा केन्द्रित छन भने र्दुवटा कामहरु संग्रहालयसंग सम्बन्धित् छन् । यस अन्तर्गत सांस्कृतिक सम्पदा संरक्षणका शब्दावली, सम्पदा विग्रिएर जाने अवस्थाको रोकथामका आधार, ढुंगा,भित्तेचित्र,भौगोलिक स्थानमा आधारित सांस्कृतिक सम्पदाको पुनस्र्थापना तरिकाको आधार तयार गर्ने रहेका छन् । त्यसैगरी संग्रहालयका वस्तुहरुको भूकम्प जस्ता विपद्को जोखिमबाट सुरक्षा र संग्रहालयका संग्रहित वस्तुको वातावरणीय अनुगमनका मानकहरु तयार गर्ने छ । यसरी प्राविधिक समितिले तयार पार्ने मानकहरु विशिष्ट सम्पदासंगै संग्रहालयमा संग्रहित वस्तुको संरक्षण सम्बन्धी पनि हुने भएकाले यसको महत्व व्यापक रहेको सरोकारवालाको भनाइ छ ।
युनेस्कोको विश्व सम्पदा सूचीमा हालसम्म १ हजार २ सय २३ सम्पदा सूचिकृत भएमा मध्ये ९ सय ५२ सांस्कृतिक, २ सय ३१ प्राकृतिक र ४० मिश्रित सम्पदाहरु छन् । त्यसमध्ये सबैभन्दा बढि सम्पदा भएका देशहरुमध्ये इटलीमा ६०,चीनमा ५९, जर्मनीमा ५४, स्पेनमा ५०, फ्रान्समा ५३ छन् । विश्व सम्पदा सूचीमा दर्जनौ सम्पदा सूचिकृत गराएका प्राय सबै देशहरु उक्त प्राविधिक समितिका सहभागि सदस्यका रुपमा रहेका छन् । नेपाल पनि उक्त प्राविधिक समितिको सहभागि सदस्य छ, जसको प्रतिनिधित्व गुणस्तर तथा नापतौल विभागले गर्दछ ।
यी मानकहरु तयार गर्ने क्रममा र संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO), स्मारक तथा स्थलहरूको अन्तर्राष्ट्रिय परिषद् (ICOMOS), र अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (ICOM) लगायत सांस्कृतिक सम्पदा संरक्षणमा दक्षता भएका अन्तर्राष्ट्रिय संस्थाहरू बीचको सञ्चार र सहकार्यलाई घनिभूत बनाएर सम्पदा संरक्षणको सर्वस्वीकार्य नयाँ मापदण्ड तयार गर्ने भएकाले यो कार्यले एकातिर सांस्कृतिक सम्पदा संरक्षणमा स्थापित सिद्धान्त र मापदण्डहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउँन समेत सहयोग पुग्नेछ भने अर्को तर्फ सांस्कृतिक सम्पदा अनुसन्धानसँग सम्बन्धित मानकहरुको अध्ययन अन्वेषण गर्ने थप अवसर समेत श्रृजना गर्नेछ । यस किसिमको प्रयासबाट सांस्कृतिक सम्पदा संरक्षणको दृष्टिकोण, यसको विकासमा अन्तर्निहित अवधारणात्मक रूपरेखा र तार्किक सिद्धान्तहरूको व्याख्या समेत गर्ने भएकाले सम्पदा क्षेत्रको आइएसओ प्राविधिक समिति ३४९ ले तयार पार्ने मानकहरु सम्पदा संरक्षणको क्षेत्रमा एक ऐतिहासिक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
सन् १९५० को दशकदेखि हालसम्मको करिव ७५ वर्षको अवधिमा सम्पदा क्षेत्रलाई परिभाषित गर्ने, संरक्षण गर्ने, बचाउने, मानव अधिकारसंग जोड्न र यसको लाभलाई बढाउनका लागि विभिन्न प्रयासहरु गर्ने सन्दर्भमा धेरै कामहरु भएका छन् । यी कार्यले धेरै मापदण्ड तथा सिद्धान्त पनि उजागर गरेका छन् । तर यि सबैलाई एकै ठाउँमा राखेर समिक्षा समेत गरी एकिकृत सार समेत यो समितिले निकाल्ने भएकाले यो कार्य विगतका अभ्यासहरको समिक्षा र छरिएका सम्बन्धित् प्रयासहरुको एकिकृत दस्तावेज तयार गर्ने महत्वपूर्ण र नयाँ कार्य पनि हो ।
युनेस्कोको विश्व सम्पदा सूचीमा हालसम्म १ हजार २ सय २३ सम्पदा सूचिकृत भएमा मध्ये ९ सय ५२ सांस्कृतिक, २ सय ३१ प्राकृतिक र ४० मिश्रित सम्पदाहरु छन् । त्यसमध्ये सबैभन्दा बढि सम्पदा भएका देशहरुमध्ये इटलीमा ६०,चीनमा ५९, जर्मनीमा ५४, स्पेनमा ५०, फ्रान्समा ५३ छन् । विश्व सम्पदा सूचीमा दर्जनौ सम्पदा सूचिकृत गराएका प्राय सबै देशहरु उक्त प्राविधिक समितिका सहभागि सदस्यका रुपमा रहेका छन् । नेपाल पनि उक्त प्राविधिक समितिको सहभागि सदस्य छ, जसको प्रतिनिधित्व गुणस्तर तथा नापतौल विभागले गर्दछ ।
सांस्कृतिक सम्पदामा धनी देशहरु सबैले यो अभियानलाई प्राथमिकतामा राखेर सक्रिय सहभागिता जनाएकाले यो समितिबाट तयार हुने प्रतिवेदन पक्कै पनि उपयोगी दस्तावेज हुने विश्वास गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा वि.स. २०७२ सालको भूकम्पले हाम्रा सयौ सांस्कृतिक सम्पदाहरु ध्वस्त बनाएको थियो भने संग्रहालयभित्र संग्रहित वस्तुमा पनि ठूलो नोक्सानी पुर्याएको थियो । हाम्रा सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता धेरै चुनौतिहरु छन् । आइएसओ मापदण्ड तयार भएको खण्डमा नेपालले पनि सम्पदा संरक्षणमा केहि लाभ प्राप्त गर्ने नै छ । खासगरी विश्व सम्पदा सूचीमा दर्जनौ सांस्कृतिक सम्पाहरु सूचिकृत बनाएका देशहरु यो समितिको सहभागि सदस्य रहेकाले यिनिहरुले तयार पार्ने साझा मानकले पक्कै पनि विश्वको सांस्कृतिक सम्पदा संरक्षणमा एउटा नयाँ आयाम थप्नेछ ।
सांस्कृतिक सम्पदा संरक्षणमा भएका विगतका प्रयासहरु
दोस्रो विश्वयुद्धको समाप्तीपछि राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा विकासको नयाँ पहल शुरु भएसंगै यस्ता सम्पदाको संरक्षणका लागि पनि केहि संस्थागत आधारहरु बनाउँन पहल भएको पाइन्छ । सन् १९४६ मा अन्तर्राष्ट्रिय संग्रहालय परिषद् जस्ता संस्थागत संरचनाको स्थापनाले संग्रहालयको क्षेत्रमा विश्वस्तरीय संगठित कदमको शुरुवात भयो, जुन धरातलमा अहिले चलिरहेको संग्रहालय विकासको विश्वब्यापी अभियान विस्तार भएको छ ।
संयुक्त राष्ट्रसंघले ल्याएको मानव अधिकारको विश्वब्यापी घोषणापत्र १९४८ ले धारा २२ मा हरेक समाजको सदस्यलाई आफ्नो गरिमा तथा व्यक्तित्व विकासका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेको छ भने धारा २७ मा हरेक व्यक्तिलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा भाग लिने स्वतन्त्रता भएको र कलाको उपयोग तथा आनन्द लिने अधिकार भएको समेत उल्लेख गरेको छ । यो दस्तावेजले कला, संस्कृतिलाई व्यक्तिको मानव अधिकाको रुपमा उल्लेख गरेपछि मानव समुदायमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गरी समुदयाले त्यसबाट लाभ लिनका लागि राज्यले काम गर्नु पर्ने दायित्व समेत समावेश भएको पाइन्छ ।
यी अन्तर्राष्ट्रिय दस्तावेजको अनुमोदनले सम्पदालाई पनि मानव समाजको विकासमा जोडिएको अभिन्न अंगको रुपमा स्वीकार गर्ने आधारको जग बसाल्न मद्दत गरेको देखिन्छ । यी महासन्धीले भौतिक सम्पदाको परिभाषा समेत गरे जस अनुसार इतिहास, कला वा विज्ञानको दृष्टिले सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका वास्तुकलाकृतिहरू, स्मारकको रूपमा रहेका वास्तुकला तथा चित्रकला, वास्तुकलात्मक प्रकृतिका संरचना, अभिलेखहरू, विशेष खालका भवनहरु, गुफा, आश्रयस्थलहरूलगायतका संरचनाहरूलाई भौतिक सम्पदाको रुपमा समेटियो ।
सम्पदा क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि भने पहिलो अन्तर्राष्ट्रिय दस्तावेजको रुपमा सन् १९५४ को शसस्त्र युद्धका घटनामा सांस्कृतिक सम्पतीको संरक्षण सम्बन्धीको महासन्धी १९५४ -Convention for the Protection of Cultural Property in the Event of Armed Conflict. The Hague, 14 May 1954) लाई लिन सकिन्छ । त्यसैगरी सन् १९६५ मा सम्पदा क्षेत्र तथा स्मारक सम्बन्धीको अन्तर्राष्ट्रिय परिषद् ( International Council on Monuments and Sites-ICOMOS) स्थापना भयो । युनेस्कोलाई विश्व सम्पदा सूची तयार गर्ने तथा सम्पदाको क्षेत्रमा परामर्श समेत दिने विज्ञ संस्थाको रुपमा रहेको इकोमसको स्थापनाले सांस्कृतिक सम्पदाको महत्वलाई थप फराकिलो बनाउँने आधार बन्यो । तर यो समयमा आधुनिक विकासको नाममा फैलिएको भौतिक विकासको लहरले सम्पदा र संस्कृतिलाई खासै प्राथमिकतामा राख्न सकेन ।
सन् १९७० को दशकपछि भौतिक पूर्वाधारले मात्र मानिसले खोजेको विकासलाई पूर्णता दिन सक्दैन भन्ने सिकाइ भएपछि विकासको अवधारणामा नै बदलाव आयो । त्यसपछि विकाससंग वातावरण, समुदायको सहभागिता, उनिहरुको स्वीकृति र स्वीकार्यता जस्ता पक्षहरु जोडबल रुपमा उठे । यसै मेसोमा सन् १९७० को दशकको शुरुवातमा आएका सम्पदा सम्बन्धीका दुईवटा अन्तर्राष्ट्रिय दस्तावेजहरु ः सांस्कृतिक वस्तुहरुको स्वामित्व संरक्षण, गैरकानूनी ओसारपसार र स्थानान्तरणको नियन्त्रण सम्बन्धीको महासन्धी (Convention on the means of prohibiting and of ownership of cultural property, preventing the illicit import, export and transfer 1970) विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षण सम्बन्धीको महासन्धि (Convention Concerning the Protection of World Cultural and Natural Heritage, 1972) ले भौतिक सांस्कृतिक सम्पदालाई परिभाषित गर्ने, देखि यसको संरक्षणका लागि सैद्धान्तिक आधार तयार पार्यो ।
यी अन्तर्राष्ट्रिय दस्तावेजको अनुमोदनले सम्पदालाई पनि मानव समाजको विकासमा जोडिएको अभिन्न अंगको रुपमा स्वीकार गर्ने आधारको जग बसाल्न मद्दत गरेको देखिन्छ । यी महासन्धीले भौतिक सम्पदाको परिभाषा समेत गरे जस अनुसार इतिहास, कला वा विज्ञानको दृष्टिले सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका वास्तुकलाकृतिहरू, स्मारकको रूपमा रहेका वास्तुकला तथा चित्रकला, वास्तुकलात्मक प्रकृतिका संरचना, अभिलेखहरू, विशेष खालका भवनहरु, गुफा, आश्रयस्थलहरूलगायतका संरचनाहरूलाई भौतिक सम्पदाको रुपमा समेटियो ।
संरसारभर फराकिलो बन्दै गएको विकासको परिभाषा र परिधि फैलिने क्रमसंगै सन् १९८० को दशमा शुरु भएको मानव विकासको अवधारणाले सन् १९९० को दशकदेखि ठोस रुप प्राप्त गरी मानव विकास प्रतिवेदन समेत प्रकाशन हुन थाल्यो । यो संगै सम्पदा र संस्कृतिलाई समग्र विकाससंग जोड्ने संभावनाहरु उजागार गर्न थालेको देखिन्छ । उदाहरणको रुपमा सन् १९९२ मा युनेस्को अन्तर्गत स्थापना गरिएको संस्कृति र विकास सम्बन्धीको विश्व आयोगले सन् १९९५ मा तयार पारेको प्रतिवेदनले विश्वका सबै मुलुमा संस्कृति र आर्थिक विकासको सम्बन्धलाई जोडेर प्राप्त गर्न सक्ने संभावनाहरुको वेवास्ता गरेको उल्लेख गर्यो । त्यहि प्रतिवेदनलाई आधार बनाएर संस्कृति, सम्पदा र यसको विविधतालाई विकाससंग जोड्नका लागि विभिन्न प्रयासहरु पनि भएको देखिन्छ । सन् २००५ को सांस्कृतिक विविधता सम्बन्धीको महासन्धीको आधार बनाउँन पनि यो दस्तावेजले उत्खनन् गरेका सवालले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
सन् १९९२ मा युनेस्को अन्तर्गत स्थापना गरिएको संस्कृति र विकास सम्बन्धीको विश्व आयोगले सन् १९९५ मा तयार पारेको प्रतिवेदनले विश्वका सबै मुलुमा संस्कृति र आर्थिक विकासको सम्बन्धलाई जोडेर प्राप्त गर्न सक्ने संभावनाहरुको वेवास्ता गरेको उल्लेख गर्यो । त्यहि प्रतिवेदनलाई आधार बनाएर संस्कृति, सम्पदा र यसको विविधतालाई विकाससंग जोड्नका लागि विभिन्न प्रयासहरु पनि भएको देखिन्छ । सन् २००५ को सांस्कृतिक विविधता सम्बन्धीको महासन्धीको आधार बनाउँन पनि यो दस्तावेजले उत्खनन् गरेका सवालले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
यिनै कारणले गर्दा सन् १९७० को दशक देखि सन् २००० को दशकमा सम्पदाको क्षेत्र, सम्बन्ध र महत्वलाई उजागर गर्दै यसको संरक्षणका लागि तयार पारिएका सैद्धान्तिक आधारहरु सम्पदाको महत्व र मूल्यलाई बचाइ राख्न हाल गरिएका कामहरुको जग बसाउँने काम गरिएको समय मान्न सकिन्छ । त्यसपछिका समयमा निरन्तर रुपमा सम्पदाको क्षेत्रका धेरै घोषणा तथा सिफारिसहरु पनि भएका छन् । सन् २०१५ मा युनेस्कोको ३८ औं सभाले ‘सङ्ग्रहालय र संग्रहित वस्तुको संरक्षण, प्रवद्र्धन तथा तिनीहरुको विविधता र समाजमा भूमिका सम्बन्धीको सिफारिस’ देखि संयुक्त राष्ट्रसंघले अघि सारको १७ लक्ष्यसहितको दीगो विकास लक्ष्यमा सम्पदा संरक्षणलाई समावेश गर्नुमा पनि विगतमा भएका तिनै थालनी र त्यसबाट प्राप्त ज्ञान, अनुभव र सिकाइहरु नै हुन् । अहिले सम्पदा संरक्षणमा आइएसओ मापदण्ड तयारी पनि त्यसैको एक पछिल्लो सिलसिला हो भन्न सकिन्छ ।
निष्कर्ष
सन् १९५० को दशकबाट सम्पदा र संस्कृतिलाई बचाउँन तथा प्रबद्र्धन गर्न विश्वब्यापी रुपमा गरिएका प्रयासहरुबाट प्राप्त निष्कर्ष यो हो कि सांस्कृतिक सम्पदा मानव सभ्याताका साक्षी प्रमाणहरु हुन, जसले बहुमूल्य ऐतिहासिक, कलात्कम र वैज्ञानिक आधारहरु बोकेका छन् । यिनहिरुको संरक्षणका लागि विश्वको साझा स्वीकार्य मानक तयार गर्नु यसको दीगो संरक्षणको अर्को नयाँ र परिस्कृत कदम हो भन्न सकिन्छ । सम्पदा संरक्षणका लागि आइएसओ (ISO) अन्तर्गत स्थापना गरिएको प्राविधिक समिति ३४९ (ISO/TC-349) ले सांस्कृतिक सम्पदामा प्रयोग हुने शब्दावली, प्रविधि,साग्री र उपकरणको समेत पहिचान गर्ने, तिनिहरुलाई ब्याख्या गर्ने र सांस्कृतिक सम्पदाको अनुगमन, मूल्यांकन, संरक्षण र पुनस्र्थापनाका मानक समेत तयार गर्ने भएकाले यो कदम सम्पदा संरक्षणको इतिहासको अर्को महत्वपुर्ण अग्रसरता हो भन्न सकिन्छ ।
यसैक्रममा एउटा संयोग यस्तो परेको छ कि सन् १९४७ मा स्थापना भएको आइएसओ र त्यस भन्दा एक वर्ष अघि संग्रहालयको विज्ञ संस्थाको रुपमा स्थापना भएको आइकमको भेटघाट सन् २०२४ मा आएर आइएसओ प्राविधिक समिति ३४९ ( ISO/TC-349) मार्फत् भएको छ । त्यसो त यसमा इकोमस जस्ता संस्थाहरु पनि जोडिएका छन् । त्यस कारण यो प्राविधिक समिति एउटा यस्तो संयन्त्र बनेको छ जसले विगतमा सम्पदा क्षेत्रको प्रबद्र्धनका लागि भएका प्रयास, स्थापित मानक, मापदण्ड, विधिहरुलाई एकै ठाउँमा ल्याइ विश्लेषण तथा संस्लेषण गरी एकिकृत दस्तावेज समेत तयार पार्ने छ ।
पछिल्लो समयमा चीनले सांस्कृतिक सम्पदाको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेकाले चीनको अग्रसरतामा भएको आइएसओ प्राविधिक समिति -३४९ ले पनि सार्थक नतिजा निकाल्ने छ र त्यो नतिजा हजारौ वर्ष पुराना सांस्कृतिक सम्पदालाई आगामी हजारौ वर्षसम्म पनि बचाइ राख्नका लागि नयाँ संरक्षण सुत्र बन्न सक्छ ।