• बिहीबार, ३ असोज, २०८१
  • ०३:१५:३८

आँखाका बारेमा २३ रोचक तथ्य

काठमाडौँ । हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो । आँखाको साहारामा मानिसले संसार नियाल्न सक्छ ।  मानिसको आँखा ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ ।  यसले एक सेकेण्डमा ५० अलग अलग बस्तुमा ध्यान केन्द्रित गर्न सक्छ । दृश्यका हिसाबले भन्नुपर्दा मानिसको आँखाले टाढा टाढासम्म देख्न र फोकस गर्न सक्छ तर जुम गर्न भने सक्दैन ।  क्यामराले जुम गर्न सक्छ ।  

यी हुन्, आँखाका बारेमा रोचक तथ्यहरु: 

१- हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ । 

२- मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ ।

३- हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ । यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ ।

४- मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ । त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ ।

५ – आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ । 

६- यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ ।

७-  संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन् ।

८-  आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ ।

९-  मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन् ।

१०- मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ ।

११-  आँखाको औसत वजन ८ ग्राम हुन्छ ।

१२- हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं।

१३- प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्।

१४ – नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन् । उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन् ।

१५ – संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ ।

१६ – मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ ।

१७-  मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ । जसमा रगतको सट्टा अक्सिजन बग्छ ।

१८ –  खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्‍याउने काम मात्रै गर्छ । मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं।

१९ – मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं ।

२० – एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ ।

२१ – शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन् ।

२२ – एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ ।

२३ – डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ ।