• शुक्रबार, ७ मङ्सिर, २०८१
  • ०९:३०:०२

आफ्नो इतिहास आफै मेटाउने बाटोमा पुराना नेताहरु 

पछिल्लो समयमा नेपालको राजनीतिमा झन् निराशाहरु बढेर गएका छन् । तर त्यो निराशालाई सम्बोधन कहाँबाट गर्ने भन्ने बारेमा नेतहरु अन्योलमा देखिएका छन् । जनता एकातिर दलका नेताहरू अर्कोतिर फर्किन थालेक छन् । जनतातिर फर्किन नेताहरू सकिरहेका छैनन् । तर इतिहास हेर्न हो भने यी पुराना नेताहरु पनि जनताकै विश्वास र सहयोगबाट उठेर आएका हुन् । तर पनि अहिले उनिहरु किन जनचाहना अनुकुल चल्न सकेका छैनन्, यो कुरा उनिहरुले नै बुझेका होलान् ।  


 अहिलेका मुलधारका नेताहर बिक्रम संवत २०२४ वैशाख जेष्ठ तिर जमल स्थित नाचघरमा कलेजका विद्यार्थिहरु पनि सहभागी भई रहंदा तत्कालीन  डिआईजी नारायण सिंहले महिला विद्यार्थिहरूसंग दुरब्यवहार गरेकै कारण त्यस समयमा बिद्यार्थिहरू आन्दोलित भएका थिए । 

 बिक्रम संवत २०१७ साल पौष एक गतेको शाहि कदमबाट आम नेपालीको मतबाट निर्वाचित सरकारका मुखिया लगायत संसदिय पद्धतिमा विश्वास राख्ने राजनितिक नेता र कार्यकर्ता यिनीहरूका परिवारलाई शाहि निरंकुश शासनको बिरोध गर्नेहरूलाई जेलमा राख्ने, विदेश लखेट्ने कार्यका विरूद्ध समय समयमा क्रान्ति गर्दै आएको थिए ।  

यहि महिला विद्यार्थिको दुरब्यवहारका कारण कठमाडौं लगायत मुलुक भरिका शिक्षण संस्था आन्दोलित थिए ।यो विद्यार्थि आन्दोलनको नेतृत्व नेपाली कांग्रेस पार्टि समर्थित विद्यार्थिहरूले गरिरहेको थिए ।  शाहि सरकारका डिआईजी नारायण सिंहको बिरूद्धको आन्दोलन पश्चात नै नेपाल विद्यार्थि संघको उदय भएको देखिन्छ । 

२०२४ सालको आन्दोलनसंगै नेपाली कांग्रेसको विद्यार्थि नेताहरूको उदय भएको हो । तत्कालिन समयका क्रन्तिकारी  विद्यार्थि नेताहरूमा सर्वश्री बिपिन कोईराला, शेर बहादुर देउवा, राम शरण महत, अर्जुन नरसिंह केसी, नारायण खड्का लगायतका विद्यार्थि नेताहरूको उदय भएको हो । जमल स्थित नाचघरमा महिला विद्यार्थिहरूको दुरब्यवहारको बिरूद्ध आन्दोलनमा लागेका बिद्यार्थि नेताहरूलाई तत्कालिनका शाहि पुलिसले यातना दिई जेलमा राखेको ईतिहासका संस्मरणमा रहेको छ ।

 विक्रम संवत २०२४ को डिआईजी नारायण सिंहको बर्खास्गितीको आन्दोलन ताका वाम विचारका माले, एमालेको अस्तित्वमा नै आएका थिएनन् । केवल रसियन बिचारसंग प्रभावित कम्युनिष्ट नेता केशरजंग रायमाझिसंग नजिक रहेका हेमन्त बहादुर बिसीको वाम विद्यार्थि नेतामा थिए । हेमन्त बिसी तत्कालिन समयमा रोयल कम्युनिष्टका रूपमा दर्जिएका थिए। 

बिक्रम संवत २०१७ साल पौष एक गतेको शाहि कदमबाट आम नेपालीको मतबाट निर्वाचित सरकारका मुखिया लगायत संसदिय पद्धतिमा विश्वास राख्ने राजनितिक नेता र कार्यकर्ता यिनीहरूका परिवारलाई शाहि निरंकुश शासनको बिरोध गर्नेहरूलाई जेलमा राख्ने, विदेश लखेट्ने कार्यका विरूद्ध समय समयमा क्रान्ति गर्दै आएको थिए ।  नेपाली कांग्रेसका नेताहरूको निर्देशनमा बिक्रम संवत २०३५ सालमा विद्यार्थिहरूले शुरू गरेको आन्दोलनमा नेपालमा संसदिय बहुदलिय ब्यवस्थाको पुनरस्थापनाको आन्दोलनमा विद्यार्थि नेताहरू बल बहादुर केसी , बिमलेन्द्र निधि, युवराज खाती, शान्ति ढकालका साथै बाम समुहका विद्यार्थि नेता शरण बिक्रम मल्ल समेत होमिए ।

यो आन्दोलन बहुदलिय संसदिय ब्यवस्थाको पुनरस्थापनाको माग सहित देशभर नेपाली किसान, मजदुर लगायत आम नेपाली समक्ष फैलियो । आन्दोलनको माग प्रति जनता आकर्षित भएको देखेर तत्कालिन राजाले २०३६ साल बैशाखमा “बहुदलिय ब्यवस्था वा निर्दलिय पंचायती ब्यवस्था” कुन चाहि शासन ब्यवस्थाबाट देशको शासन संचालन एंव ब्यवस्थापन गर्ने  भनेर जनतालाई छनौटको अधिकार दिने सोचमा पुगे । नेपाली जनताको मत संकलन गर्ने गराउने हेतुले शाहि सत्ताले बिक्रम संवत् २०३६ साल बैशाखमा शाहि घोषणा गरि जनमत संग्रह गर्ने नाटक मंचन गरियो ।   

जनमत संग्रहमा अराष्ट्रवादीसंग साँठ गाँठ गरेकै कारणबाट शाहि सत्ताले सदा सर्वदाका लागी सत्ता र गद्दीबाट च्युत हुनु परेको कुरा जाहेरै छ । २०३७ सालको जनमत संग्रह पश्चातनै शाहि राजा कमजोर अवस्थामा पुगेका हुन । बिक्रम संवत २०३७ साल देखि २०४७ सम्म आउदा  आउदा  शाहि सत्ता क्षिण हुदै गयो । यो काल खंडमा बाम मोर्चामा केपि ओली, झलनाथ खनाल, सीपि मैनाली, आरके मैनाली, मदन भण्डारी, माधव नेपाल जस्ता बाम नेताहरूको उदय पनि भयो । यी बाम नेताहरू भुमिगत र जेल नेलमा झण्डै बिक्रम संवत २०३० साल देखिनै सक्रिय भई काम गरिरहेका थिए ।

वि.स.२०३७ को बैशाखमा  राजाले जनमत संग्रह गर्ने घोषणा गरेको एक बर्ष पछि जनमत संग्रह भयो । अनेकौ प्रपंचको रचना गरि जनमत संग्रहको मतदानको कार्य संपन्न भएको झॅडै १० दिन पश्चात् मतगणना गरि शाहिसत्ताले  “जनताको शासन जनता द्वारा नै हुनुपर्छ” भन्ने खुला र उदार प्रजातान्त्रिक मान्यतालाई निमोठ्ने काम गर्दै गर्दा तत्कालिन कम्युनिष्ट नेताहरू मुसु मुसु हांसेर शाहिराज्य सत्ताको कदम र कर्तुतसंग दंग भई बसेका थिए । 

यस अर्थमा तत्कालिन शाहि सत्ताका प्रशासकहरूले खुला एंव उदार प्रजातान्त्रिक व्यवस्था चाहने नेता, कार्यकर्ताहरू लागाएत यो व्यवस्थाका हिमायतिहरू समेतको खोईरो खन्ने , यातना दिने काममा तत्कालिन पंच प्रशासकहरू लागि परेका थिए । नेपालको उदार लोकतान्त्रिक व्यवस्थाको स्थापनामा राजा, जनता र बाम पन्थी समेत सबै अटाउने थिए । शाहि लोकतान्त्रिक राजा पनि सुरक्षित रहने र लोकतन्त्र पनि बलियो हुने मौकाबाट तत्कालिन शाहि सत्ता चुकेकै हो ।  

जनमत संग्रहमा अराष्ट्रवादीसंग साँठ गाँठ गरेकै कारणबाट शाहि सत्ताले सदा सर्वदाका लागी सत्ता र गद्दीबाट च्युत हुनु परेको कुरा जाहेरै छ । २०३७ सालको जनमत संग्रह पश्चातनै शाहि राजा कमजोर अवस्थामा पुगेका हुन । बिक्रम संवत २०३७ साल देखि २०४७ सम्म आउदा  आउदा  शाहि सत्ता क्षिण हुदै गयो । यो काल खंडमा बाम मोर्चामा केपि ओली, झलनाथ खनाल, सीपि मैनाली, आरके मैनाली, मदन भण्डारी, माधव नेपाल जस्ता बाम नेताहरूको उदय पनि भयो ।

यी बाम नेताहरू भुमिगत र जेल नेलमा झण्डै बिक्रम संवत २०३० साल देखिनै सक्रिय भई काम गरिरहेका थिए । अर्थात अहिले गणतान्त्रिक नेपालको राजनितिक सेरो फेरोमा झण्डै ५० बर्ष देखि नै हालिमुहाली गरि बसेका नेताहरूनै अझ पनि सत्ता सुख र भोगमा तल्लिननै भएका छन् ।

नेपाली कांग्रेस दलमा झंडै ५० देखि ५५ बर्ष सम्म राजनितिक  नेतृत्वमा हालि मुहालि गरि बसेका नेताहरू नै २०७२ पछि संविधान जारि भए देखिनै काठ पसेका मुलाको अवस्थाका रहेका छन ।  नेपालको राज्य सत्तामा झण्डै ५० देखि ५५ बर्षको राजनितिक यात्राबाट बिराम लिने मनसुवा बनाउने यिनीहरूले जरूरी देखेका छैनन् । ६० दशकका नेताहरू नेपाली उखान “ काठ पसेको मुला” जस्तै भएका हुन भन्ने बुझाई छ । काठ पसेको मुला न चपाउन सकिम्छ न चपाएर निल्ननै सकिन्छ । 

 देशमा जनताको स्वतन्त्रताका लागि ज्यानको बाजी लगाएर निरंकुश पंचायतसंग लगेका नेताहरुको योगदान आज उनिहरुले सत्तामोहप्रति देखाएको लोभले क्षेयीकरण हुदै गएको छ । उनिहरुका कार्यकर्ता, साथीभाई र लाभ लिएका आसेपासेले त उनिहरुलाई बहादुर नै भनिरहेका होलान् ।

कांग्रेसमा ६० दशकका नेताहरु र ७० दशकका बामपंथि पार्टिका नेताहरूले नेपाल देशको काचुलि किमार्थ फेर्न सक्ने अवस्थामा छैनन्। साठि र सत्तरीको दशक देखि  सत्ता भोग गरिरहने चाहना मात्र होकि भन्ने बुझिन्छ ।  हिडदा डुल्दा भेटघाट गर्न जांदा समेत अरू सहयोगिहरूले पाखुरा समातेर गाडि बाट र भर्यागंबाट ओराल्नु र उक्लनु पर्ने अबस्थाका नेताहरूसंग मुलुक र जनताले  आउंदो ५,७ बर्षमा काचुली  फेर्न सक्लान भन्ने आशा र्मदै गएको छ।

देशमा जनताको स्वतन्त्रताका लागि ज्यानको बाजी लगाएर निरंकुश पंचायतसंग लगेका नेताहरुको योगदान आज उनिहरुले सत्तामोहप्रति देखाएको लोभले क्षेयीकरण हुदै गएको छ । उनिहरुका कार्यकर्ता, साथीभाई र लाभ लिएका आसेपासेले त उनिहरुलाई बहादुर नै भनिरहेका होलान् तर उनिहरुको पुरानो योगदान नदेखेका अनि अहिले समय सापेक्षको शासनव्यवस्था र नेता खोजेका नयाँ पुस्ताका जनताका लागि बुढा नेताको योगदान छायाँमा परेको छ । यदि बुढा नेताले आफ्नो योगदानको महत्वलार्य थोरै भए पनि बचाउँने हो भने उनिहरुले दल र सरकारको कार्यकारी नेतृत्व छाडेर सल्लाहकारको अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ । अन्थया उनिहरुले इतिहासमा गरेका राजनीतिक योगदनहरु पनि झन् छायाँमा पर्ने छन् ।