प्रधानमन्त्रीलाई हस्तकला महासंघले बुझाएको २४ बुँदे ध्यानाकर्षणमा के छ ?
- नेटिजन संवाददाता
- बुधबार, २ माघ, २०८१- १४:२६:००/ Wednesday 01-15-25
काठमाडौं । नेपाल हस्तकला महासंघको ४४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । यसैवीच उक्त साधारणसभाको उद्घाटन गर्न उपस्थित हुन भएका प्रधानमन्त्री के पी शर्मा ओलीलाई निवर्तमान अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायको समुचित विकास र प्रवर्द्धनको लागि २४ बुँदे ध्यानाकर्षण पत्र पेश गर्नुभएको छ । उक्त ध्यानकर्षण पत्रमा उल्लेख भएका २४ बुँदाहरु यस्ता छन् :
- १ आयात र निर्यातको दुरी फराकिलो भई निकै असन्तुलित व्यापारिक अवस्था रहेको हामी सवैलाई विदितै छ । तर पनि नेपाल सरकारले देशको निकासी व्यापार वृद्धि गर्न, थप संवेदनशील भई उद्योगी व्यवसायीहरुसंगको समन्वयमा थप काम गर्नुपर्ने अनुभूति हामीले गरेको छौं । उद्योग व्यवसाय विकासमा सहजिकरण र निर्यात व्यापार प्रवर्द्धनमा केन्द्रित रही निकासीकर्ता व्यवसायीहरुको समस्याहरुलाई संवोधन गरि दिने निकायको अभाव यथावत रहेको छ । यसको लागि निकासी व्यापार विकास मन्त्रालय आवश्यक देखिएको भएता पनि उक्त प्रकृतिको मन्त्रालय स्थापना गर्न नसकिएको अवस्थामा कम्तिमा पनि निकासी व्यापार विकास विभाग गठनको लागि म आजका प्रमुख अतिथिज्यूको ध्यान आकृष्ट गर्न चाहान्छु ।
- २ हस्तकला वस्तुको निकासी प्रवर्द्धनको लागि नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवं कार्यविधि सरलिकरण गर्न निकै जरुरी भएको छ । यस बारेमा निरन्तर हामीले सम्बन्धित निकायमा आफ्ना कुरा राख्दै आई रहेका छौं । खासगरि लघु, घरेलु तथा साना हस्तकला उद्यमी व्यवसायीहरुले सहजरुपमा बिना प्रकृयागत झन्झट नगद प्रोत्साहन पाउने व्यवस्था हुनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । यसको लागि निकासीकर्ताले निकासी गरेको रकम उल्लेख भएको विजक, प्रज्ञापन पत्र एअर वे बील र विदेशी मुद्रा भित्र्याएको प्रमाणपत्रको आधारमा नगद प्रोत्साहन रकम निकासीकर्ताहरुको सम्बन्धित बैंक खातामा अनलाइन प्रणालीबाट जम्मा गरी दिने व्यवस्था हुनु पर्दछ । साथै नगद प्रोत्साहन प्राप्त हुने वस्तुहरुको सूचीमा यस महासंघबाट प्रमाणित गरिएका सम्पूर्ण हस्तकलाका वस्तुहरु समावेस हुनु पर्दछ भन्ने हाम्रो आग्रह रहेको छ ।
- ३ हाल नेपाल सरकारबाट सुन आयातमा भन्सार महसुल घटाएको कारण सुनका गरगहना तथा परम्परागत नेपाली सुनका हस्तकला वस्तुको निर्यात बढने अपेक्षा गरिएको छ । साथै यस क्षेत्रलाई थप प्रोत्साहित गर्न सुनजन्य वस्तु निकासीमा duty draw back को व्यवस्था तुरुन्तै लागू गरेमा सुन जन्य, उन जन्य लगायत अन्य हस्तकला वस्तुको निकासी अभिवृद्धि तिव्र रुपमा हुने म आजका प्रमुख अतिथिज्यूमा हार्दिक अनुरोध गर्दछु ।
- ४ निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ्ग कन्टेनर फुमिगेट गरि फुमिगेशन प्रमाणपत्र जारी गर्ने व्यवस्था हुनुपर्दछ । त्यसैगरी काष्ठजन्य हस्तकला वस्तुको गुणस्तर सुधारको क्रममा यी वस्तुको दिगोपनाको लागि सिजनिङ्ग गर्न उड सिजनिङ्ग प्लान्ट र धातु मूर्ति ढलाईको लागि फर्नेस राख्न महासंघलाई नेपाल सरकारबाट आवश्यक बजेट सहित फर्नेस राख्ने स्थानको व्यवस्था गरिदिनु हुन पनि यस समारोहमा नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछु ।
- ५ त्यसैगरी हस्तकला उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ उपलब्धताको सम्बन्धमा एकिन र तथ्यपरक जानकारी नभएकोले सोको Mapping को लागि आवश्यक श्रोत ब्यवस्थाको लागि पनि म नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष अनुरोध गर्दछ । प्राकृतिक रेसा, काष्ठ एवं प्रस्तरकलाको लागि चाहिने कच्चा सामाग्रीको अध्ययन र सहज आपूर्ति गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।
- ६ अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय लगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयहरुलाई आवश्यक पूर्वाधार सहित निकासी मैत्री बनाउन पनि यस समारोहका प्रमुख अतिथिज्यूमा अनुरोध गर्दछु ।
- ७ अर्न्तराष्ट्रिय व्यापारमा संलग्न सरोकारवाला बीच समन्वय गरि व्यापार प्रक्रिया अनलाईनबाट एउटै portal बाट संचालन गरी व्यापार तथा भन्सार प्रक्रियाहरुको सरलीकरण गर्न भन्सार विभागको संयोजनमा विकास गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा अपेक्षित भन्दा कम निर्यातकर्ता उद्यमी व्यवसायीहरु आवद्ध भएकोले उक्त प्रणालीमा निकासीकर्ता व्यवसायीहरुमाझ आकर्षित गर्दै जानु पर्ने अवस्था रहको हामीले महशुस गरेका छौं । यसको लागि भन्सार विभागबाट आवश्यक कार्य अघि बढाई दिनको लागि पनि म हार्दिक आग्रह गर्दछु
नेपाल सरकारको बजेटमा अन लाईन व्यापार वृद्धिका लागि National payment gateway लाई शीघ्र बिकास गरिने व्यहोरा उल्लेख भए अनुसार हस्तकला निकासी ब्यापार अन लाईन प्रबिधिबाट गर्नको लागि सरल कार्यविधिको व्यवस्था हुनु पर्दछ । साथै अनलाईन प्रबिधि मार्फत नेपाल सरकारका निकायहरुबाट पनि कारोवार गर्ने व्यवस्था हुनु पर्दछ भन्ने हाम्रो माग रहेको छ । साथै अनलाईन कारोबारबाट विदेशी मुद्रा प्राप्त हुँदा यदि आयातकर्ताले कुनै कारणबस सामान फिर्ता गरेको अवस्थामा सो फिर्ता पठाएको सामानको मूल्य बराबरको बिदेशी मुद्रानै फिर्ता पठाउन सक्ने व्यवस्था पनि हुनु पर्दछ भन्ने निर्यातकर्ता व्यवसायीहरुको माग रहेको छ ।
- ८ नेपाल सरकारको बजेटमा अन लाईन व्यापार वृद्धिका लागि National payment gateway लाई शीघ्र बिकास गरिने व्यहोरा उल्लेख भए अनुसार हस्तकला निकासी ब्यापार अन लाईन प्रविधिवाट गर्नको लागि सरल कार्यबिधिको व्यवस्था हुनु पर्दछ । साथै अनलाईन प्रविधि मार्फत नेपाल सरकारका निकायहरुबाट पनि कारोवार गर्ने व्यवस्था हुनु पर्दछ भन्ने हाम्रो माग रहेको छ । साथै अनलाईन कारोबारबाट बिदेशी मुद्रा प्राप्त हुँदा यदि आयातकर्ताले कुनै कारणबस सामान फिर्ता गरेको अवस्थामा सो फिर्ता पठाएको सामानको मूल्य बराबरको बिदेशी मुद्रानै फिर्ता पठाउन सक्ने व्यवस्था पनि हुनु पर्दछ भन्ने निर्यातकर्ता व्यवसायीहरुको माग रहेको छ ।
- ९ अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला वस्तुको पहिचान स्थापित गराई बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको उपयोग गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्ह Collective Trade Mark अवलम्बन गर्न नेपाल सरकारले सम्बन्धित क्षेत्रका व्यवसायीलाई जागरणका साथै यसको अन्तर्राष्ट्रिय प्रचार प्रसार निकै खर्चिलो हुने भएकोले नेपाल सरकारबाट आवश्यक सघाउ पुऱ्याई दिन अनुरोध गर्दछु । प्राकृतिक रेसा, काष्ठ एवं प्रस्तरकलाको लागि चाहिने कच्चा सामाग्रीको अध्ययन र सहज आपूर्ति गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।
- १० अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय लगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयहरुलाई आवश्यक पूर्वाधार सहित निकासी मैत्री बनाउन पनि यस समारोहका प्रमुख अतिथिज्यूमा अनुरोध गर्दछु ।
- ११ अर्न्तराष्ट्रिय व्यापारमा संलग्न सरोकारवाला बीच समन्वय गरि व्यापार प्रक्रिया अनलाईनबाट एउटै portal बाट संचालन गरी व्यापार तथा भन्सार प्रक्रियाहरुको सरलीकरण गर्न भन्सार विभागको संयोजनमा विकास गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा अपेक्षित भन्दा कम निर्यातकर्ता उद्यमी व्यवसायीहरु आवद्ध भएकोले उक्त प्रणालीमा निकासीकर्ता व्यवसायीहरुमाझ आकर्षित गर्दै जानु पर्ने अवस्था रहको हामीले महशुस गरेका छौं । यसको लागि भन्सार विभागबाट आवश्यक कार्य अघि बढाई दिनको लागि पनि म हार्दिक आग्रह गर्दछु ।
- १२ नेपाल सरकारको बजेटमा अन लाईन व्यापार वृद्धिका लागि National payment gateway लाई शीघ्र बिकास गरिने व्यहोरा उल्लेख भए अनुसार हस्तकला निकासी ब्यापार अन लाईन प्रबिधिबाट गर्नको लागि सरल कार्यविधिको व्यवस्था हुनु पर्दछ । साथै अनलाईन प्रबिधि मार्फत नेपाल सरकारका निकायहरुबाट पनि कारोवार गर्ने व्यवस्था हुनु पर्दछ भन्ने हाम्रो माग रहेको छ । साथै अनलाईन कारोबारबाट विदेशी मुद्रा प्राप्त हुँदा यदि आयातकर्ताले कुनै कारणबस सामान फिर्ता गरेको अवस्थामा सो फिर्ता पठाएको सामानको मूल्य बराबरको बिदेशी मुद्रानै फिर्ता पठाउन सक्ने व्यवस्था पनि हुनु पर्दछ भन्ने निर्यातकर्ता व्यवसायीहरुको माग रहेको छ ।
- १३ अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला वस्तुको पहिचान स्थापित गराई बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको उपयोग गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्ह Collective Trade Mark अवलम्बन गर्न नेपाल सरकारले सम्बन्धित क्षेत्रका व्यवसायीलाई जागरणका साथै यसको अन्तर्राष्ट्रिय प्रचार प्रसार निकै खर्चिलो हुने भएकोले नेपाल सरकारबाट आवश्यक सघाउ पुऱ्याई दिन अनुरोध गर्दछु ।
- १४ सन् २०२६ बाट नेपाल अल्प विकसित राष्ट्र (Least developing country) बाट बिकाससील राष्ट्र (Developing country) मा स्तरोनति भए पछि यसबाट प्राप्त हुने चुनौतिहरुलाई समाधान गर्दै जाने तथा अवसरहरुलाई अधिकतम रुपमा उपयोग गर्ने स्पष्ट मार्ग चित्र (Road map) को आवश्यकता रहको छ । विकाससील राष्ट्रमा स्तरोन्नति भए पछि हाल पाईरहेको सौविध्य प्राप्त भन्सार जन्य सुविधाहरुबाट हामी बन्चित भई नेपाली हस्तकलाका वस्तुहरुमा भन्सार जन्य कर आकर्षित हुन जान्छ, । यसबाट हाम्रो बस्तुहरुको प्रतिस्पर्धी क्षमता झन् घट्न गई निकासी व्यापारमा प्रतिकूल असर पर्न सक्ने देखिन्छ । अल्प विकसित देशमा उत्पादित वस्तु भएको कारणले नै नेपाली हस्तकला प्रति विकसित देशका क्रेता तथा उपभोक्ताहरुले बेग्लै किसिमको सद्भाव राखि उपभोग गरि राख्नु भएकोले सो अवसरबाट पनि नेपाली व्यवसायीहरु बन्चित हुन सक्ने अवस्था आउन सक्दछ ।
सन् २०२६ पछि हामी विकाससिल राष्ट्रमा स्तरोन्नती भएपछि यूरोपियन युनियनले आगामी सन् २०२९ सम्म नेपाललाई स्वतः ग्रेस अवधिमा राख्ने भएकोले सो समय सम्मको लागि यूरोपियन युनियनको बजार नेपालीहरुको लागि केही हद सम्म सुरक्षित रहेको छ। तर विकाससिल मुलुकमा स्तरोन्नति भईसके पछि सोही श्रेणीका यूरोपियन युनियन बाहेक अन्य देशहरुसंग हामीले मूल्य, प्रविधि, मानवीय श्रोत, पूर्वाधार आदि पक्षमा पनि आफ्नो क्षमता बिकास गर्नु पर्ने अवस्था रहेको छ। यसै गरी यूरोपियन युनियनबाट सन् २०२९ पछि GSP+ को सुबिधा लिन नेपाल सरकारले यूरोपियन युनियनबाट अघि सारेका विभिन्न सन्धी सझौताहरु अनुसार प्रतिवद्ध हुनु पर्ने अवस्था रहन्छ । वा नेपालले यूरोपियन युनियनसँग छुट्टै व्यापार सम्झौता गर्ने तर्फ सरकारले गृहकार्य गर्नु पर्दछ ।
यद्यपी सन् २०२६ पछि हामी विकाससिल राष्ट्रमा स्तरोन्नती भएपछि यूरोपियन युनियनले आगामी सन् २०२९ सम्म नेपाललाई स्वतः ग्रेस अवधिमा राख्ने भएकोले सो समय सम्मको लागि यूरोपियन युनियनको बजार नेपालीहरुको लागि केही हद सम्म सुरक्षित रहेको छ। तर विकाससिल मुलुकमा स्तरोन्नति भईसके पछि सोही श्रेणीका यूरोपियन युनियन बाहेक अन्य देशहरुसंग हामीले मूल्य, प्रविधि, मानवीय श्रोत, पूर्वाधार आदि पक्षमा पनि आफ्नो क्षमता बिकास गर्नु पर्ने अवस्था रहेको छ। यसै गरी यूरोपियन युनियनबाट सन् २०२९ पछि GSP+ को सुबिधा लिन नेपाल सरकारले यूरोपियन युनियनबाट अघि सारेका विभिन्न सन्धी सझौताहरु अनुसार प्रतिवद्ध हुनु पर्ने अवस्था रहन्छ । वा नेपालले यूरोपियन युनियनसँग छुट्टै व्यापार सम्झौता गर्ने तर्फ सरकारले गृहकार्य गर्नु पर्दछ । विश्व बजारमा प्रतिस्पर्धा गर्न संस्थागत रुपमा अघि नबढिसकेको नेपाली हस्तकला क्षेत्रलाई विकसित मुलुकहरु सरह पुर्याउनको लागि उद्यमी व्यवसायीहरुको क्षमता बिकास गर्नु पर्ने ठूलो चुनौती हामी माझ आउन सक्ने भएकोले यस तर्फ आवश्यक तयारीमा जुट्नको लागि हामीहरुसंग धेरै समय नभएकोले विलम्ब नगर्न हामी नेपाल सरकारको बिशेष रुपमा ध्यानाकर्षण गर्दछौँ ।
- १५ बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना तथा संचालनको लागि आवश्यक ऐन बागमती प्रदेश सभाबाट पारित भई प्रदेश सरकारले सो सम्बन्धी आवश्यक प्रकृया अघि बढाई सकेको हुँदा अरु ६ वटा प्रदेशहरुमा पनि स्थान विशेषको प्रकृति अनुसार हस्तकला ग्राम स्थापनाको लागि कानूनी तथा नीतिगत व्यवस्था मिलाउँदै जान उपयुक्त हुने सुझाव पेश गर्न चाहान्छु ।
- १६ सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा गठन भएको उद्योग प्रवर्द्धन समितिमा महासंघको अध्यक्षको हैसियतबाट मैले प्रतिनिधित्व गर्दै आई रहेको छु । त्यसैगरी संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत बोर्ड अफ ट्रेड, औद्योगिक व्यवसाय ऐन अनुसार गठन गरिने समितिहरु र लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीतिमा प्रस्ताव गरिएका समितिहरु र भन्सार विभाग अन्र्तगतको निकासी सहजीकरण समितिमा नेपाल हस्तकला महासंघको संस्थागत प्रतिनिधित्वको व्यवस्थाको लागि म नेपाल सरकार अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष माग गर्दछु ।
- १७ श्रम ऐन र नेपाल सरकारको सामाजिक सुरक्षा व्यवस्थाले ठुला र मझौला उद्योग सरह हस्तकला जस्तो लघु, घरेलु तथा साना उद्योगलाई एउटै बास्केटमा राखि नीति तथा योजना तर्जुमा गरि दिँदा विशेष प्रकृतिको अधिकाशं कामहरु अनौपचारिक क्षेत्रबाट गरिने हस्तकला उद्योग व्यवसायमा प्रतिकूल प्रभाव पर्न गएको छ । तसर्थ हस्तकला उद्योग व्यवसायको लागि छुट्टै योजना र कार्यक्रम सहितको नीति हुनुपर्ने कुरामा म यस समारोहमा विशेष जोड दिन चाहन्छु ।
- १८ नेपाल सरकारबाट समग्र साना र मझौला उत्पादनमूलक उद्योग व्यवसायलाई ५ प्रतिशत सम्मको सहुलियत ब्याजदरमा सहुलियतकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था पुनः सुरु गरिदिनु हुन म नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्दछु । तर हस्तकला उद्योग व्यवसायमा अनौपचारिक रुपमा उद्योग व्यवसाय संचालन गर्नेहरुको संख्या पनि ठुलै भएकाले महिला उद्यमीहरु बाहेक अरु उद्यमी व्यवसायीहरुबाट यसको लाभ लिन सकेको अवस्था छैन । त्यसैले हस्तकला क्षेत्रका सबै उद्यमी व्यवसायीहरुलाई सहज प्रकृयाबाट सरल कर्जा (Soft loan) पाउने नीतिगत तथा कानूनी व्यवस्थाको लागि म प्रमुख अतिथिज्यू मार्फत नेपाल राष्ट्र बैंक समक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।
- १९ निर्यात जन्य वस्तु उत्पादनको लागि आवश्यक धेरै तौल भएका काष्ठकला, प्रस्तरकला, धातुकला वस्तुहरु सम्बन्धित निकासीकर्ताको उद्योगमा नै पुरातत्व जाँचपासको व्यवस्था मिलाई जाँचपास कार्यमा सहजिकरण गरिदिनुपर्ने र पुरातत्व जाँचपास गर्ने इकाईहरु काठमाडौंमा त्रिभुवन विमानस्थल क्षेत्र भित्र र हस्तकला उद्योग व्यवसायको बाहुल्यता भएका उपयुक्त स्थानहरुमा समेत राखि जाँचपास कार्यलाई सरलिकृत गरी दिनको लागि म नेपाल सरकार पुरातत्व विभाग समक्ष आग्रह गर्दछु ।
- २० चीनमा व्यापार व्यवसाय र व्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैंकिङ्ग प्रणालीबाट नेपाल ल्याउन पाउने नीतिगत व्यवस्थाको पनि म यस समारोहमा माग गर्दछु ।
- २१ ललितपुर महानगर क्षेत्रलाई World Craft City घोषणा गराउन नेपाल हस्तकला महासंघले धेरै मेहनत गरेको छ । यसवाट ललितपुरले अन्तर्राष्ट्रिय रुपमा ठुलो पहिचान प्राप्त गर्न र थप परियोजनाहरु संचालन गर्न सक्ने वातावरण बनेको छ । हामी यो अभियानमा सहयोगी भई काम गर्न तयार छौं र भक्तपुर, काठमाडौँ, जनकपुर र अन्य सम्पदाले भरिपूर्ण शहरलाई समेत World Craft City मा सूचिकृत गराउन पहल लिनु पर्ने जानकारी गराउदछौँ । यसबाट पर्यटनको समेत विकास हुनेछ ।
- २२ नेपालबाट निर्यात हुने हस्तकला जन्य सामाग्री निर्यात गर्दा विजक मूल्याङ्कन गराई पठाउने व्यवस्था रहेको र नेपाल सरकारले उक्त जिम्मेवारी नेपाल हस्तकला महासंघलाई सुम्पिएकोमा नेपाल हस्तकला महासंघले यो जिम्मेवारी पुरा गरिरहेको सहर्ष जानकारी गराउदछौं। यसवाट सहि निकासी तथ्याङ्क संकलन हुने, निर्यातित वस्तुको विमा दावी गर्नु पर्ने अवस्थामा सहज हुने र वस्तुको मूल्यमा एकरुपता हुने हुदा विश्वसनियता बढने गर्दछ । यद्यपी भन्सार विन्दुबाट वस्तुको विजक मूल्याङ्कन बिना समेत निर्यात हुने गरेको भन्ने गुनासो सुनिने गरेकोले सो सम्बन्धमा विजक मूल्याङ्कनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्था मिलाइदिनुहुन प्रमुख अतिथिज्यूमा अनुरोध गर्दछौं ।
- २३ सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारबाट हालै जारी भएको निर्देशिकाको हार्दिक स्वागत गर्दै उक्त निर्देशिका अनुसार नेपाल सरकारको सबै सरकारी कार्यालयहरुमा नेपाली हस्तकला वस्तुहरुको प्रयोगलाई अधिकतम रुपमा प्रोत्साहित गर्ने नेपाल सरकारको नीतिगत व्यवस्था अनुसार सरल कार्यविधि बनाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन पनि म यस समारोहमा आग्रह गर्दछु ।
- २४ सार्वजनिक खरिद ऐनको कार्यान्वयन पक्षका बारेमा खरिद कार्यमा रहनु हुने राष्ट्रसेवक कर्मचारीहरुलाई समय समयमा आवश्यक अभिमुखिकरण गरि नेपाली हस्तकला वस्तु नेपाल सरकारलाई आपूर्ति गर्न सहज वातावरण तयार गरी दिनको लागि पनि म हार्दिक आग्रह गर्न चाहन्छु ।
धन्यवाद !