• आइतबार, ११ फाल्गुण, २०८१
  • ०२:०१:१०

गफ र गालीबाट स्तरोन्नती भएको राजनीति कहिले ? 

काठमाडैं । राजा पृथ्वीनारायण शाहले आफ्नो दम्भबाट गोलबन्द गराएको नेपाललाई राणाहरुले राजाहरुको राज्य संचालनको अधिकार आफ्नो हातमा लिएर बिक्रम संवत् १९०३ देखि २००७ साल सम्म झन्डै १०४ बर्ष नेपाल अधिराज्यमा एक छत्र राज्य गरे। राणाहरुको हुकुमी शासन अन्त गर्ने क्रान्तिमा कैयौं नेपालीहरुले पटकपटक  बलिदान दिनुपर्यो । 

बिक्रम संवत् १९९७ सालमा बलिदानी सपुतहरु जसले राणा शासकहरुको दमन र अत्याचारबाट नेपाली जनतालाई मुक्त पार्नको लागि हासि हासि आफ्नो ज्यान नेपाल आमाको काखमा त्यागि दिए । जसमा मृत्यु दन्ड पाएका दशरथ चंद, धर्म भक्त, गंगालाल र शुक्रराज शास्त्रीको नाम नेपालीको मानसपटलमा घुमि  रहन्छ । १०४ बर्षको राणा जहांनिया शासनकालमा जंग बहादुर राणाले १९०३ को कोत पर्वको तान्डव मचाइ हत्ताएको सत्ता म‍ोहन शंम्सेर राणाको शासनकालसम्म आइपुग्दा १० जना राणाहरुले नेपालक‍ो प्रधानमन्त्री भई शासन गरेका थिए । 

बिक्रम संवत् २००७ सालमा नेपाली कांग्रेसको  नेतृत्वमा भएको जनक्रान्तीबाट राणाहरुको एकात्मक राज्यसत्ताको बिकल्पमा २००७ साल फाल्गुनमा मोहन शंम्सेरको नेतृत्वमा जनपक्षीय सरकारको गठन भयो । तत्कालिन राजाले वि.स.२००७ साल फाल्गुण ७ गतेको शाही घोषणाबाट नेपालको जनपक्षीय संविधान बनाउन संविधान सभाक‍ो निर्वाचन गराउने कार्यको जिम्मेवारी पाएका थिए । तर तत्कालीन राजा त्रिभुवन र राजा महेन्द्रको कोपभाजनमा जनपक्षीय संविधान सभाको चुनाव पटकपटक घाइतेनै भई रह्यो । राजा त्रिभुवन र राजा महेन्द्रले राजनीतिक दलका नेताहरूलाई प्रधानमन्त्री बनाउने र हटाउने काममा आठ बर्ष खेरनै फाले ।

आठ बर्षको समयमा २००७ देखि मोहन शंम्सेर, मात्रिका कोईराला हुँदै  २०१५ सालको आम निर्वाचन गराउने जिम्मा पाएका शुवर्ण संमेशेर सम्म आउदा राजाहरुले पाँच जना प्रधानमन्त्री फेर्न भ्याए। २०१५ सालमा भएको संसदीय ब्यवस्थाको चुनाव गराई २०१६ बैशाखमा संसदिय चुनावबाट निर्वाचित  नेपाली कांग्रेसका प्रधानमन्त्री बी.पी.  कोईरालालाई १८ महिना पछि सेनाको बलमा सत्ताच्युत गरि सम्पूर्ण राज्यसत्ताको अधिकार आफ्नो मातहतमालिई एकात्मक शाही पञ्चायती शासनबाट मुलुकको शासन चलाउने काम शाही राजा महेन्द्र र उनका छोरा विरेन्द्रले २०१७ देखि २०४६ साल सम्मनै  गरि रहे । 

शाही पञ्चायती शासनमा नेपालका राजनीतिक दलहरु प्रतिबन्धनै रहे । राजनितीक दलका अधिकांश नेताहरू जेलमा बन्द रहे र हजारौं नेता र कार्यकर्ता छिमेकी मुलुक भारतमा निर्वासनमा रहन बाध्य भए । साथै सयौ नेता र कार्यकर्ताको हत्या पनि भयो।

झन्डै ३० बर्षे शाही पञ्चायत शासनकालमा राजाहरुको मुख्य काम प्रधानमन्त्री र मंत्रीहरु फेर्ने मात्र रह्यो। विक्रम संवत् २०१७ पौषमा राजा महेन्द्र आफै राज्यको मुख्तियार भई राज्यसत्ता चलाउदै गए । 
यहि ३० बर्षे शासनकालमा मंत्रीहरु त अनगिन्तीनै फेरिएका थिए । एकात्मक शासन ब्यवस्थाका शाही शासकले समेत दिगो रुपमा सरकार चलाउन सकेका थिएन कुराको दृष्टान्त पनि हो यो । शाही पंचायती शासनको हबिगतबाट पनि मुलुक अक्रान्त थियो ।

विक्रम संवत् २०४६ को राजनीतिक परिवर्तनबाट संसदीय लोकतन्त्रको स्थापनासंगै नेपाली कांग्रेसका आदर्शवादी नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । यस बेलादेखि वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली सम्म आउदा पटकपटकको सत्ता परिवर्तनमा ३४ बर्षमा एघार जना प्रधानमन्त्री भई जागिर खाएका छन । 

बिगतमा गरिएको योगदानको नामको माला जब्दै  नेपालका राजनितीक दलका सिमीत नेता र यिनका भारदारी सभाका ब्यक्तिहरुले २०४७ साल देखि हाल सम्म सत्तामा रजगज गरेर बसेको देखिन्छ । २०४७ सालमा युवा नेतामा गणना भएकाहरुनै बर्तमानमा समेत सत्ता भोगमा तल्लिन छन ।

 एक्काईसौ शताब्दीको नेपाललाई नयाँ दिशा दिने सामर्थ्य न नेपाली कांग्रेसका माथिल्लो तहका नेतामा छ न त नेपाल कम्युनिस्ट ९ एमाले० न त माओवादी केन्द्रकै नेताहरूमा छ।  अझ नेपालमा झांगिदै गएको भ्रष्टाचारको पगरी राजनितीक दलका मुखिया लगाएत यिनकै परिवारजन र भाइभारदारहरुमा नै अग्रपंक्तिमा देखिएका छन । नेपालका राजनीतिक दलका नेताहरुलाई  त अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा आफ्नो  नियमित पत्रकार सम्मेलनमा हालैमात्र नेपाललाई भ्रष्ट मुलुकको श्रेणिमा राख्न समेत भ्याएका छन । 

एमनेष्टी ईन्टरनेशनलले विश्वका भ्रष्टाचारको सुचाकंमा नेपाल १०८  औं स्थानमा रहेको छ। संसारका १८० देशको नियमित भ्रष्टाचारको अनुमानित आँकडामा नेपाल धेरै नै कमजोर भएको कारणबाट पनि होला अमेरिकी राष्ट्रपतिको नजरमा नेपाल ईज भेरी करप्ट कन्ट्रिको पगरी भिडाउन समेत भ्याएका छन । हो नेपाल शक्तिशाली राष्ट्रको मुखियाको नजरमा दुरदुर छिछिको अबस्थामा पुर्‍याउने नेता र यिनका मतियारहरुलाई राज्यले समयमै कानुनी दायरामा ल्याउने आशा आम जनतामा रहेको छ ।

देशमा प्रजातन्त्र आएपछि जनताको विश्वास र आशाको सरकार बन्छ भन्ने अपेक्षा गर्दै नेपाली जनताले धेरै नेतहरुका भाषणमा विश्वास गर्दै कहिले यो त कहिले त्यो पार्टीका नेतालाई वैधता दिए । तर नेताहरुले आफ्नो प्रतिबद्धता अनुसारको काम गर्न नसक्दा हरेक पछिल्लो समयमा आम नागरिकमा निराशा बढ्दै गएको छ । राणा शासनको तुलनामा पंचायत ठिक थियो होला, पंचायतको तुलनामा संवैधानिक राजतन्त्र ठिक थियो होला, संवैधानिक  राजतन्त्रको तुलनामा गणतन्त्र ठिक छ होला । तर गणतन्त्र जुन स्तरको विकास र सुशासन दिने वाचा गरिएको थियो, त्यसको तुलनामा परिणाम अत्यन्त न्यून छ । त्यसैले गर्दा नै हालका नेता, दल तथा केहि हदसम्म व्यवस्था माथि समेत प्रश्न उठ्न थालेको छ ।

त्यति मात्र होइन विश्वास पनि घट्न थालेको छ । यदि यहि क्रम रहने हो भने फेरी अर्को समूहले व्यवस्था नै खराब भनेर जनता झुक्याउने अर्को आन्दोनको भ्रम पार्न सक्छ । उक्त भ्रममा नेपाली जनताहरु परे भने त्यसले देशलाई अझै पछाडी धकल्ने छ । त्यसैले विगतको इतिहास, विरासत, त्याग तथा योगदानलाई सिरोधार्य गर्दै जनपक्षीय काम गर्ने नेतृत्व जरुरत देखिन्छ । यसका लागि हरेक राजनीतिक दलले गफ र गाली होइन नतिजा र डेलीभरीमुखी राजनीति गर्नु आवश्यक छ । तर बिडम्बना पछिल्लो समयमा आएका केहि नयाँ दल पनि पुराना भन्दा पनि कडा रुपमा अरुलाई गाली गरेर आफू स्थापित हुने बाटोतिर हिडेको देखिन्छ । 

विगतमा कांग्रेसले राणा गाली गर्नै पर्ने अवस्था थियो । कांग्रेस एमालेले पंचायतलाई गाली गर्नै पर्ने थियो, माओवादीले कांग्रेस, एमाले, राजालाई गाली गर्न पर्ने बाध्यता थियो होला । तर हिजो गाली खाएकाहरु आज उक्त गाली खाने दाग मेटाएर गाली गर्नेकै कित्तामा उभिएका छन् । अब पनि गाली गरेर राजनीति गर्ने हो भने जनताले बुझ्नु पर्छ उनिहरुसंग राजकाज चलाउँने हुती छैन ।

अहिले आएका नयाँ दल तथा नेता पनि पुरानै शैलीका गालीको राजनीतिमा उत्रिए भने उनिहरुबाट पनि कुनै नयाँपनको आशा गर्न सकिदैन ।  यस्ता नेतालाई जनताले समयमै चिन्नु पर्छ र नेताले पनि यो कुरा बुभ्mनु पर्छ । तब मात्र राजनीतिको स्तारेन्नती हुन्छ । स्तारोन्नती भए मात्र नेताले गाली खाने मात्रा रोकिन्छ र जनताले विश्वास गर्ने आधार बढ्छ । अबको राजनीतिक बाटो यहि नै हो ।