प्रथम श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन पोखरामा जारी
- Netizen Nepal
- आइतबार, १८ फाल्गुण, २०८१- २०:१२:००/ Sunday 03-02-25

पोखरा । पोखरामा जारी प्रथम श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलनको दोस्रो दिन आज श्रवण–दृष्टिविहीन व्यक्तिको शिक्षा, रोेजगारीलगायतका सरोकार विषयमा २४ वटा कार्यपत्रमा छलफल भएको छ ।
सम्मेलनमा सहभागी नेपालसहित २३ राष्ट्रका ३ सय ५० जना सहभागीहरुलाई तीन छुट्टाछुट्टै समुहमा विभाजन गरी ती कार्यपत्रमाथि छलफल गरिएको हो ।
डेफब्लाइन्ड इन्टरनेशनल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन सघ, बहिरा दृष्टि विहीन अभिभावक सघ, श्रवण दृष्टि विहीन सघ नेपाल र सेन्स इन्टरनेशनल इन्डियाको सयूक्त आयोजनामा जारी सम्मेलनमा श्रवणदृष्टि विहीनहरुले भोग्नु परेका चुनौति र अधिकारजस्ता सवालमा विभिन्न देशका अनुभव, अवसरलगायतका विषयमा कार्यशालाहरु र छलफल सत्रहरुमा छलफल भैरहेको छ ।
भोलि अन्तिम दिन पनि समावेशी शिक्षा, रोजगारजस्ता विषयमा प्रस्तुत हुने कार्यपत्रमाथि छलफल गरिने आयोजकले जानकारी दिएका छन् । दोस्रो दिनको कार्यक्रमका झलकहरु फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।
फोटो ः सन्तोष सुवेदी र आशिष थनेत ।