• मंगलबार, २० फाल्गुण, २०८१
  • ०२:०५:१९

प्रथम डेफब्लाइन्ड इन्टरनेशनल क्षेत्रीय सम्मेलन सम्पन्न: अपांगता पक्षका नीति, कानून कार्यान्वयमा जोड

 पोखरा । अपांगता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको आर्थिक, शिक्षा, रोजगारी, सामाजिक अधिकार सुनिश्चित गर्न अपांगताको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले जोड दिएका छन् । 

पोखरामा सोमबार सम्पन्न प्रथम श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलनमा बोल्दै उनीहरुले यो सम्मेलनले अपांगता भएका व्यक्तिको पक्षमा रहेका नीति, कानूनहरुको प्रभावकारी कार्यान्वयमा ल्याउन सरकारको ध्यानाकर्षण गर्न मद्दत गरेको धारण राखेको छन् । 

  श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमालले श्रवणदृष्टि विहीनहरुले अझै पनि आधारभूत अधिकारबाट बन्चित रहनु परेको बताउदै यो सम्मेलनले उनीहरुको अधिकार स्थापित गर्न सरोकारवालाहरुलाई थप जिम्मेवार बनाएको धारणा राख्नुभयो ।

 

सम्मेलन समापन समारोह कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले यो सम्मेलनमा अपांगता व्यक्तिहरु मध्ये पनि श्रवणदृष्टि विहीन व्यक्तिको अधिकार सुनिश्चित गर्न विभिन्न देशमा भएका प्रयासबारेको अनुभव आदानप्रदानले उनीहरुको हकहित संरक्षणका लागि काम गर्ने संघसंस्थाका लागि सम्मेलन कोशेढुंगा भएको बताउनुभयो । 

त्यसैगरी गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले अपांगता व्यक्तिको पक्षमा गण्डकी प्रदेशले धेरै सुधारको प्रयास थालनी गरेको बताउँदै यसलाई कानूनको रुप दिन सदनमा विधेयक पेश गर्नै तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’ संसदमा दोभाषाको व्यवस्थाको सुरुवात भएको छ ।  यो सम्मेलनले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत महत्वपूर्ण योगदान पुराएको छ ।‘

सम्मेलनमा नेपाल नेत्रहिन संघका अध्यक्ष शिशिर खनालले यो सम्मेलन मार्फत नेपालमा श्रवणदृष्टि विहीनहरुको क्षेत्रमा भएका प्रयासबारे विश्वलाई बुझाउन सकेको विचार राख्नुभयो । उहाँले यो सम्मेलनमा विश्वको धेरै राष्ट्रका सहभागी पोखरा आएको र यसले पोखरा भ्रमण वर्ष २०२५ लाई पनि सघाउन पुगेको बताउनुभयो । 

श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमालले श्रवणदृष्टि विहीनहरुले अझै पनि आधारभूत अधिकारबाट बन्चित रहनु परेको बताउदै यो सम्मेलनले उनीहरुको अधिकार स्थापित गर्न सरोकारवालाहरुलाई थप जिम्मेवार बनाएको धारणा राख्नुभयो ।

डेफब्लाइन्ड इन्टरनेशनलका अध्यक्ष मिर्काे बाउरले श्रवणदृष्टि विहीनहरुका लागि धेरै काम गर्न बाँकी नै रहेकाले अब बोलेर होइन गरेर देखाउन यो सम्मेलनले ऊर्जा थपेको बताउनुभयो ।   

 डेफब्लाइन्ड इन्टरनेशनल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ, बहिरा दृष्टि विहीन अभिभावक संघ, श्रवण दृष्टि विहीन संघ नेपाल र सेन्स इन्टरनेशनल इन्डियाको सयूक्त आयोजनामा भएको सो सम्मेलनका कार्यशालाहरु र छलफल सत्रहरुमा समावेशी शिक्षा, रोजगारजस्ता विषयमा ६८ वटा कार्यपत्रमाथि छलफल भएका थिए ।

 

सो अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले श्रवणदृष्टि विहीनका साथै सबैले पढ्न, हेर्न र बुझ्न सकिने गरी निर्माण गरिएको ग्लोबल डेफब्लाइन्डनेश रिसर्च हब एप्सको लन्च गर्नु भएको थियो ।

नेपालमा श्रवणदृष्टि विहीन व्यक्तिको क्षेत्रमा भएको पहिलो पटक नेपालमा सुरु हुदैछ । यही फागुन १७ गतेबाट सुरु भएको यो सम्मेलनमा नेपाल सहित २२ राष्ट्रका ३ सय ५० दृष्टि र श्रवण दुबै क्षमतामा चुनौती भएका श्रवणदृष्टि विहीन व्यक्ति, उनीहरुका परिवार, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ, अधिकारकर्मी, नीति निर्माता, सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्मेलनमा विश्व डेफब्लाइन्ड इन्टरनेशनल महासघका अध्यक्ष डा सान्जा टार्चे, श्रवणदृष्टि विहीन संघ नेपालका प्रतिनिधि कृष्णमाया अधिकारी, सेन्स इन्टरनेशनल इन्डियाका संस्थापक निर्देशकजस्ता विश्वभरका प्रतिष्ठित व्यक्तिहरुले श्रवणदृष्टि विहीन अपांगताका सम्बन्धबारे आफ्ना अनुभवहरु बाडेका थिए ।

डेफब्लाइन्ड इन्टरनेशनल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ, बहिरा दृष्टि विहीन अभिभावक संघ, श्रवण दृष्टि विहीन संघ नेपाल र सेन्स इन्टरनेशनल इन्डियाको सयूक्त आयोजनामा भएको सो सम्मेलनका कार्यशालाहरु र छलफल सत्रहरुमा समावेशी शिक्षा, रोजगारजस्ता विषयमा ६८ वटा कार्यपत्रमाथि छलफल भएका थिए ।